सट्टेबाजी बजारको फेभरेट देखिए ट्रम्प !
नेपालबहस संवाददाता
कात्तिक १५, २०८१ बिहिबार १४:५७:८
१५ कात्तिक, काठमाडौं । अमेरिकामा राष्ट्रपतीय निर्वाचन नजिक आउँदै गर्दा कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको छ ।
चुनावको नतिजा कसैको पक्षमा जान सक्ने विभिन्न सर्वेक्षणले देखाएको छ । नोभेम्बर ५ मा हुने मतदानको दिन भन्दा अगाडि अहिलेसम्म ६० मिलियन अमेरिकीहरुले मेलाइन भोट वा व्यक्तिगत रूपमा मतदान गरिसकेको बताइएको छ ।
बुधवार जारी गरिएको सर्वेक्षणले पेन्सिल्भेनिया र उत्तरी क्यारोलिनामा कमला ह्यारिसभन्दा ट्रम्प एक प्रतिशत मात्र अगाडि रहेको देखाएको छ भने मिशिगनमा दुवैको बराबरी रहेको छ । एरिजोना, नेभाडा, जर्जिया र विस्कन्सिनमा पनि नजिकको प्रतिस्पर्धा छ। अर्को सर्वेक्षणले पेन्सिलभेनियामा दुई उम्मेद्वारहरू ४८ प्रतिशतले बराबरीमा राखेको छ भने कमला ह्यारिस विस्कन्सिनमा ट्रम्पभन्दा ६ अंकले र मिशिगनमा पाँच अंकले अगाडि छिन् । २०२४ को राष्ट्रपतीय निर्वाचन जित्नका लागि उम्मेदवारलाई २७० इलेक्टोरल भोट चाहिन्छ ।
सबै प्रमुख सर्वेक्षणहरूमा नजर राख्ने रियल क्लियर पोलिटिक्सले राष्ट्रिय स्तरमा ट्रम्पको ०.४ प्रतिशत अंकको अग्रता रहेको बताएको छ भने राज्यहरूमा दुई बीच कडा प्रतिष्पर्धा रहेको उल्लेख गरेको छ ।
यद्यपि, सट्टेबाजी बजारमा भने ट्रम्प ६३.१ अंकका साथ अगाडि छन् भने ह्यारिस ३५.८ अंकका साथ पछि परेकी छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
न्यु अर्लिन्स आक्रमणप्रति विश्वव्यापी निन्दा र समवेदना
पुष १८, २०८१ बिहिबार
पाकिस्तान : लाहोर विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार