साउदी अरबपछि सिंगापुरमा पनि सिंघम अगेन रिलिज नहुने
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार ११:१०:२१
१६ कात्तिक, काठमाडौं । बलिउडका चर्चित निर्देशक रोहित शेट्टीद्वारा निर्देशित र अजय देवगन अभिनित ‘सिंघम अगेन’ साउदी अरबमा रिलिज रोकिएपछि अब सिंगापुरआमा पनि आजको रिलिज रोकिएको छ ।
मिडिया रिपोर्टका अनुसार सिंगापुरमा सेन्सर प्रक्रिया पुरा नभएका कारण आज रिलिज नहुने भएको हो । फिल्मको रिलिज अर्को सातासम्म मात्र हुनसक्ने बताइएको छ ।
यसअघि सिंघम अगेन र अनिस बज्मी निर्देशित र कार्तिक आर्यन स्टारर ‘भूल भुलैया ३’ लाई साउदी अरेबियामा प्रतिबन्ध लगाइएको थियो । साउदी अरबमा‘सिंघम अगेन’ र ‘भुल भुलैया’लाई प्रतिबन्ध लगाइएपछि ठुलो झट्का लागेको छ ।
योसँगै भारतीय फिल्म ‘सिंघम अगेन’ र ‘भूल भुलैया ३’ र शिवकार्तिकेयनको फिल्म ‘अमरन’ साउदी अरबमा अब रिलिज नहुने भएका छन् ।
साउदी बाहेक खाडीका अन्य देशमा भने रिलिज हुने बताइएको छ । साउदी अरब भारतीय चलचित्रलाई लिएर निकै कडा छ । खाडी अधिकारीहरूले राष्ट्रवादी तत्वहरू, धार्मिक वा यौन सामग्री भएका भारतीय चलचित्रहरू थिएटरहरूमा प्रदर्शन गर्न अनुमति दिँदैनन् । तर, खाडी मुलुकमा भारतीय फिल्ममाथि प्रतिबन्ध लगाइएको यो पहिलो पटक भने होइन ।
अजय देवगनको ‘सिंघम अगेन’ र कार्तिक आर्यनको ‘भूल भुलैया ३’ विभिन्न कारणले साउदी अरबमा प्रतिबन्धित भएका छन् ।
सिंघम अगेन धार्मिक द्वन्द्वका कारण त्यहाँ रिलिज नहुने बताइएको छ भने भूल भूलैया(२ समलिङ्गी विषय भएका कारण प्रतिबन्धमा परेको छ । रिपोर्टका अनुसार, रोहित शेट्टीको सिंघम अगेनको रिलिज एक अरब देशमा धार्मिक द्वन्द्वको चित्रणका कारण रोकिएको छ ।
रिपोर्टमा अनीस बज्मीको फिल्ममा कार्तिक आर्यनको चरित्रमा समलैंगिकताको सन्दर्भ समावेश भएको पनि उल्लेख छ, जसका कारण साउदी सरकारले प्रतिबन्ध लगाएको छ ।
हरेक वर्ष जस्तै यस वर्ष पनि दीपावलीमा भारतमा धेरै फिल्म रिलिज हुँदैछन् । नोभेम्बर १ मा कार्तिक आर्यनको ‘भूल भुलैया ३’ अजय देवगन-रोहित शेट्टीको सिंघम अगेनसँग भिड्दैछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार
अजय देवगनको ‘दे दे प्यार देः२ ’को रिलिज मिति एक वर्ष पछाडि धकेलियो
पुष ४, २०८१ बिहिबार
ऋचा चड्डा अली फजलद्वारा बनाईएको अद्भुत फिल्मको कथामा के छ ?
पुष ३, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार