साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
नेपालबहस संवाददाता
कात्तिक १५, २०८१ बिहिबार १५:५३:१८
१५ कात्तिक, काठमाडौं । नेपाली महिला फुटबलकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले साफको फाइनलको हार बिर्सिन लामो समय लाग्ने टिप्पणी गरेकी छन् ।
सामाजिक सञ्जालमा एक पोष्ट गर्दै साम्बाले साफको फाइनलमा फेरी एक पटक उपविजेतामा सीमित हुँदा दुख लागेको टिप्पणी गर्दै यो हार बिर्सिन धेरै समय लाग्ने बताएकी हुन् ।
उनले आम दर्शकले देखाएको साथ र सहयोगप्रति सधैं ऋणी रहेको उल्लेख गर्दै अर्को पटक उपाधि दिलाउने विश्वास व्यक्त गरेकी छन् ।
उनले भनेकी छन् :
साफ महिला च्याम्पियनसिपमा पुन: एकपटक उपविजेतामा सिमित हुँदा निकै दुख लागेको छ । यो हार बिर्सन धेरै समय लाग्नेछ । यो हामी दोस्रो भएको भन्दापनि योग्य रहेको ट्रफी जित्न नसकेको भन्ने बुझेको छु । यहाँहरुको साथ र सहयोगका लागि सदा ऋणी रहनेछु । आशा छ, यो विश्वासलाई अर्कोपटक उपाधिका साथ न्याय दिन सक्नेछु । आज नै आफ्नो व्यावसायिक यात्राका लागि फ्रान्स प्रस्थान गर्दैछु । यहाँहरुले नेपालमा हुने महिला फुटबल गतिविधिलाई अझ सहयोग गरेर थप बलियो बनाउन सहयोग गर्नुहुनेछ भन्ने विश्वास छ ।
साम्बा व्यावसायिक फुटबल खेल्न विहिबार बिहान नै पेरिसतर्फ लागेकी छन् । उनी फ्रान्सको ए डिभिजन महिला लिग क्लब एन अभान्ट गुइनगाम्पबाट खेल्ने गर्दछिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविश्वकप लिग-२ अन्तर्गत आज अमेरिका र स्कटल्याण्डबीच खेल हुँदै
कात्तिक १५, २०८१ बिहिबार
विजेता भइएन भन्दैमा दुःख नमानौँ : प्रधानमन्त्री
कात्तिक १५, २०८१ बिहिबार
साफमा उपविजेता बनेको महिला फुटबल टिमलाई पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा
कात्तिक १५, २०८१ बिहिबार
लामिछाने छुटाउन भित्रभित्रै हारगुहारः गृहमन्त्री लेखकसँग डीपीको भेटघाट
कुसुम सेञ्चुरी
कात्तिक १३, २०८१ मंगलबार
प्रहरीमा बढुवा सकसः आठ डीआईजीका लागि दर्जन प्रतिस्पर्धी
नेपालबहस संवाददाता
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
म्याद सकिए पनि हिरासतमै वित्ने भो रविको तिहार, २० गते मात्र अदालत लगिने
कात्तिक १५, २०८१ बिहिबार
नेपाललाई पराजित गर्दै बंगलादेश बन्यो च्याम्पियन
कात्तिक १४, २०८१ बुधबार
अर्जुन कपुर र मलाइकाकाे ब्रेकअप !
कात्तिक १५, २०८१ बिहिबार
विश्वकप लिग-२ अन्तर्गत आज अमेरिका र स्कटल्याण्डबीच खेल हुँदै
कात्तिक १५, २०८१ बिहिबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
पुजा शर्माको फिल्म दान्भी युट्युबमा रिलिज
कात्तिक १५, २०८१ बिहिबार
तिहारमा किन र कसरी खेलिन्छ देउसी-भैलो ?
कात्तिक १५, २०८१ बिहिबार
विजेता भइएन भन्दैमा दुःख नमानौँ : प्रधानमन्त्री
कात्तिक १५, २०८१ बिहिबार
ऋषव पन्तलाई दिल्लीले रिटेन नगर्ने, मेगा अक्सनमा जाँदै
कात्तिक १५, २०८१ बिहिबार