यसपालिको छठमा सफा पानीमा छठ स्नान गर्न पाइने आश
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार १२:२९:२५
१६ कात्तिक, महोत्तरी । बर्दिबास नगरक्षेत्रका बासिन्दाले यसपालिको छठमा सफा कञ्चन पानीमा चोबलिएर छठ स्नान गर्न पाइने आश सँगालेका छन् । बर्दिबास–१, २ र १४ को छठी घाट रहँदै आएको बर्दिबास–१४ स्थित हटिया पोखरीको सम्भार र डिलमा बोरिङ जडान गरिएपछि यसपालि कञ्चन पानीमा चोबलिएर छठ स्नान गर्न पाइने यहाँका सर्वसाधारणले आश सँगालेका हुन् ।
यसपालि भर्खरै पोखरीको उत्खनन् गरिएर सरसफाइ गरिनसँगै चारैतिर डिलमा पक्की ब्लक ओछ्याइएको छ । यस्तै डिलमै भर्खर जडान गरिएको बोरि¬ङबाट सफा पानी पोखरीमा खसालिएको छ । डिलमा ४०० फिट गहिरो सतहबाट निस्कने सफा पानी पोखरीमा खसालिएपछि अहिले छठी स्नानका लागि सजिलो हुने भएको हो ।
“पोखरी सरसफाइ गरेर चारैतिर पक्की ब्लक ओछ्याइएको छ, पोखरीमा बोरिङको कञ्चन पानी झरेको छ”, हटियाचोकका सामाजिक कार्यकर्ता जनुलाल महतो भन्छन्, “यसपालि छठका वर्तालुले सफा पानीमा चोबलिएर स्नान गर्न पाउनेछन् ।” छठमा व्रतको दिन सझिया अरख र समापनको दिन बिहानको भोरका अरख सूर्यलाई चढाउन कम्मरसम्म पानीमा उभिने चलन छ । यसअघि वर्तालुले तीन पटक पानीमा चुर्लुम्म डुबेर स्नान गर्छन् ।
अघिल्ला बितेका वर्षमा बर्दिबास हटियाभरिको फोहर दुर्गन्ध पोखरीमा झर्दै आएको थियो । यसपालि भने दीपावलीअघि नै फोहर निकासको ढल बनेर प्रयोगमा ल्याइएपछि अब सम्भार र सरसफाइले निरन्तरता पाए पोखरीको पानी सधैँ कञ्चन रहने बर्दिबास–२ का देवनारायण महतो बताउँछन् ।
बर्दिबासको हटिया पोखरी यो बस्ती बस्न थालेसँगै बनेको यहाँका पाका व्यक्ति सम्झन्छन् । पहिले बर्दिबासमा खानेपानीको अभाव हुँदा यो पोखरी खानेपानी प्रयोजनमा पनि प्रयोग हुन्थ्यो । घना जङ्गल छेउको पोखरी डिलमा टाढाटाढाबाट काठ दाउरा लिन आउनेको विश्रामस्थल रहेको पोखरी छेउकै बासिन्दा ८० वर्षीय परीक्षण महतो सम्झन्छन् । पछि बस्ती विकास गर्दै गएपछि खानेपानीका इनार र अन्य विकल्प बढे । यससँगै यो पोखरी नगरभरिको फोहर जम्ने थलो बनेको उनले बताए ।
बर्दिबास नगरको नाउँसँगै यो पोखरीको सम्बन्ध जोडिएको पुराना बासिन्दाको भनाइ छ । काठ दाउरा लिन बयलगाडा लिएर आउने यहाँ रात बस्ने र ‘बरद’ (गोरु) डिलभरि बस्ने हुँदा ठाउँको नाउँ बरदबास हुँदै पछि बर्दिबास भएको यो नगर बसाउने स्व नीरबहादुर हमालका छोरा ७० वर्षीय चिरञ्जीवी हमाल बताउँछन् ।
अहिले आफ्नो नगरको विकाससँगै जोडिएको हटिया पोखरीको मर्मतसम्भार, सरसफाइ, हटियाको फोहर निकासको ढल निर्माण, पोखरी डिलमा पक्की ब्लक ओछ््याइएर बोरिङको सफा पानी झर्न थालेपछि छठ वर्तालुसँगै सबै नगरवासी दङ्ग छन् । पोखरीका यी काम मधेश सरकार र बर्दिबास नगरपालिकाले सम्पन्न गरेपछि अब यसको नियमित सरसफाइमा सर्वसाधारणले चासो दिनुपर्ने पाका व्यक्तिको सल्लाह छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांस्कृतिक पर्वका रुपमा किन मनाइन्छ तिहार ?
कात्तिक १६, २०८१ शुक्रबार
नेपाल संवतसहित भोलि गाई, बलि, हली र म्हपूजा, भाइटीकाको शुभसाइत आइतबार ११ः३७ बजे
कात्तिक १६, २०८१ शुक्रबार
भक्तपुरका नेवार समुदायले आज म्हः पूजा, भोलि भाइटीका मनाउने
कात्तिक १६, २०८१ शुक्रबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
साम्बा भन्छिन्- यो हार बिर्सिन धेरै समय लाग्छ
कात्तिक १५, २०८१ बिहिबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
नेपाल एक खेलअघि नै हङकङ सिक्सेसको क्वाटरफाइनलमा
कात्तिक १६, २०८१ शुक्रबार
हिमालसँग रमाउन पुगेको पर्यटक
कात्तिक १६, २०८१ शुक्रबार
माथागढीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
कात्तिक १६, २०८१ शुक्रबार
पाकिस्तानमा पोलियो विरुद्धको खोप अभियानमा बम विष्फोट, सात जनाको मृत्यु
कात्तिक १६, २०८१ शुक्रबार
जङ्गली हात्तीको आक्रमणबाट सर्वसाधारणलाई जोगाउन सचेतना
कात्तिक १६, २०८१ शुक्रबार
हिन्दुराष्ट्र स्थापना जोगाउन राष्ट्रवादी शक्तिहरू एकजुट हुन आग्रह
कात्तिक १६, २०८१ शुक्रबार