रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार ११:२२:१८
१४ कात्तिक, काठमाडौं । पछिल्ला केही दिनदेखि लगातार रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेनालाई मैदानमा उतार्न सक्ने खबरहरू आइरहेका छन् ।
तर, रुसले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ । नेटोले रुसको तर्फबाट १० हजार उत्तर कोरियाली सैनिक युद्धमा सामेल हुने जनाएको छ । अब यस विषयमा अमेरिकाले पनि चेतावनी दिएको छ ।
अमेरिकी रक्षा मुख्यालय पेन्टागनले युक्रेन युद्धमा उत्तर कोरियाले रुससँग सामेल भएमा कीभलाई अमेरिकी हतियार प्रयोग गर्न प्रतिबन्ध नलगाउने चेतावनी दिएको छ । पेन्टागनले नाटोको बयानपछि यो चेतावनी जारी गरेको हो । जसमा उसले रुसमा उत्तर कोरियाली सेनाको उपस्थिति पुष्टि गरेको थियो । उत्तर एट्लान्टिक सन्धि संगठन ९नाटो० का महासचिव मार्क रुटेले दक्षिण कोरियाली प्रतिनिधिमण्डलसँगको भेटपछि उक्त कुरा बताएका हुन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यो घटना निकै खतरनाक भएको बताएका छन् । पेन्टागनले पूर्वी रुसमा १० हजार उत्तर कोरियाली सैनिकलाई तालिमका लागि तैनाथ गरेको अनुमान गरेको छ । पेन्टागनले यी सेनाको एक हिस्सा युक्रेनको नजिक पुगिसकेको दाबि गरेको छ ।
अर्कोतर्फ, उत्तर कोरियाको आधिकारिक कोरियन सेन्ट्रल न्यूज एजेन्सीले विदेशमन्त्री चोई सन हुईको नेतृत्वमा एउटा प्रतिनिधिमण्डल सोमबार रुस प्रस्थान गरेको जनाएको छ । यद्यपि उनले यो भ्रमणको उद्देश्यबारे केही खुलाएका छैनन् ।
रुसले पूर्वी युक्रेनका दुई शहर आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ । यससँगै रुसी सेना कम्तीमा एक वर्षयताकै तीव्र गतिमा अघि बढिरहेको सङ्केत पनि छ । रुसले मंगलबार आफ्नो सेनाले सेलिडोभ सहर कब्जा गरेको बताएको छ । युद्ध अघि यस सहरको जनसंख्या २० हजार थियो। यो सहर कब्जा गर्न रुसले गत हप्तादेखि आक्रमणलाई तीव्र पारेको थियो। रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले आफ्नो देशको सेनाले हिरनिक सहर कब्जा गरेको बताएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यूयोर्क शहरको इतिहासमा पहिलोपटक दिपावलीको अवसरमा विद्यालय बन्द रहने
कात्तिक १४, २०८१ बुधबार
पाकिस्तानमा पोलियो खोप टोलीको सुरक्षामा खटिएका प्रहरी अधिकारीको हत्या
कात्तिक १३, २०८१ मंगलबार
कासिम बने हिजबुल्लाहको नयाँ प्रमुख
कात्तिक १३, २०८१ मंगलबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
नारायणी अस्पतालका मेसु डा. दासको रवैयाः एकातिर कर्मचारी हटाउँदै, अर्कोतिर विज्ञापन गर्दै
आबिद हुसेन
कात्तिक १२, २०८१ सोमबार
प्रधानमन्त्री ओलीलाई भारतले किन दिएन महत्व ?
केदार भट्टराई (काका)
कात्तिक ११, २०८१ आइतबार
भोलि हुने साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने
कात्तिक १३, २०८१ मंगलबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
कात्तिक १४, २०८१ बुधबार
सशस्त्र प्रहरी बलको मौजुदा कानुन परिवर्तन भएपछि संगठन चलायमान हुन्छः गृहमन्त्री
कात्तिक १३, २०८१ मंगलबार
तिहार बिदामा पनि सर्वोच्च अदालत खुला हुने
कात्तिक १४, २०८१ बुधबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जना पक्राउ
कात्तिक १४, २०८१ बुधबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
सर्लाहीमा स्यालको आक्रमणबाट १३ जना घाइते, दुई जनाको अवस्था गम्भिर
कात्तिक १४, २०८१ बुधबार
साफ महिला च्याम्पियनसिप फाइनलका सबै टिकट सकिए, प्रधानमन्त्री ओली पनि रंगशाला जाने
कात्तिक १४, २०८१ बुधबार
गरिमा विकास बैंकले आज हुने साफ च्याम्पियनसिपमा नेपाली टिमलाई प्रति गोल १ लाख पुरस्कार दिने
कात्तिक १४, २०८१ बुधबार