हिन्दुराष्ट्र स्थापना जोगाउन राष्ट्रवादी शक्तिहरू एकजुट हुन आग्रह
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार १३:५५:१२
![](https://nepalbahas.prixacdn.net/media/albums/hindu_ZMj8t5yvmK_Rs6HryWhSE.jpeg)
१६ कात्तिक, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी 'राप्रपा' का वरिष्ठ नेता पशुपति शमशेर जबराले मुलुक बनाउन र विकास गर्न आम नेपाली एकजुट हुनुपर्ने बताएका छन् । राष्ट्र रक्षार्थ, एकता, अभियान काठमाडौँले आयोजना गरेको चियापान तथा भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ नेता जबराले राष्ट्रलाई जोगाउन सबै एकजुट हुनुपर्ने बताएका हुन ।
उनले भने, ‘बुद्धको देश, विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देश, सीतामाताको देश र मुक्तिनाथ भएको देश हो, हामीले हाम्रो मुलुक जोगाउन एकजुट हुनुपर्छ ।’नेतृत्व तहमा इमान्दारिताको खडेरी भएको बताउँदै नेता जबराले भने ‘हामीसँग विकास गर्न सबै चिज छ, नभएको केही छैन तर नेतृत्व गर्ने तहमा इमान्दारिताको खडेरी छ । सबैले इमान्दारिता देखाउन जरुरी छ । ’
कार्यक्रममा राप्रपाका उपाध्यक्ष रविन्द्र मिश्रले ७८ वर्षका राजाले देशभरी राजसंस्थाको पक्षमा माहोल बनाउँदै जाने र हामी आफूलाई राजसंस्थावादी भन्नेहरूले हाम्रा स्वार्थ र अहंका कारण त्यो माहोल विगार्दै जाने काम भइरहेको बताए ।
‘देशभरी राजसंस्थाको पक्षमा माहोल हुँदा हामी किन त्यसलाई मुर्त रूप दिन सकिरहेका छैनौँरुराजस्थावादी पार्टी तथा समूहहरूले आत्मसमीक्षा गर्नुपर्ने समय आएको छ’, उनले भने । कार्यक्रममा बोल्दै विश्वको भूराजनीति जसरी बद्लिएको छ अब नेपालमा राजसंस्था आवश्यक रहेको देखिएको पनि बताए । उनले राजावादीहरु एक ठाउँमा आग्रह समेत गरे ।
कार्यक्रमपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्र रक्षार्थ एकता अभियान“द्वारा काठमाडौंमा आयोजित कार्यक्रम उत्साहजनक जनाउदै भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउन तथा संवैधानिक राजसंस्था र हिन्दुराष्ट्र स्थापना गर्न सम्पूर्ण राष्ट्रवादी शक्तिहरूलाई एकतावद्ध गर्ने कार्यमा राप्रपा नेपालको निशर्त सहयोग रहनेछ बताएका थिए ।
कार्यक्रममा राष्ट्र रक्षार्थ, एकता, अभियानका महासचिव अवकाश प्राप्त महासेनानी प्रकाशजंग कार्कीले नेताहरुको गल्तीले गर्दा विश्वसामू मेरो देश खोजी देउ भनेर भिख माग्नुपर्ने अवस्था आउने बताए । उनले सबै स्वार्थ छाडेर देश बचाउन आग्रह गरेका थिए । उनले राष्ट्र रक्षार्थ, एकता, अभियान कुनै पनि पार्टीसँग आवद्ध नभएको बताएका थिए । कार्यक्रममा संयोजक मिरा राणा लगायतका अभियन्ताहरुले आफ्नो धारणा राखेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार