बलिउड फिल्म 'सिंघम अगेन' र 'भूल भुलैया- ३' साउदी अरबमा प्रतिबन्ध !
नेपालबहस संवाददाता
कात्तिक १५, २०८१ बिहिबार १४:११:१४
१५ कात्तिक, काठमाडौं । बलिउडका चर्चित निर्देशक रोहित शेट्टीद्वारा निर्देशित र अजय देवगन अभिनित ‘सिंघम अगेन’ अनिस बज्मी निर्देशित र कार्तिक आर्यन स्टारर ‘भूल भुलैया ३’ लाई ठुलो झट्का लागेको छ ।
शुक्रबारदेखि विश्वभर रिलिज हुने दुवै फिल्मको रिलिजमा साउदी अरेबियामा प्रतिबन्ध लगाइएको छ । साउदी अरबमा‘सिंघम अगेन’ र ‘भुल भुलैया’लाई प्रतिबन्ध लगाइएपछि ठुलो झट्का लागेको छ ।
योसँगै भारतीय फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ र शिवकार्तिकेयनको फिल्म ‘अमरन’ साउदी अरबमा अब रिलिज नहुने भएका छन् ।
साउदी बाहेक खाडीका अन्य देशमा भने रिलिज हुने बताइएको छ । साउदी अरब भारतीय चलचित्रलाई लिएर निकै कडा छ । खाडी अधिकारीहरूले राष्ट्रवादी तत्वहरू, धार्मिक वा यौन सामग्री भएका भारतीय चलचित्रहरू थिएटरहरूमा प्रदर्शन गर्न अनुमति दिँदैनन् । तर, खाडी मुलुकमा भारतीय फिल्ममाथि प्रतिबन्ध लगाइएको यो पहिलो पटक भने होइन ।
अजय देवगनको ‘सिंघम अगेन’ र कार्तिक आर्यनको ‘भूल भुलैया ३’ विभिन्न कारणले साउदी अरबमा प्रतिबन्धित भएका छन् ।
सिंघम अगेन धार्मिक द्वन्द्वका कारण त्यहाँ रिलिज नहुने बताइएको छ भने भूल भूलैया(२ समलिङ्गी विषय भएका कारण प्रतिबन्धमा परेको छ । रिपोर्टका अनुसार, रोहित शेट्टीको सिंघम अगेनको रिलिज एक अरब देशमा धार्मिक द्वन्द्वको चित्रणका कारण रोकिएको छ ।
रिपोर्टमा अनीस बज्मीको फिल्ममा कार्तिक आर्यनको चरित्रमा समलैंगिकताको सन्दर्भ समावेश भएको पनि उल्लेख छ, जसका कारण साउदी सरकारले प्रतिबन्ध लगाएको छ ।
हरेक वर्ष जस्तै यस वर्ष पनि दीपावलीमा भारतमा धेरै फिल्म रिलिज हुँदैछन् । नोभेम्बर १ मा कार्तिक आर्यनको ‘भूल भुलैया ३’ अजय देवगन-रोहित शेट्टीको सिंघम अगेनसँग भिड्दैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्जुन कपुर र मलाइकाकाे ब्रेकअप !
कात्तिक १५, २०८१ बिहिबार
तमिल फिल्म ‘कंगुवा’ का सम्पादक युसुफले गरे आत्महत्या
कात्तिक १४, २०८१ बुधबार
वेभ सिरिज 'मिर्जापुर' अब फिल्म बन्ने
कात्तिक १३, २०८१ मंगलबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
कात्तिक १४, २०८१ बुधबार
यस्तो छ फाइनलमा बंगलादेशविरुद्ध खेल्ने नेपाली प्लेइङ-११
कात्तिक १४, २०८१ बुधबार
म्याद सकिए पनि हिरासतमै वित्ने भो रविको तिहार, २० गते मात्र अदालत लगिने
कात्तिक १५, २०८१ बिहिबार
विजेता भइएन भन्दैमा दुःख नमानौँ : प्रधानमन्त्री
कात्तिक १५, २०८१ बिहिबार
ऋषव पन्तलाई दिल्लीले रिटेन नगर्ने, मेगा अक्सनमा जाँदै
कात्तिक १५, २०८१ बिहिबार
सट्टेबाजी बजारको फेभरेट देखिए ट्रम्प !
कात्तिक १५, २०८१ बिहिबार
बाँसको र्याक बनाएर जीविकोपार्जन
कात्तिक १५, २०८१ बिहिबार
साफमा उपविजेता बनेको महिला फुटबल टिमलाई पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
कात्तिक १५, २०८१ बिहिबार
कात्तिक कृष्ण चतुर्दशीः कुकुर तिहार मनाइयो
कात्तिक १५, २०८१ बिहिबार