नगरवासीलाई सहुलियत शुल्कमा फूल
नेपालबहस संवाददाता
कात्तिक १५, २०८१ बिहिबार १३:१४:४७
१५ कात्तिक, नुवाकोट । यहाँको विदुर नगरपालिकाले फूल उत्पादन गरी नगरवासीलाई सहुलियत शुल्कमा उपलब्ध गराएको छ । पहिलोपटक परीक्षणका रुपमा सुरु गरेको फूल खेतीबाट राम्रो उत्पादन भएसँगै नगरवासीलाई सहुलियत शुल्कमा बिक्री सुरु गरिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार वडा नं ५ स्थित माझीटार र वडा नं ९ स्थित कोलनीमा रहेको नगरपालिकको नौ रोपनी खाली जग्गामा सयपत्री र मखमली लगाइएको थियो । उक्त फूल तिहारका अवसरमा नगरवासीलाई सहुलियत शुल्कमा बिक्री गरिएको हो ।
नगरप्रमुख राजन श्रेष्ठले भने, “भाइटिकाको दिनसम्म बिक्रीको प्रबन्ध मिलाएका छौँ ।” मखमली फूल प्रतिकिलो रु तीन सय ५० र सयपत्री प्रतिकिलो रु दुई सय शुल्क तोकिएको छ । उक्त शुल्क हाल बजारमा कारोबार भइरहेको शुल्कभन्दा कम भएकाले फूलको माग धेरै भएको कृषि शाखाप्रमुख मदनराज न्यौपानेले जानकारी दिए । बजारमा हाल सयपत्री फूल प्रतिकिलो रु दुई सय ५० र मखमली रु चार सयमा कारोबार भइरहेको छ ।
नगरपालिकाले प्लास्टिकजन्य फूल तथा मालाको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएकाले फूलको माग उच्च भएको हो । लामो समयदेखि बाँझो रहेको जग्गामा नगरपालिका आफैँले फूलखेती गरी नगरवासीलाई समेत फूल खेतीप्रति आकर्षित गर्ने लक्ष्य लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाँसको र्याक बनाएर जीविकोपार्जन
कात्तिक १५, २०८१ बिहिबार
तिहारमा झिनियाँसँगै तयारी रोटीको माग उच्च
कात्तिक १५, २०८१ बिहिबार
‘कुकुरबिनाको गोठालाको कल्पना गर्न सकिदैन’
कात्तिक १५, २०८१ बिहिबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
यस्तो छ फाइनलमा बंगलादेशविरुद्ध खेल्ने नेपाली प्लेइङ-११
कात्तिक १४, २०८१ बुधबार
म्याद सकिए पनि हिरासतमै वित्ने भो रविको तिहार, २० गते मात्र अदालत लगिने
कात्तिक १५, २०८१ बिहिबार
मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक
कात्तिक १४, २०८१ बुधबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
पुजा शर्माको फिल्म दान्भी युट्युबमा रिलिज
कात्तिक १५, २०८१ बिहिबार
तिहारमा किन र कसरी खेलिन्छ देउसी-भैलो ?
कात्तिक १५, २०८१ बिहिबार
विजेता भइएन भन्दैमा दुःख नमानौँ : प्रधानमन्त्री
कात्तिक १५, २०८१ बिहिबार
ऋषव पन्तलाई दिल्लीले रिटेन नगर्ने, मेगा अक्सनमा जाँदै
कात्तिक १५, २०८१ बिहिबार
सट्टेबाजी बजारको फेभरेट देखिए ट्रम्प !
कात्तिक १५, २०८१ बिहिबार