युक्रेनबारे चीन र रुसबीच छलफल, पश्चिमी देशद्वारा उत्तर कोरियाली सेनाको आलोचना
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार १८:३०:१५
१४ कात्तिक, बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले बुधबार बेइजिङमा रुसका उप–विदेशमन्त्रीसँग युक्रेन सङ्कटबारे छलफल गरेका छन् । पश्चिमी नेताहरूले मस्कोको उत्तर कोरियासँगको बढ्दो सम्बन्धको निन्दा गरिरहेको बेला यो बैठक भएको छ ।
वाङले आन्द्रेई रुडेन्कोलाई चीन र रुसबीचको सम्बन्ध ‘अपरिहार्य’ र ‘बलियो’ रहेको बताए । उनले भने, “यो सम्बन्ध बदलिँदो अन्तर्राष्ट्रिय परिस्थितिबाट प्रभावित छैन र यो कुनै तेस्रो पक्षप्रति लक्षित वा प्रभावित छैन ।”
संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले रुसमा उत्तर कोरियाली सैनिकहरूको उपस्थितिको आलोचना गरेपछि तनाव बढेको छ ।
उत्तर कोरियाली विदेशमन्त्री चोए सन हुई मस्कोमा आफ्ना रुसी समकक्षी सर्गेई लाभरोभसँग भेट्ने तयारीमा रहेको बेला वाङ र रुडेन्कोबीचको बुधबारको बैठक भएको छ ।
दक्षिण कोरिया, नाटो र संयुक्त राज्य अमेरिकाले हजारौँ उत्तर कोरियाली सैनिकहरूले रुसमा तालिम लिइरहेको दाबी गरेका छन् । उक्त दाबीलाई मस्को र प्योङयाङले अस्वीकार गरेका छन् ।
सोलको गुप्तचर एजेन्सीका अनुसार पहिलो समूहका विशिष्ट सेनाहरू अक्टोबरको सुरुमा पूर्वी रुसको भ्लाडिभोस्टकतर्फ प्रस्थान गरेका थिए ।
पेन्टागनकी उप–प्रेस सचिव साब्रिना सिंहले यस हप्ता पत्रकारहरूलाई बताउनुभए अनुसार तालिमका लागि पठाइएका करिब १० हजार उत्तर कोरियाली सैनिकले ‘आगामी केही हप्तामा युक्रेन नजिकै रुसी सेनालाई सघाउने सम्भावना छ ।’
प्योङयाङले आफ्ना सैनिकहरू रुसमा तालिम लिइरहेको कुरा अस्वीकार गरे पनि उत्तर कोरियाका उप–विदेशमन्त्री किम जोङ ग्युले त्यस्तो तैनाथी भएको खण्डमा यो अन्तर्राष्ट्रिय कानून अनुरूप हुने बताएको छ ।
चीनले रुस र उत्तर कोरिया दुवैलाई आफ्नो नजिकको साझेदार मान्छ । अमेरिकी सरकारले चीनसँग प्योङयाङको बढ्दो सैन्य संलग्नताबारे आफ्नो चिन्ता व्यक्त गरेको छ ।
बुधबार नियमित प्रेस सम्मेलनमा वासिङ्टनसँगको वार्ताबारे सोधिएको प्रश्नमा चीनको विदेश मन्त्रालयले टिप्पणी गर्न अस्वीकार ग¥यो । विदेश मन्त्रालयले वाङले रुडेन्कोसँगको भेटमा रुसमा उत्तर कोरियाली सैनिकहरूको विषय उठाए–नउठाएको पुष्टि गर्न पनि अस्वीकार ग¥यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
न्यु अर्लिन्स आक्रमणप्रति विश्वव्यापी निन्दा र समवेदना
पुष १८, २०८१ बिहिबार
पाकिस्तान : लाहोर विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार