आरसीबीको कप्तान बन्दै विराट कोहली
नेपालबहस संवाददाता
कात्तिक १५, २०८१ बिहिबार १०:४०:४२
१५ कात्तिक, काठमाडौं । विराट कोहली आईपीएलमा फेरी कप्तान बन्ने भएका छन् । कोहली आईपीएल टिम रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) को फेरी कप्तान बन्ने भएका हुन् ।
मिडिया रिपोर्टका अनुसार कोहलीले व्यवस्थापनसँग छलफल गरिसकेका छन् र कप्तानीमा फर्कन तयार भएका छन् ।
कोहलीले ९ सिजन आरसीबीको कप्तानी गरेपछि उनले २०२१ मा कप्तानी छोडेका थिए । यसपछि, २०२२ मा, फाफ डु प्लेसिसले पछिल्लो तीन सिजनको लागि टोलीको जिम्मेवारी लिए । ४० वर्षीय डु प्लेसिसलाई अर्को सिजनको लागि रिटेन गर्ने सम्भावना न्यून भएपछि कोहलीले कप्तानी गर्न अगाडी सरेको बताइएको छ ।
आइपिएलको मेगा अक्सनअघि खेलाडीहरूको रिटेनमेन्टको अन्तिम मिति दिन आज हो । आज साँझ ५ बजेअघि सबै फ्रेन्चाइजीले आफ्ना रिटेन गरिएका खेलाडीको नाम आइपिएल आयोजक समितिलाई पठाउनुपर्ने छ । यो सूचीसँगै कुन खेलाडीले कुन फ्रेन्चाइजसँग खेल्ने भन्ने टुंगो लाग्नेछ।
आरसिबीले अहिलेको टिमबाट कोहली र बलर यश दयाललाई मात्र रिटेन गरेर पुरै नयाँ टिम बनाउने तयारी गरेको बताइएको छ ।
विराट कोहली २०१३ देखि २०२१ सम्म आरसीबीको कप्तान थिए । उनको कप्तानीमा, आरसिबी २०१६ मा फाइनलमा पुगेको थियो, सो फाइनलमा आरसिबी सनराइजर्स हैदराबादसँग पराजित भएको थियो । कोहलीले आईपीएलमा १४३ खेलमा कप्तानी गरेका छन्, जसमध्ये उनले ६६ जित र ७० खेलमा हार बेहोरेका छन् ।
पछिल्ला तीन सिजनमा फाफ डु प्लेसिसको कप्तानीमा टोलीले २०२२ र २०२४ मा प्लेअफमा स्थान बनाएको थियो, यद्यपि यसले २०२३ मा प्लेअफ गुमाएको थियो ।
कोहलीलाई आईपीएल २००८ अघि आरसीबीले अनक्याप्ड प्लेयरको रूपमा अनुबन्ध गरेको थियो। त्यसयता उनी लगातार टोलीको हिस्सा बनेका छन् ।
आरसीबीले १७ वर्षमा कोहलीलाई रिलिज गरेको छैन । उनी आईपीएलमा सबैभन्दा धेरै रन बनाउने खेलाडी पनि हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण अफ्रिकाका रबाडा टेस्टको बलिङ वरियतामा शीर्ष स्थानमा
कात्तिक १४, २०८१ बुधबार
न्यूजील्याण्ड स्कट कुगलाइन एनपीएलमा सुदूरपश्चिमबाट खेल्ने
कात्तिक १४, २०८१ बुधबार
बाबर हायात कर्णालीबाट एनपीएल खेल्ने
कात्तिक १४, २०८१ बुधबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
गरिमा विकास बैंकले आज हुने साफ च्याम्पियनसिपमा नेपाली टीमलाई प्रति गोल १ लाख पुरस्कार दिने
कात्तिक १४, २०८१ बुधबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
कात्तिक १४, २०८१ बुधबार
उत्तर कोरियाले गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परिक्षण
कात्तिक १५, २०८१ बिहिबार
‘कुकुरबिनाको गोठालाको कल्पना गर्न सकिदैन’
कात्तिक १५, २०८१ बिहिबार
स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
कात्तिक १५, २०८१ बिहिबार
नगरवासीलाई सहुलियत शुल्कमा फूल
कात्तिक १५, २०८१ बिहिबार
कन्जुस नगरी विजुली बाल्नु, पर्याप्त छः प्राधिकरण
कात्तिक १५, २०८१ बिहिबार
अर्जुन कपुर र मलाइकाकाे ब्रेकअप !
कात्तिक १५, २०८१ बिहिबार