बाँसको र्याक बनाएर जीविकोपार्जन
नेपालबहस संवाददाता
कात्तिक १५, २०८१ बिहिबार १४:४८:१८
१५ कात्तिक, नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा बाँसको र्याक निर्माण गरेरै ४४ वर्षीय सूर्यलाल न्यौपानेले जीविकोपार्जन गर्दै आएको छ ।
बुबाले विसं २०५२ मा सुरु गर्नुभएको व्यवसायलाई उनले निरन्तरता दिएको हो । लघु उद्यम विकास कार्यक्रमअन्तर्गत सीप सिकेर बाँसको र्याक बनाई उनले वीरगञ्जदेखि कपिलवस्तुसम्म बिक्री गर्दै आएको छ । व्यवसायीहरुले एकैपटकमा एक सय बढी सङ्ख्यामा र्याकको माग गर्ने भएकाले उनको दैनिकी र्याक बनाउनमै बित्छ । “अहिले र्याकको माग धेरै छ, तिहार सुरु हुँदासमेत र्याकक बनाएर बस्नु परेको छ”, उनले भने, “र्याक लिन व्यापारीहरु आफैँ गाडी लिएर आइपुग्छन् ।” बजारमा माग पूरा गर्न नसकेपछि हाल ज्यालादारीमा कामदार राखेको उनको भनाइ छ । उनका अनुसार एक दिनमा एकजनाले कम्तीमा आठवटा ¥याक तयार गर्छन् ।
विभिन्न चार आकारको र्याक बनाउने गरेको बताउँदै न्यौपानेले आकारअनुसार होलसेलमा प्रतिगोटा रु तीन सय १० देखि रु पाँच सयसम्ममा बिक्री गर्दै आएको बताए । र्याक बिक्रीबाटै खर्च कटाएर उहाँले हाल मासिक औसतमा रु ३० हजार बचत गर्ने गरेको बताए । कोठा भाडामा लिएर अस्थायी रुपमा बसोबास गर्ने विद्यार्थीहरुबाट ¥याकको माग बढी हुने गरेको न्यौपानेको भनाइ छ ।
“¥याकमा किताबकापी, भाँडाकुँडा, जुत्ताचप्पलसमेत राख्न मिल्छ”, उनले भने, “छोटो समयका लागि कोठा भाडामा बस्ने व्यक्तिले कम खर्चमा सामान राख्न सहज हुने भएकाले माग धेरै आउने गरेको छ ।” र्याक बनाउन प्रयोग हुने हरियो बाँस गैँडाकोट तथा चितवनबाट ल्याउने गरेको उनले बताए। सामान्य लगानीमा व्यवसाय गरेर स्वरोजगार बन्न सकिने भएकाले युवाहरुलाई तालिम दिएर आत्मनिर्भर बनाउँदै आएको उनले बताए । सुरुमा रु १० हजार लगानी गरेर व्यवसाय सञ्चालन गर्न सकिने उनको सुझाव छ । बाँसबाहेक रङ, काँटी र काठ प्रयोग गरेर र्याक बनाउन सकिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतिहारमा झिनियाँसँगै तयारी रोटीको माग उच्च
कात्तिक १५, २०८१ बिहिबार
‘कुकुरबिनाको गोठालाको कल्पना गर्न सकिदैन’
कात्तिक १५, २०८१ बिहिबार
नगरवासीलाई सहुलियत शुल्कमा फूल
कात्तिक १५, २०८१ बिहिबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
म्याद सकिए पनि हिरासतमै वित्ने भो रविको तिहार, २० गते मात्र अदालत लगिने
कात्तिक १५, २०८१ बिहिबार
नेपाललाई पराजित गर्दै बंगलादेश बन्यो च्याम्पियन
कात्तिक १४, २०८१ बुधबार
अर्जुन कपुर र मलाइकाकाे ब्रेकअप !
कात्तिक १५, २०८१ बिहिबार
विश्वकप लिग-२ अन्तर्गत आज अमेरिका र स्कटल्याण्डबीच खेल हुँदै
कात्तिक १५, २०८१ बिहिबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
पुजा शर्माको फिल्म दान्भी युट्युबमा रिलिज
कात्तिक १५, २०८१ बिहिबार
तिहारमा किन र कसरी खेलिन्छ देउसी-भैलो ?
कात्तिक १५, २०८१ बिहिबार
विजेता भइएन भन्दैमा दुःख नमानौँ : प्रधानमन्त्री
कात्तिक १५, २०८१ बिहिबार
ऋषव पन्तलाई दिल्लीले रिटेन नगर्ने, मेगा अक्सनमा जाँदै
कात्तिक १५, २०८१ बिहिबार