व्यापारीलाई भ्याइनभ्याइ, ग्राहकलाई महँगीको मार
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार २१:४७:४६
१३ कात्तिक, काठमाडौं । आजदेखि तिहार पर्व विधिवत् रुपमा आरम्भ भएको छ । तिहारसँगै काठमाडौँको असन, इन्द्रचोक, न्यूरोड र मख्खन गल्लीका बजारमा किनमेल गर्नेको घुइँचो पनि बढेको छ ।
विशेषत धनेतरसका दिन आज बजारमा विशेषत बहुमूल्य सुन, चाँदी, तामालगायत भाँडाकुँडा, गरगहना र पूजाको सामग्री किनमेल गर्नेको घुँइचो अत्यधिक देखिएको छ । व्यापारी ग्राहकका चापका कारण व्यस्त देखिन्थे ।
लक्ष्मी पूजा र भाइटीकाका लागि आवश्यक सामग्री किनमेल गर्नेको चहलपहल बढेसँगै व्यापारी पनि हर्षित देखिन्छन् । पुस्तौँदेखि असन चोकमा ‘ड्राइ फ्रुस्ट’को व्यापार गर्दै आएका सुजन प्रधानलाई तिहारमा भ्याइनभ्याइ छ । सामान्य समयभन्दा तिहारको समयमा दश गुणा बढी व्यापार भइरहेको उनी बताउँछन् ।
“दश गुणासम्म बढी व्यापार छ । पसलमा रेगुलर ग्राहकबाहेक पनि धेरै थपिनुभएको छ । यति धेरै ग्राहक आउनुहुन्छ, बोल्दाबोल्दै स्वर नै सुक्ने बेला भइसक्यो”, व्यापारको हर्षमा उनले सुनाए ।
प्रधानले अधिकांश सुक्खा फल नरिवल, काजु, बदाम, अलमण्ड, पिस्ता, सुपारी, खजुर, छोकडा, अंजिर र किसमिस भारत, चीन, अरब र अमेरिकाको क्यालिर्फोनियाबाट आयात हुने गरेको बताए । “देश बाहिरबाट आयात हुने कारणले पनि मूल्य बढी पर्न जान्छ तर किन्ने ग्राहकको कमी भएको छैन”, उनले भने ।
असनमा विगत १५ वर्षदेखि बत्तीको व्यवसाय गर्दै आएका अर्का व्यापारी पूर्णबहादुर महर्जन पनि सामान्य समयभन्दा पाँच गुणा बढी व्यापार भइरहेको बताउँछन् । पर्व लक्षित झिलीमिली बत्तीको व्यापार बढेको उनको भनाइ छ ।
“अन्य समयमा भन्दा तिहारमा पाँच गुणा बढी व्यापार गर्छौ”, महर्जन भन्छन्, “तर यस वर्ष बत्तीको व्यापार तुलनात्मक रुपमा अघिल्ला वर्षहरु भन्दा कम छ । यस पटक २५ प्रतिशतमात्र व्यापार भइरहेको छ । हामी होलसेलमा बिक्री गर्दथ्यौँ, अहिले रिटेलमा बिक्री गर्न बाध्य छौँ ।” चीनबाट आयातित हुने झिलीमिली बत्ती ग्राहकले धेरै रुचाउने उनले बताए, “सस्तो र आर्कषक डिजाइनमा पाइने हुँदा चीनबाट आयात गरेका बत्ती धेरै बिक्री हुन्छ ।”
इन्द्रचोक नजिकै विगत तीन वर्षदेखि व्यापारी गर्दै आउनुभएका देवीप्रसाद चौलागाईले तिहारमा ढाकाको टोपी धेरै बिक्री हुने बताउँछन् । “तिहारमा विशेषत सस्तो टोपी खोज्ने ग्राहक बढी आउँछन् । तर पछिल्ला वर्षमा टोपीकै व्यापार घट्दै गएको छ”, चौलागाईले भने । तिहारका लागि आवश्यक सामग्री किनमेल गर्न बजार पुगेका ग्राहक भने महँगीले आजित भएको गुनासो गर्छन् ।
“अहो कति महँगो !”, कलङ्कीबाट किनमेलका लागि असन पुगेकी कमला सुवेदी र सरिता दाहालले एकै स्वरमा भनिन् । दाहालले थपिन्, “सस्तो सामान एकै ठाउँमा पाइन्छ भनेर यहाँसम्म आइयो । तर बजार भाउ छोइनसक्नु रहेछ ।”
यस्तै, गोङ्गबुबाट परिवारसहित किनमेल गर्न न्यूरोड आएका राजाराम रेग्मीले पनि अत्यधिक मूल्यवृद्धिप्रति असन्तुष्टि जनाए । “बजारमा चलि नसक्नु महँगी छ !”, आफूहरुले खरिद गरेको सामानको पोको देखाउँदै रेग्मीले भने, “लक्ष्मी पुज्नका लागि किनेको यही सामान र भाइमसला पोहोरभन्दा दुई गुणा बढी मूल्यमा खरिद गर्न बाध्य भयौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार
कात्तिक १४, २०८१ बुधबार
देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक १४, २०८१ बुधबार
चाडवाडका लागि भित्रियो ३२ करोडको नरिवल
कात्तिक १३, २०८१ मंगलबार
तस्करी गर्न नपाएपछि कर्मचारी बिदा छोड्दै डीएसपी कटुवाल
नेपालबहस संवाददाता
कात्तिक ११, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
नारायणी अस्पतालका मेसु डा. दासको रवैयाः एकातिर कर्मचारी हटाउँदै, अर्कोतिर विज्ञापन गर्दै
आबिद हुसेन
कात्तिक १२, २०८१ सोमबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
कात्तिक १३, २०८१ मंगलबार
भोलि हुने साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने
कात्तिक १३, २०८१ मंगलबार
नेपालले स्कटल्यान्डलाई ५ विकेटले हरायो
कात्तिक १४, २०८१ बुधबार
कार्तिक कृष्ण त्रयोदशीः आज काग तिहार
कात्तिक १४, २०८१ बुधबार
देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक १४, २०८१ बुधबार
व्यापारीलाई भ्याइनभ्याइ, ग्राहकलाई महँगीको मार
कात्तिक १३, २०८१ मंगलबार
चाडवाडका लागि भित्रियो ३२ करोडको नरिवल
कात्तिक १३, २०८१ मंगलबार
सरकारले गठन गर्यो नयाँ भूमि आयोग, अध्यक्षमा हरिप्रसाद रिजाल
कात्तिक १३, २०८१ मंगलबार