भैँसीपालनमा प्रोत्साहन गर्न किसानलाई अनुदान वितरण
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार १३:८:४३
१४ कात्तिक, पाल्पा । भैँसीपालनमा प्रोत्साहन गर्न किसानलाई अनुदान वितरण गरिएको छ । पाल्पाको तानसेन नगरपालिका–११ वडा कार्यालयले २५ किसानलाई अनुदान वितरण गरेको हो ।
यहाँका २५ किसानलाई प्रतिव्यक्ति रु ४० हजारका दरले रकम उपलब्ध गराइएको छ । किसानलाई दुहुनो भैँसीपालनका लागि रु ४० हजारका दरले २५ जनालाई अनुदान रकम सहयोग गरिएको वडाध्यक्ष यादवसिं कार्कीले बताए । आर्थिक वर्ष २०८१/८२ को कुल बजेटको २० प्रतिशत बजेट कृषि तथा पशुपालनमा विनियोजन गरेको उनी बताउँछन् ।
वडामा कृषि र पशुपालनको सम्भावना रहेकाले किसानको मागका आधारमा यस वर्ष २५ भैँसीका लागि अनुदानमा सिफारिस गरिएको हो । किसानको आयआर्जन उकास्नका लागि किसानमुखी कार्यक्रममा वडाले जोड दिएको छ ।
नगर प्रमुख सन्तोषलाल श्रेष्ठले आयआर्जनको माध्यम भनेको कृषि र पशुपालन रहेकाले यस क्षेत्रमा किसानलाई प्रोत्साहन गर्दै विभिन्न कार्यक्रममा सहयोगका कार्यक्रम नगरपालिकाबाट भइरहेको बताए ।
नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा बजेट विनियोजन गरी हाते ट्याक्टर वितरण, मौरी घार वितरण, नापतौल मेसिन हस्तान्तरण, घाँसका बिरुवा वितरणजस्ता कार्यक्रम सञ्चालन गरेको छ । यहाँका किसानलाई व्यवसायमा हौसला बढाउन नगरपालिकाले अनुदान लगायतका विभिन्न कार्यक्रम अगाडि बढाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतेह्रथुमको लालीगुराँसका महिला जैविक सागसब्जी उत्पादनमा रमाउँदै
कात्तिक १४, २०८१ बुधबार
पाल्न छोडे किसानले हल गोरु, आधुनिक हलोले जोत्छन् खेतबारी
कात्तिक १४, २०८१ बुधबार
चितवनमा सयपत्री फूलखेती गर्ने घटे
कात्तिक १३, २०८१ मंगलबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
नारायणी अस्पतालका मेसु डा. दासको रवैयाः एकातिर कर्मचारी हटाउँदै, अर्कोतिर विज्ञापन गर्दै
आबिद हुसेन
कात्तिक १२, २०८१ सोमबार
प्रधानमन्त्री ओलीलाई भारतले किन दिएन महत्व ?
केदार भट्टराई (काका)
कात्तिक ११, २०८१ आइतबार
भोलि हुने साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने
कात्तिक १३, २०८१ मंगलबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
कात्तिक १४, २०८१ बुधबार
सशस्त्र प्रहरी बलको मौजुदा कानुन परिवर्तन भएपछि संगठन चलायमान हुन्छः गृहमन्त्री
कात्तिक १३, २०८१ मंगलबार
सर्लाहीमा स्यालको आक्रमणबाट १३ जना घाइते, दुई जनाको अवस्था गम्भिर
कात्तिक १४, २०८१ बुधबार
साफ महिला च्याम्पियनसिप फाइनलका सबै टिकट सकिए, प्रधानमन्त्री ओली पनि रंगशाला जाने
कात्तिक १४, २०८१ बुधबार
गरिमा विकास बैंकले आज हुने साफ च्याम्पियनसिपमा नेपाली टिमलाई प्रति गोल १ लाख पुरस्कार दिने
कात्तिक १४, २०८१ बुधबार
माओवादी प्रचण्डपन्थी गुट हो, पार्टी हैनः बाबुराम
कात्तिक १४, २०८१ बुधबार
प्रहरी अतिरिक्त महानिरीक्षकद्वयलाई दर्ज्यानी चिन्ह प्रदान
कात्तिक १४, २०८१ बुधबार
हराएका २५ दुई पाङ्ग्रे सवारी साधन धनीलाई हस्तान्तरण
कात्तिक १४, २०८१ बुधबार