काठमाडौं महानगरद्वारा ३५ बोरा प्लास्टिकका माला बरामद
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार १५:१३:१४
१६ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रयोगका लागि निषेध गरेको ३५ बोरा प्लास्टिकको माला बरामद गरेको छ । नगर प्रहरीले विभिन्न पसलबाट प्लास्टिकका माला बरामद गरेको कामपा नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।
कामपाले यही कात्तिक १४ गतेदेखि प्लास्टिकको माला, विदेशी फूलको प्रयोग र भण्डारणको अवस्थाबारे अनुगमन गरिरहेको छ । अनुगमनका क्रममा कोटेश्वरबाट ना ४ख ३१६८ नंको मालवाहक सवारीसाधनबाट विदेशी फूलका माला बरामद गरिएको पनि पाण्डेले बताए । कामपाले फूल व्यापारीलाई सहजताका लागि ४६ स्थानमा निःशुल्क स्वदेशी फूल बिक्री स्थान तय गरेको छ ।
कामपाले दिपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा यही कात्तिक १४ देखि १७ गतेसम्म चार दिनका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, विजनेस सेन्टरहरूमा किसानहरूलाई निःशुल्क स्थान उपलब्ध गराइएको छ ।
कामपाले गत वर्षबाट किसानलाई स्वदेशी फूल बिक्रीस्थल उपलब्ध गराउन थालेको हो । किसानलाई सहज होस् भनेर विभिन्न स्थानमा बिक्री स्थान तोकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसङ्खुवासभाको मकालुमा टिपर दुर्घटनाः दुई जना मजदुरको मृत्यु, दुई घाइते
कात्तिक १५, २०८१ बिहिबार
हराएका २५ दुई पाङ्ग्रे सवारी साधन धनीलाई हस्तान्तरण
कात्तिक १४, २०८१ बुधबार
कुनै प्रभावमा नपरी जनसेवामा खटिन महानिरीक्षक अर्यालको निर्देशन
कात्तिक १३, २०८१ मंगलबार
एआईजी बढुवा र अवकाशमा हुने राजनीतिक चलखेलः को को होलान् एआईजी र डीआईजी ?
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
मौसम विभाग भन्छ, भोलिदेखि भाइटीकासम्म पानी पर्छ
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
रुस–युक्रेन युद्धमा उत्तर कोरियाली सेना पुगेपछि अमेरिकाको चेतावनी
नेपालबहस संवाददाता
कात्तिक १४, २०८१ बुधबार
कैलालीमा तस्करी बढ्यो, आठ महिनासम्म एसपी पाण्डे मौन
कात्तिक १६, २०८१ शुक्रबार
आयल निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य
कात्तिक १५, २०८१ बिहिबार
सञ्चारमन्त्री भन्छन, प्रधानमन्त्री ओलीलाई पदबाट हटाउन एकथरी अभियान चलाइरहेका छन
कात्तिक १५, २०८१ बिहिबार
चाडपर्वको सामाजिकसँगै मानवीय महत्त्व छ : गृहमन्त्री लेखक
कात्तिक १६, २०८१ शुक्रबार
जापानमा साइकल चलाउँदा मोबाइल प्रयोग गर्नेलाई ६ महिनाको जेल सजाय
कात्तिक १६, २०८१ शुक्रबार
सद्भावको पर्व बन्दै छठ
कात्तिक १६, २०८१ शुक्रबार
किसानले सुकाएर राखेको अलैँचीको दाना
कात्तिक १६, २०८१ शुक्रबार
यू–१९ राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमको लगातार तेस्रो जित
कात्तिक १६, २०८१ शुक्रबार
एनपीएलका लागि जनकपुरले भित्र्यायो पाकिस्तानका बलिङ अलराउन्डर मोहसिन
कात्तिक १६, २०८१ शुक्रबार