विजेता भइएन भन्दैमा दुःख नमानौँ : प्रधानमन्त्री

नेपालबहस संवाददाता
कात्तिक १५, २०८१ बिहिबार १५:६:२४

१५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा उहाँले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने जानकारी गराएको हो । उक्त खेलमा दोस्रो भएको नेपाली टोलीका खेलाडीले जनही रु तीन लाखका दरले पुरस्कार पाउनेछन् ।
विगतका कतिपय खेलका पुरस्कार अझै प्राप्त नभएको गुनासो आइरहेका बेला प्रधामन्त्री ओलीको निर्देशनमा पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक पाउने खेलाडीलाई सक्दो छिटो पुरस्कार दिन थालिएको छ र पुरस्कारमा कर लाग्ने व्यवस्था हटाइएको छ ।
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाली टोलीको बङ्गलादेशविरुद्धको प्रदर्शन उत्कृष्ट भए पनि प्राविधिक कारणवश दोस्रो हुनुपरेको उल्लेख गर्दै आगामी सातौँ संस्करणमा हामी जित्छौँ भन्ने मर्मका साथ लाग्न आग्रह गरे । “विजेता भइएन भन्दैमा दुःख नमानौँ । तेञ्जिङ नोर्गे पनि एकै पटकमा नभई आठौँ पटकमा सर्वोच्च शिखर सगरमाथा पुग्न सफल भएका थिए । आगामी यस्ता खेलमा हामीले जित्ने प्रयासलाई अघि बढाउनुपर्छ ।’’
प्रधानमन्त्री ओलीले ५० हजारसम्म दर्शक अट्ने रङ्गशाला निर्माणका लागि सरकारले उचित स्थानमा जग्गा खोजिरहेको पनि जानकारी गराए । सो अवसरमा खेलाडीहरुले खेल सकिएको भोलिपल्टै खेलमाथिको प्रतिक्रियासहित आगामी दिनमा पूर्वाधार विकासका प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेकोमा खुसी व्यक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई info@nepalbahas.com मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुलिसलाई हराउँदै त्रिभुवन आर्मी केपी ओली कपको सेमिफाइनलमा
फागुन १२, २०८१ सोमबार
कीर्गिस्तानलाई हराउँदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान
फागुन ११, २०८१ आइतबार
केपी ओली कप फुटबल प्रतियोगिता सुरु
फागुन ११, २०८१ आइतबार
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची
फागुन १३, २०८१ मंगलबार
भद्रपुर झापा गोल्डकपः आज भद्रपुर ब्लेजर्स र बंगलादेशको काउर्न बाजार प्रतिस्पर्धा गर्दै
फागुन १३, २०८१ मंगलबार
महाशिवरात्री मेलाः अघिल्लो वर्षभन्दा भक्तजन बढ्ने, २ सेकेन्डमा १० जनाले दर्शन गर्नसक्ने
फागुन १३, २०८१ मंगलबार
दशरथचन्दमा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
फागुन १३, २०८१ मंगलबार
तराई-मधेस जागरण अभियान: प्रचण्ड आउने भएकाले आज विद्यालय बन्द गर्न माओवादीको दबाब
फागुन १३, २०८१ मंगलबार
कस्तो छ तपाईको आजको राशीफल ?