युनिक साउण्डको भैरहवामा दिपावली उत्सव
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार ११:२५:४०
♦ मोहम्मद हबिब
१४ कात्तिक, भैरहवा । साउण्ड तथा म्युजिकको व्यवसाय गर्दै आएका युवा व्यवसायी रहिश खानले भैरहवा दिपावलीको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएका छन ।
विगत १७ वर्ष देखि व्यवसाय गर्दै आएको युनिक साउण्डकै आयोजनामा ९ औँ पटक भैरहवामा सास्कृतिक उत्सव गर्न लागेका हुन । लक्ष्मी पुजाको अवसरमा आपसी सद्भाव, नगरवासीलाई उल्लासमय तिहारको अनुभूति गराउन, संस्कृतिको सम्मान गर्दै स्थानीय कलाकारको प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गर्न लागेको हो । स्थानीय सिद्धार्थनगर ३ निवासी खान व्यवसायीक प्रतिष्ठान मार्फत विगतका वर्षहरू जस्तै यस वर्ष राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहने छ ।
कार्तिक १५ गते मिलनचोकमा साँझ ६ बजे देखि कार्यक्रम गर्ने गरी सम्पूर्ण तयारीहरु गरिएको छ । ‘मिलनचोक देखि विद्रोही चोक सम्म सडक नै झिलिमीली गरिसकेका छौ । कार्यक्रममा नृत्य, गायन लगायतका सांस्कृतिक कार्यक्रमहरू गरिने छ । यो कार्यक्रम सम्पूर्ण संस्कृतिलाई सम्मान गर्नुपर्छ र आपसी सद्भावको निम्ति स्थानीय कलाकार र प्रतिभा देखाउने अवसर पनि रहेको’ खाँनले भने ।
प्राय तिहार जस्तो पर्वमा भैरहवा सुनसान हुने देखिएपछि यस वर्ष पनि निरन्तरता दिएको हो । करिब ९ लाखको लगानीमा आफै सांस्कृतिक कार्यक्रम र सडकमा झिलिमिली गरेको छु । साउण्डको माध्यमबाट सबै अधिराज्य भर जानेगरेपनि भैैरहवामा केही गरौँ भन्ने लागेर तिहारमा मात्रै होइन यस अघि नयाँ वर्ष र तीजमा समेत सांस्कृतिक कार्यक्रम आयोजना गर्ने गरेको संचालक खाँनले भने ।
हामीले स्थानीय कलाकारको प्रस्फुटनलाई पनि स्टेजको अभाव खडकीरहेको बेला उनीहरुको र सम्पूर्ण भैरहवाको प्रवर्द्धन गर्न कार्यक्रम आयोजना गरेको हो । हामीले यस अघि तीज, नयाँ वर्षमा पनि सांस्कृतिक कार्यक्रम गरेका छौ । यो महोत्सवले स्थानीयले मनोरञ्जन पाउनुका साथै र केही भए पनि आर्थिक चलायमान हुन्छ भन्ने अपेक्षा छ ।
५० हजार दर्शक आउने अपेक्षाका साथ साँझ ६ बजेबाट राती ११ बजे सम्म कार्यक्रम गरिने गरि तयारी गरिएको छ । कार्यक्रम अवलोकनका लागि भैरहवा मात्र नभई छिमेकी जिल्ला र भारतबाट पनि दर्शकहरू आउने गर्छन् ।
स्थानीय सरकार र संस्थाले गर्नुपर्ने काम एकल युवाले आफ्नै लगानीमा विना कसैको सहयोग गरेकोले आगामी दिनमा सहकार्य गरी यस्ता कार्यक्रम अझै भव्यताका साथ गर्नु पर्ने हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार
जापानले रक्षा बजेट विस्तारका लागि कर बढाउने
मंसिर २६, २०८१ बुधबार
निम्न माध्यमिक तहको लाइसेन्स परीक्षामा ९.१७ प्रतिशत मात्र परीक्षार्थी उत्तीर्ण
मंसिर २६, २०८१ बुधबार
उपराष्ट्रपति यादव कतारको राष्ट्रिय दिवसमा सरिक
मंसिर २६, २०८१ बुधबार
अफगान शरणार्थी मन्त्रीको आत्मघाती विष्फोटमा मृत्यु
मंसिर २६, २०८१ बुधबार
मानव बेचबिखनमा वृद्धि: राष्ट्रसंघ
मंसिर २६, २०८१ बुधबार