साफ महिला च्याम्पियनसिप फाइनलका सबै टिकट सकिए, प्रधानमन्त्री ओली पनि रंगशाला जाने
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार १४:२८:२३
१४ कात्तिक, काठमाडौं । नेपाल र बंगलादेशबीच साफ महिला च्याम्पियनसिपको फाइनलको टिकट सबै बिक्री भएको छ । सेमिफाइनलमा दर्शकको भीड बढेकाले एन्फाले बुधबार सीमित संख्यामा मात्र टिकट बेचेको छ । दशरथ रंगशालाको दर्शक क्षमता १५ हजार भए पनि एन्फाले १० हजार २ सय हाराहारीमा मात्र टिकट बेचेको जनाएको छ ।
एन्फाले बुधबार साधारणतर्फ ५ हजार १ सय टिकट बेचेको जनाएको छ । त्यस्तै माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले खल्तीबाट बेचिसकेका ४ हजार १ सय १७ टिकट पनि एन्फाले उपलब्ध गराएको छ । माउन्ट एभरेस्टसँग सम्झौता रद्द हुनुअघि नै टिकट बिक्री भएकाले उक्त संख्यामा टिकट उपलब्ध गराइएको एन्फाले जनाएको छ ।
यसअघि नेपाल र भारतबीच सेमिफाइनलमा रंगशालाको दर्शक क्षमताभन्दा बढी टिकट बिक्री भएपछि फाइनलको टिकट भने एन्फा आफैंले बेचेको हो । साधारणतर्फ ५ सय र भीआईपीतर्फ १ हजार रुपैयाँ टिकट दर तोकिएको छ । साफ वुमेन्स च्याम्पियनसिपका ७ संस्करणमध्ये योसमेत गरी नेपाल ६ पटक फाइनलमा पुगेको छ तर अहिलेसम्म उपाधि उचाल्न पाएको छैन ।
भीआईपी प्यारापिटतर्फ १ हजार मात्र टिकट बिक्री गरेको छ । नेपाल र बंगलादेशबीचको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि आउने भएकाले भीआईपीतर्फको पास पनि बढेको एन्फाले जनाएको छ । सुरक्षालाई मध्यनजर गर्दै २० प्रतिशत सिट खाली राखिएको एन्फाले जनाएको छ । टिकट पाउने आशमा दर्शकहरू बिहानैदेखि लाइनमा बसेका भएपनि लाइन बसेका सबैले टिकट पाएनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपालसँग साफमा पाँच फाइनल हारेको पीडा मेटाउने अवसर, महानगरले तीन ठाउँमा लाइभ देखाउने
कात्तिक १४, २०८१ बुधबार
भोलि हुने साफ महिला फाइनलको टिकट बिक्रीको नयाँ व्यवस्था, अनलाइन किन्न नपाइने
कात्तिक १३, २०८१ मंगलबार
बालोन डो अर अवार्डमा खेलाडीले पाएको अंक सूची लिक !
कात्तिक १२, २०८१ सोमबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
नारायणी अस्पतालका मेसु डा. दासको रवैयाः एकातिर कर्मचारी हटाउँदै, अर्कोतिर विज्ञापन गर्दै
आबिद हुसेन
कात्तिक १२, २०८१ सोमबार
गरिमा विकास बैंकले आज हुने साफ च्याम्पियनसिपमा नेपाली टीमलाई प्रति गोल १ लाख पुरस्कार दिने
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
कात्तिक १४, २०८१ बुधबार
सशस्त्र प्रहरी बलको मौजुदा कानुन परिवर्तन भएपछि संगठन चलायमान हुन्छः गृहमन्त्री
कात्तिक १३, २०८१ मंगलबार
साफ महिला फुटबल च्याम्पियनसिप फाइनल खेलका लागि सुरक्षा व्यवस्था कडाइ [ फोटो फिचर ]
कात्तिक १४, २०८१ बुधबार
निकुञ्जका विभिन्न क्षेत्रमा कात्तिकमा मात्रै चारवटा गैँडा मृत भेटिए
कात्तिक १४, २०८१ बुधबार
एडिबीद्वारा पाकिस्तानलाई जलवायु प्रकोप व्यवस्थापन गर्न ५० करोड डलर ऋण स्वीकृत
कात्तिक १४, २०८१ बुधबार
चीनको शेनझोउ मिसन सफल
कात्तिक १४, २०८१ बुधबार
पूजा आराधनासहित देशभर मनाइयो धनवन्तरी जयन्ती
कात्तिक १४, २०८१ बुधबार
दिल्लीमा हावाको गुणस्तर निरन्तर खराब बन्दै
कात्तिक १४, २०८१ बुधबार