ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित मुद्दामा मस्क अदालतमा उपस्थित हुने
नेपालबहस संवाददाता
कात्तिक १५, २०८१ बिहिबार २१:१४:४२
१५ कात्तिक, वासिङ्टन । अर्बपति एलन मस्कलाई बिहीबार फिलाडेल्फियाको एक अदालतमा उपस्थित हुन आदेश दिइएको छ । फिलाडेल्फियाीसथत अदालतका एक न्यायाधीशले निर्वाचनमा बढी मत भएका र प्रतिस्पर्धातमक हुने देखिएका राज्यहरूमा दर्ता भएका अमेरिकी मतदाताहरूलाई दिने भनी घोषणा गरिएको १० लाख अमेरिकी डलरको उपहारको कार्यक्रम रोक्न माग गर्दै दायर गरिएको मुद्दाको सुनुवाइमा उपस्थित हुन आदेश दिएका हुन् ।
फिलाडेल्फियाका मुख्य अभियोजक ल्यारी क्रास्नरले मस्कको परियोजनालाई ‘अवैध चिट्ठा योजना’ भन्दै सोमबार मुद्दा दायर गरेका थिए । न्यायाधीश एनी मेरी कोयलले भने, “सुनुवाइको समयमा सबै पक्ष उपस्थित हुनुपर्ने आदेश जारी गरिएको छ।”
मस्कले यसै महिना दैनिक प्रतिस्पर्धाको घोषणा गरेपछि विवाद उत्पन्न भएको थियो । मस्कले ५ नोभेम्बरमा हुने चुनावसम्म व्यापक प्रतिस्पर्धा रहेका सात वटा राज्यमा दैनिक एक मतदातालाई १० लाख अमेरिकी डलर अर्थात् पुरस्कार दिने घोषणा गरेका छन् ।
यो योजनाअन्तर्गत विजेताको छनोट डोनाल्ड ट्रम्पलाई समर्थन गर्ने मस्कको ‘अमेरिकन पीएसी’ नामक समूहको उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्नेहरूबाट गरिनेछ । यसका लागि योग्य मतदाता हुनु अनिवार्य छ ।
पेनसिल्वेनियामा मस्कले यस्तो गर्नेहरूलाई १०० डलर दिइरहेका छन् र अरूलाई रिफर गर्नेलाई थप १०० डलर दिइरहेका छन् भने राज्यहरूमा अरूलाई मतदान गर्न रिफर गर्नेहरूलाई ४७ डलर दिइरहेका छन् ।
स्पेसएक्स र एक्सका मालिक ५३ वर्षीय मस्कले गत जुलाईमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पलाई समर्थन गरेयता आफ्नो समय र पर्याप्त प्रभाव लाखौँ अमेरिकीलाई पारेका छन् ।
विश्वका सबैभन्दा धनी व्यक्ति मस्कले ट्रम्प समर्थक राजनीतिक कार्य समितिलाई आफ्नो व्यक्तिगत सहयोग ११ करोड ८० लाख अमेरिकी डलर सहयोग गरेका छन् । पेन्सिलभेनियामा आयोजित चुनावी ¥यालीमा ट्रम्पसँगै मस्क पनि मञ्चमा देखा पर्ने गरेका छन् । यसअघि बाराक ओबामालाई समर्थन गरेका मस्कले एक्समा दैनिक २० करोड २० लाख ‘फलोअर्स’ छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
न्यु अर्लिन्स आक्रमणप्रति विश्वव्यापी निन्दा र समवेदना
पुष १८, २०८१ बिहिबार
पाकिस्तान : लाहोर विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार