तिहारमा माइती जाने महिलालाई युवाद्वारा निःशुल्क मोटरसाइकल सेवा
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार १२:३४:३५
१६ कात्तिक, खोटाङ । खोटाङका १० जना युवाले तिहारमा माइती जाने महिलालाई निःशुल्क मोटरसाइकल सेवा सञ्चालन गरेका छन् । यातायात सेवा नपाएर समस्यामा परेका महिलालाई सम्बन्धित स्थानसम्म पुर्याइदिनका लागि युवा समूहले अभियान चलाएका हुन् ।
अभियानका संयोजक सञ्जयकुमार राईले यातायात तथा खर्च अभावका कारण माइतीघर जान नपाएर समस्यामा परेका महिलालाई गन्तव्यसम्म पु¥याउने योजनासहित अभियान सुरु गरिएको बताए ।
“दशैंमा चार दिन अभियान सञ्चालन ग¥यौँ । उसबेला ७० जनाभन्दा बढीले सेवा पाएका थिए । ‘दशैं, तिहार चेलीलाई उपहार’ नाम दिएर सुरु गरिएको अभियानमा दश जना युवा जोडिएका छौँ । अझै जोडिने क्रम जारी छ”, उनले भने, “नेपालीहरूको दोस्रो ठूलो तथा महत्वपूर्ण चाड तिहारमा माइती घरसम्म पुग्न समस्या भएका चेलीहरूलाई निःशुल्क मोटरसाइकलमा पुर्याइदिने गरेका छौँ । माइती र चेलीको यो पर्वमा आर्थिक अवस्थाका कारण वा अन्य समस्याका कारण माइती घर जान नसक्ने अवस्था भएमा हामीलाई सम्पर्क गर्नुहोला ”
मध्यपहाडी लोकमार्गका सडकखण्ड तथा जिल्लाका विभिन्न ठाउँहरूमा सञ्चालित ग्रामीण सडकको ३५ किलोमिटरसम्म सेवा दिन सकिने युवा समूहले जनाएको छ । कात्तिक–१६ गते अर्थात् भोलि (शुक्रबार चेलीहरूलाई माइती घरसम्म पु¥याउने र १९ गते पुनः घरसम्म ल्याइदिने योजना बनाइएको संयोजक राईले बताए ।
सरकारी सेवासुविधा लिइरहेकाहरुलाई भने आफूहरूले सञ्चालन गरेको अभियानअन्तरगतका सेवा उपलब्ध नहुने समूहका सदस्य मोतिचन्द्र राईले जानकारी दिए । नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष एवं कराँते खेलाडी राईको संयोजकत्वमा सुरु गरिएको अभियानमा जिल्लाका विभिन्न क्षेत्रमा कार्यरत युवा सहभागी छन् ।
आफूहरूले कुनै स्वार्थ नराखी मानवीय सेवाभावले अभियान सञ्चालन गरेको युवा समूहले जनाएको छ । दश युवाले सुरु गरेको अभियानलाई जिल्ला तथा बाहिरका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले प्रशंसा गरिरहेका छन् ।
अभियानमा जोडिएर सेवा दिइरहेका मोटरसाइकल चालकलाई दित्तेल रत्नपार्कस्थित शुभम् क्याफेमा निःशुल्क खाना तथा खाजा खुवाउने व्यवस्था मिलाइएको शुभम् फाउण्डेशन खोटाङका प्रबन्ध/निर्देशक सूर्यबहादुर राईले बताए । यस्तै, महिला उद्यमी सङ्घ खोटाङका अध्यक्ष विमला राई, युवा व्यवसायी तथा जिल्ला ब्याडमिन्टन सङ्घ खोटाङका अध्यक्ष आशिष थापा लगायतका व्यक्ति तथा सङ्घ संस्थाले अभियानलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशमा जङ्गली हात्तीको उपद्रो बढ्दै, स्थानीय त्रासमा
पुष १७, २०८१ बुधबार
पच्चीस लाख खर्चेर सुन्दरहरैँचामा मौरीपालन
पुष १६, २०८१ मंगलबार
चिसो बढ्दै गएपछि सोलुखुम्बुमा आगो ताप्ने व्यवस्था
पुष १५, २०८१ सोमबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार