नेपालसँग साफमा पाँच फाइनल हारेको पीडा मेटाउने अवसर, महानगरले तीन ठाउँमा लाइभ देखाउने
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार १२:३८:२१
१४ कात्तिक, काठमाडौं । साफ महिला च्याम्पियनसिप अन्तर्गत आज फाइनल खेलमा नेपाल र बंगलादेश खेल्दै छन् । काठमाडौँको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने यो खेल आज साँझ साढे ६ बजेदेखि शुरु हुने छ ।
नेपालले साफ च्याम्पियनसिपमा छैटौँ पटक फाइनल खेल्दै छ । गत साफमा काठमाडौँमै नेपाल फाइनलमा बंगलादेशसँग १-० ले पराजित भएको थियो । नेपालसँग सो फाइनलको हारको बदला लिने यस पटक सुनौलो अवसर जुरेको छ ।
सन् २०१० मा पहिलो साफ महिला च्याम्पियनसिपमा नेपाल फाइनलमा पुगेको थियो । बंगलादेशमा आयोजना गरियो यो प्रतियोगिताको फाइनलमा भारतले नेपाललाई १-० ले पराजित गर्दै उपाधि जितेको थियो । सो खेलमा भारतकी सस्मिता मालिकले खेलको ६५ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बनेको थियो ।
त्यसपछि २०१२ मा श्रीलंकामा आयोजना गरिएको दोस्रो साफमा पनि नेपालले फाइनलमा भारतकै सामना गरेको थियो । सो खेलमा नेपाल ३-१ गोलले पराजित भयो । यस फाइनलमा खेलको तेस्रो मिनेटमा नै दीपा अधिकारीले गोल गर्दै अग्रता दिलाएपनि नेपालले अग्रता जोगाउन सकेन । त्यसपछि भारतका लागि सुप्रिया रोउत्राय, बमबम देवी र कमला देवीले एक एक गोल गरेर उपाधि जिते । भारत दोस्रो पटक च्याम्पियन बन्दा नेपाल दोस्रो पटक उपविजेता बन्यो ।
त्यस्तै २०१४ मा पाकिस्तान भएको साफको फाइनलमा पनि फेरी एक पटक भारत र नेपाल आमनेसामने भए । यस फाइनलमा भारतले नेपाललाई ६-० ले हरायो । भारतकी बाला देवीले ४ गोल गरेकी थिइन् भने कमला देवी र परमेश्वरी देवीले एक गोल गरेकी थिइन् । यसरी भारत लगातार तेस्रो पटक च्याम्पियन बन्यो भने नेपाल लगातार तेस्रो पटक उपविजेता बन्यो ।
त्यसपछि २०१६ मा भारतमा आयोजना भएको साफमा भने नेपाल सेमिफाइनलमा भारतसँग नै पराजित भयो । फाइनलमा भारत र बंगलादेश पुगेका थिए । फाइनलमा भारतले बंगलादेशलाई ३-१ ले पराजित गरेर लगातार चौथो पटक उपाधि जितेको थियो ।
त्यसपछि २०१९ मा नेपालमै आयोजना गरिएको साफमा नेपाल फेरी एक पटक भारतसँगै फाइनलमा पुग्यो । फाइनल खेलमा नेपाल भारतसँग ३-१ गोल अन्तरले पराजित भयो । यस खेलमा नेपालका लागि सावित्रा भण्डारीले गोल गरेकी थिइन् । यससँगै भारत लगातार पाँचौं पटक साफको च्याम्पियन बनेको थियो भने नेपाल चौथो पटक उपविजेता बनेको थियो ।
त्यसपछि २०२२ मा पनि नेपालमाइ आयोजना गरिएको साफमा फाइनलमा बंगलादेश र नेपाल पुगेका थिए । पहिलो पटक नेपालले भारतलाई सेमिफाइनलमा रोक्दै फाइनलमा पुगेको थियो । तर फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भयो र फेरी उपविजेतामै चित्त बुझायो ।
अब यस पटक पनि २०२२ कै अवस्था दोहोरिएको छ । आज हुने फाइनलमा नेपालका अगाडि २०२२ को फाइनल हारको बदला लिने अवसर त छँदैछ, अर्को तर्फ अहिलेसम्म ५ फाइनलमा हारेको पिडा मेटाउने सुनौलो अवसर पनि छ ।
यस्तै काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिपको फाइनल खेल लाइभ देखाउने भएको छ । महानगरका अनुसार नेपाल र बंगलादेशबीच आज हुने फाइनल खेल टुँडिखेल, चाबहिल फुटबल ग्राउण्ड र सानो गौचरन (हाँडीगाउँ)मा लाइभ देखाउने भएको हो । साफ वुमन्स च्याम्पियनसिप २०२४ को फाइनल खेलमा आज नेपाली महिला फुटबल टिमले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाफ महिला च्याम्पियनसिप फाइनलका सबै टिकट सकिए, प्रधानमन्त्री ओली पनि रंगशाला जाने
कात्तिक १४, २०८१ बुधबार
भोलि हुने साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने
कात्तिक १३, २०८१ मंगलबार
बालोन डो अर अवार्डमा खेलाडीले पाएको अंक सूची लिक !
कात्तिक १२, २०८१ सोमबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
नारायणी अस्पतालका मेसु डा. दासको रवैयाः एकातिर कर्मचारी हटाउँदै, अर्कोतिर विज्ञापन गर्दै
आबिद हुसेन
कात्तिक १२, २०८१ सोमबार
प्रधानमन्त्री ओलीलाई भारतले किन दिएन महत्व ?
केदार भट्टराई (काका)
कात्तिक ११, २०८१ आइतबार
गरिमा विकास बैंकले आज हुने साफ च्याम्पियनसिपमा नेपाली टीमलाई प्रति गोल १ लाख पुरस्कार दिने
कात्तिक १४, २०८१ बुधबार
भोलि हुने साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने
कात्तिक १३, २०८१ मंगलबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
कात्तिक १४, २०८१ बुधबार
इजरायल–हिजबुल्लाह युद्धबाट भागेका सिरियालीहरू आफ्नै घरमा दुर्व्यवहारको जोखिममा
कात्तिक १४, २०८१ बुधबार
कृषिमन्त्रीको अपीलः किसानलाई हौसला दिन चाडमा स्वदेशी उत्पादनको प्रयोग गरौँ
कात्तिक १४, २०८१ बुधबार
दक्षिण अफ्रिकाका रबाडा टेस्टको बलिङ वरियतामा शीर्ष स्थानमा
कात्तिक १४, २०८१ बुधबार
तिहार बिदामा पनि सर्वोच्च अदालत खुला हुने
कात्तिक १४, २०८१ बुधबार
विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १७ जना पक्राउ
कात्तिक १४, २०८१ बुधबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार