जुवातास खेलिरहेको अवस्थामा नगदसहित ४४ जना पक्राउ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार १५:२२:८
१४ कात्तिक, पर्सा । वीरगंज महानगरपालिका-८ गहवा टोलस्थित प्रभु साह कानुको टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-८ गहवा टोल बस्ने ४० वर्षीय बिरेन्द्र साह कानु समेत ७ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ६५ हजार रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-५ बनगाउँ बस्ने ३२ वर्षीय भिम घटालको घरमा जुवातास खेलिरहेको अवस्थामा भिम समेत १२ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८२ हजार ३ सय २२ रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।
बझाङ, जयपृथ्वी नगरपालिका-९ सिमखेत बस्ने बजुर खड्काको कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा बजुर समेत ५ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार १ सय ३० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
कैलाली, गोदावरी नगरपालिका-८ हरीनगर बस्ने प्रदिप भुलको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रदिप समेत ९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६१ हजार २ सय ३० रूपैयाँ र २ बुक तास सहित पक्राउ गरेको हो ।
इलाम, इलाम नगरपालिका-७ चोक बजारमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-६ बस्ने ४४ वर्षीय सुमन श्रेष्ठ समेत ११ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ४५ हजार ३ सय ६० रूपैयाँ र १० बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
एकैदिन ३३ फरार प्रतिवादी पक्राउ, लाखौं मुख्य बराबरको अवैध भारतीय सामान बरामद
पुष १७, २०८१ बुधबार
धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ
पुष १७, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार