आदिवासी बालबालिका बेपत्ताबारे थप अनुसन्धान आवश्यक छ : क्यानडा
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार १५:३९:१२
१४ कात्तिक, काठमाडौं । क्यानडाको आवासीय विद्यालयबाट आदिवासी बालबालिकाको मृत्यु र बेपत्ता भएको घटनाको थप अनुसन्धान गर्न स्वतन्त्र आयोग गठन गर्नुपर्ने एक प्रतिवेदनले जनाएको छ ।
सन् २०२१ मा सयौं संदिग्ध चिहानस्थलहरू फेला परेपछि गरिएको राष्ट्रव्यापी अनुसन्धानको मङ्गलबार जारी गरिएको प्रतिवेदनले आदिवासी बालबालिकाको मृत्यु र बेपत्ता भएको घटनाको थप अनुसन्धान गर्न स्वतन्त्र आयोग गठन गर्नुपर्ने निश्कर्ष निकालिएको हो ।
आदिवासीलाई जबरजस्ती आत्मसात गर्न एक शताब्दीभन्दा पहिले स्थापना गरिएका पूर्व आवसीय विद्यालय नजिकैका चिहानहरूको खोजले क्यानाडालीलाई स्तब्ध बनाएको छ ।
सन् १८३१ देखि १९९६ को बिचमा अनुमानित एक लाख ५० हजार बालबालिकालाई विद्यालयमा पठाइएको थियो। तीमध्ये धेरैजना घर फर्किएका थिएनन् ।
चिहानहरू फेला परेपछि उक्त घटनाको अनुसन्धानका लागि एक विशेष वार्ताकार, किम्बर्ली मुर्रेलाई ओटावाले तुरुन्तै नियुक्त गरेको थियो ।
मङ्गलबार आफ्नो प्रतिवदेनमा मुर्रेले थप अनुसन्धानका लागि २० वर्षको जनादेशसहित आदिवासी नेतृत्वको स्वतन्त्र आयोग गठन गर्न आह्वान गरेका छन् ।
उनले क्यानाडालाई यस घटनाको अपराधीको संज्ञा दिँदै यस्तो आयोगलाई समर्थन गर्ने देशको दायित्व रहेको बताए ।
मुर्रेले आदिवासी बालबालिका जबरजस्ती बेपत्ता र मृत्युको घटना अन्तर्राष्ट्रिय आपराधिक अदालतमा पठाइनुपर्नेलगायत देशले बहन गर्नुपर्ने अन्य ४२ दायित्वहरू सूचीबद्ध गर्नुरेका छन् ।
अन्तिम प्रतिवेदनले सरकार र चर्चले विद्यालयमा बालबालिकाको मृत्युको योजना बनाएको प्रारम्भिक निष्कर्ष दोहोर्याएको थियो ।
क्यानडाका न्यायमन्त्री आरिफ विरानीले प्रतिवेदनलाई आवासीय विद्यालयहरूले निम्त्याएको आघातलाई सम्बोधन गर्न चलिरहेको प्रयासको क्रममा एउटा कोसेढुङ्गाको रुपमा व्याख्या गरेका छन् ।
आदिवासी एल्डर फ्रेड म्याकग्रेगरले प्रतिवेदनको निष्कर्षले आवासीय विद्यालयबाट बचेका मानिसलाई उपचार प्राप्त हुनसक्ने आशा व्यक्त गरे ।
“हामी यहाँ इतिहास हौँ”, उनले भने, “क्यानाडामा कानूनको शासनको अभाव छ भन्ने हामी यो प्रतिवेदनबाट बुझ्न सक्छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपयुक्रेनबारे चीन र रुसबीच छलफल, पश्चिमी देशद्वारा उत्तर कोरियाली सेनाको आलोचना
कात्तिक १४, २०८१ बुधबार
दक्षिणपूर्वी स्पेनमा बाढीमा मृत्यु हुनेको संख्या ५१ पुग्यो
कात्तिक १४, २०८१ बुधबार
एडिबीद्वारा पाकिस्तानलाई जलवायु प्रकोप व्यवस्थापन गर्न ५० करोड डलर ऋण स्वीकृत
कात्तिक १४, २०८१ बुधबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
नारायणी अस्पतालका मेसु डा. दासको रवैयाः एकातिर कर्मचारी हटाउँदै, अर्कोतिर विज्ञापन गर्दै
आबिद हुसेन
कात्तिक १२, २०८१ सोमबार
गरिमा विकास बैंकले आज हुने साफ च्याम्पियनसिपमा नेपाली टीमलाई प्रति गोल १ लाख पुरस्कार दिने
कात्तिक १४, २०८१ बुधबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
कात्तिक १४, २०८१ बुधबार
साफ महिला च्याम्पियनसिप: नेपाल र बङ्गलादेशबीचको फाइनल खेल जारी
कात्तिक १४, २०८१ बुधबार
युक्रेनबारे चीन र रुसबीच छलफल, पश्चिमी देशद्वारा उत्तर कोरियाली सेनाको आलोचना
कात्तिक १४, २०८१ बुधबार
तीन महिनामा नेपालमा प्रेस स्वतन्त्रता हननका १९ घटना, धम्कीका सबैभन्दा बढी
कात्तिक १४, २०८१ बुधबार
यस्तो छ फाइनलमा बंगलादेशविरुद्ध खेल्ने नेपाली प्लेइङ-११
कात्तिक १४, २०८१ बुधबार
कम्युनिष्ट आन्दोलनको रुपान्तरणका लागि गम्भीर आत्मसमीक्षा आवश्यक छ : प्रचण्ड
कात्तिक १४, २०८१ बुधबार