डा उप्रेती हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार २१:४८:७
१४ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्वारिकाप्रसाद उप्रेतीलाई पदबाट हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले आज बोर्डका कार्यकारी निर्देशक उप्रेतीलाई पदबाट हटाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको हो ।
“निवेदकलाई लिखित स्पष्टीकरण पेस गर्न भनिएको तीन दिनको अवधिभित्रै अर्थात् यही कात्तिक ६ गते मन्त्रालयका सहसचिव विपक्षी जवीलाल भुसाललाई बोर्डको कार्यकारी निर्देशकको जिम्मेवारीसमेत प्रदान गरेको देखियो”, आदेशमा भनिएको छ, “वैदेशिक रोजगारी नियमावली, २०६४ को नियम ३२ मा कार्यकारी निर्देशकको पद रिक्त हुने अवस्थाअन्तर्गत निवेदकलाई पदमुक्तसमेत गरेको देखिएन, निवेदकको पदका अर्को व्यक्तिलाई कार्यको जिम्मेवारी प्रदान गरेको प्रथम दृष्टिमा नै उचित र उपयुक्त मान्न मिलेन ।”
बोर्डका निर्देशकको पदमा डा उप्रेतीलाई २०७९ भदौ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई चार वर्षका लागि बोर्डको कार्यकारी निर्देशक नियुक्त गरेको थियो । मन्त्रालयले यही कात्तिक ५ गते उप्रेतीलाई स्पष्टीकरण सोधेको थियो । तीनदिने लिखित स्पष्टीकरणपछि सोधिएपछि मन्त्रालयले उनलाई पदबाट हटाउने निर्णय गरेको थियो । मन्त्रालयको उक्तविरुद्ध डा उप्रेतीले यही कात्तिक ११ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । अदालतले उप्रेतीलाई हटाउने कार्य कानुनसम्मत नभएको अदालतको ठहर गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलेक्ट्रिक रिक्साले विस्थापित हुँदै ठेला मजदुर
कात्तिक १४, २०८१ बुधबार
सालको पात बेचेर खर्च जुटाउँदै महिला
कात्तिक १४, २०८१ बुधबार
बञ्चरेडाँडामा बढ्यो फोहर
कात्तिक १४, २०८१ बुधबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
नारायणी अस्पतालका मेसु डा. दासको रवैयाः एकातिर कर्मचारी हटाउँदै, अर्कोतिर विज्ञापन गर्दै
आबिद हुसेन
कात्तिक १२, २०८१ सोमबार
गरिमा विकास बैंकले आज हुने साफ च्याम्पियनसिपमा नेपाली टीमलाई प्रति गोल १ लाख पुरस्कार दिने
कात्तिक १४, २०८१ बुधबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
कात्तिक १४, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले दिए नेपाली महिला फुटबल टोलीलाई धन्यवाद
कात्तिक १४, २०८१ बुधबार
डा उप्रेती हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
कात्तिक १४, २०८१ बुधबार
इलेक्ट्रिक रिक्साले विस्थापित हुँदै ठेला मजदुर
कात्तिक १४, २०८१ बुधबार
सरकारी अस्पतालमा विद्युत् महसुल छुट दिने मन्त्रालयको निर्णय
कात्तिक १४, २०८१ बुधबार
निलम्बित मुख्यसचिव अर्याललाई भ्रष्टाचारको मुद्दामा सफाइ, विकल पौडेलसहित दुईजना दोषी ठहर
कात्तिक १४, २०८१ बुधबार
नेपाललाई पराजित गर्दै बंगलादेश बन्यो च्याम्पियन
कात्तिक १४, २०८१ बुधबार