बेल्जियमको राजदूतमा सेवा लम्सालको नाम संसदीय समितिबाट अनुमोदन
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार १०:५५:४
१४ कात्तिक, काठमाडौं । बेल्जियमका लागि नेपाली राजदूतमा सिफारिस भएकी परराष्ट्र सचिव सेवा लम्सालको नाम अनुमोदन भएको छ । बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले लम्साललाई राजदूत बनाउने प्रस्ताव अनुमोदन गरेको हो । अब उनी राष्ट्रपतिबाट राजदूतमा नियुक्त हुने छिन् ।
समितिको बैठकमा लम्सालले आफ्नो कार्ययोजना प्रस्तुत गरेकी थिइन् । कार्ययोजनामा उनले युरोपेली मुलुक र बहुपक्षीय फोरमहरुमा नेपालको राष्ट्रिय हितको संरक्षण, प्रवर्द्धनमा इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता जनाएकी थिइन् । उनलाई सरकारले राजदूतका लागि नाम सिफारिस गरेको थियो ।
यसअघि नेपालको संक्रमणकालीन न्यायको सम्बन्धमा युरोपेली मुलुकहरूमा प्रचारप्रसारको आवश्यकता रहेको र त्यसलाई आफूले प्राथमिकतामा राखेको उनले बताएकी थिइन् । नेपालको संक्रमणकालीन न्याय सफलताको कथाको प्रचारप्रसार र प्रवर्द्धन गर्नेछु, उक्त कार्यबाट नेपाललाई प्राप्त हुने लाभबारे उनको कार्ययोजनामा उल्लेख गरिएको छ, यसले नेपालको शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगी अन्तर्राष्ट्रिय समुदायमा नेपालको सकारात्मक छविको प्रवर्द्धन हुनेछ, उनले भनेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपखरिद अनुगमन कार्यालयले १७ निर्माण कम्पनीसँग माग्यो कालोसूचीमा राख्न नपर्ने कारण
कात्तिक १२, २०८१ सोमबार
मन्त्रिपरिषदमा प्रश्न उठेपछि विभागबाट योजना आयोगमा सरुवा गरेर सापकोटामाथि छानविन सुरु
कात्तिक ११, २०८१ आइतबार
भूमिहीनका समस्या समाधान गर्न मंसिरभित्र सबै जिल्लामा भूमि आयोग गठन गरिने
कात्तिक ९, २०८१ शुक्रबार
तस्करी गर्न नपाएपछि कर्मचारी बिदा छोड्दै डीएसपी कटुवाल
नेपालबहस संवाददाता
कात्तिक ११, २०८१ आइतबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
नारायणी अस्पतालका मेसु डा. दासको रवैयाः एकातिर कर्मचारी हटाउँदै, अर्कोतिर विज्ञापन गर्दै
आबिद हुसेन
कात्तिक १२, २०८१ सोमबार
भोलि हुने साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने
कात्तिक १३, २०८१ मंगलबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
कात्तिक १४, २०८१ बुधबार
सशस्त्र प्रहरी बलको मौजुदा कानुन परिवर्तन भएपछि संगठन चलायमान हुन्छः गृहमन्त्री
कात्तिक १३, २०८१ मंगलबार
भैँसीपालनमा प्रोत्साहन गर्न किसानलाई अनुदान वितरण
कात्तिक १४, २०८१ बुधबार
‘बाढीपहिरो त रोकियो, गाउँमा बस्न सक्ने अवस्था छैन’
कात्तिक १४, २०८१ बुधबार
वीरेन्द्रनगर बजार र रत्न राजमार्गको आसपास क्षेत्र
कात्तिक १४, २०८१ बुधबार
नेपालसँग साफमा पाँच फाइनल हारेको पीडा मेटाउने अवसर, महानगरले तीन ठाउँमा लाइभ देखाउने
कात्तिक १४, २०८१ बुधबार
आधुनिक प्रविधिले कृषि कार्यमा किसानलाई सहज
कात्तिक १४, २०८१ बुधबार
प्रधानमन्त्रीको चीन भ्रमणः पोखरा विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्ने तयारी
कात्तिक १४, २०८१ बुधबार