स्पेनको बाढीमा मृत्यु हुनेको संख्या १५८ पुग्यो
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार ११:२:५१
१६ कात्तिक, काठमाडौं । भारी वर्षाका कारण स्पेनको दक्षिणपूर्वी क्षेत्रलगायत धेरै क्षेत्रमा बाढी आएको छ । बाढीमा परी मृत्यु हुनेको संख्या १५८ पुगेको छ । जस मध्ये १५५ जनाको भ्यालेन्सिया क्षेत्रमा मृत्यु भएको स्थानीय मिडियाले उल्लेख गरेका छन् ।
राहत र उद्धार कार्य जारी रहेको प्रशासनले जनाएको छ । भ्यालेन्सिया सहरमा अवस्था गम्भीर रहेको बताइएको छ । अहिलेसम्म १२ सय भन्दा बढीलाई उद्धारको आवश्यकता रहेको मिडिया रिपोर्टमा उल्लेख छ ।
स्पेनको मौसम एजेन्सीले भ्यालेन्सिया सहरमा रेड अलर्ट लागू गरिएको जनाएको छ । अन्डालुसिया सहरमा दोस्रो उच्च सतर्कता घोषणा गरिएको छ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले जनतालाई प्रशासनको सल्लाह पालना गर्न अपिल गरेका छन् । साथै उनले अनावश्यक यात्रा नगर्न पनि आग्रह गरेका छन् । प्रधानमन्त्री पेड्रोले स्पेनमा तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् ।
बेपत्ताको संख्या ठुलो रहेकाले बाढीका कारण मृत्यु हुनेको संख्या धेरै बढ्न सक्ने बताइएको छ । अहिलेसम्म कति बेपत्ता छन् भन्ने यकिन हुन नसकेको मिडिया रिपोर्टमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
न्यु अर्लिन्स आक्रमणप्रति विश्वव्यापी निन्दा र समवेदना
पुष १८, २०८१ बिहिबार
पाकिस्तान : लाहोर विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार