ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने सम्झौता
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार ७:३७:११
१४ कात्तिक, काठमाडौं । ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडई बिच विश्वको विभिन्न देशबाट नेपालमा ग्लोबल रेमिट मार्फत सजिलै पैसा पठाउन सकिने गरी रेमिटेन्स सम्झौता भएको छ । यस सम्झौता अनुसार देश बाहिर रहेका नेपालीहरुले आफ्नो तथा परिवारको ग्लोबल आइएमई बैंकको तथा नेपालको अन्य बैंक तथा वित्तीय संस्थामा भएको बैंक खातामा सहज रुपमा रेमिटेन्स पठाउन सक्नेछन ।
युनाइटेड फिनटेक सोलुसन्स एलएलसीको पूर्ण स्वामित्वमा रहेको इन्स्टेन्ट क्यासले फिनटेकको माध्यमबाट संसारभर रेमिटेन्स सुविधा प्रदान गर्दै आईरहेको छ । यसरी युएई तथा विश्वको विभिन्न देशबाट ग्लोबल रेमिटमार्फत् पठाएको पैसा ग्लोबल आइएमई बैंकको सम्पूर्ण शाखा कार्यालयहरु वा नेपालभरी रहेको आइएमई लिमिटेडको ५०,००० भन्दा बढी एजेन्टहरुबाट भुक्तानी लिन सकिनेछ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स भित्र्याउने सुविधा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिटिजन्स बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न
कात्तिक १३, २०८१ मंगलबार
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित
कात्तिक ११, २०८१ आइतबार
कुमारी बैंकको तिहार तथा छठ क्यासब्याक अफर सञ्चालनमा
कात्तिक ९, २०८१ शुक्रबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
के दैनिक बिहान हिँड्दा मधुमेह कम गर्न सकिन्छ ?
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
कात्तिक १८, २०८१ आइतबार
मंगलबारदेखि क्रमिकरुपमा मौसममा सुधार हुँदै जाने
कात्तिक १८, २०८१ आइतबार
छठका लागि पोखरी, ताल र नदी किनार सजाइँदै
कात्तिक १९, २०८१ सोमबार
निजामती कानुनले यो अवस्थाको परिकल्पना नगर्दा सफाइपछि झन यता न उता भए बैकुण्ठ अर्याल
कात्तिक १९, २०८१ सोमबार
तिहार सकिएसँगै काठमाडौंमा छठको तयारी सुरु
कात्तिक १९, २०८१ सोमबार
युवक बेपत्ता घटनामा एकजना पक्राउ
कात्तिक १९, २०८१ सोमबार
बलिउड फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ सय करोड क्लबमा
कात्तिक १९, २०८१ सोमबार
खाम्बाजेनबाट देखिएको कुम्भकर्ण
कात्तिक १९, २०८१ सोमबार