उपमेयरका श्रीमानहरूले गिजोलिरहेका छन् महोत्तरीका स्थानीय तह, पदको नै दुरुपयोग
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार १७:२८:१०
•विशाल बस्नेत
१६ कात्तिक, महोत्तरी । स्थानीय सरकार संचालनमा मेयर/अध्यक्ष र उपमेयर/उपाध्यक्षका आफ्नै अधिकार क्षेत्र छन् । तर सरकार संरचना बनेर दुई कार्यकाल बितिसक्दा पनि अधिकार क्षेत्रको विषयमा स्पष्ट बन्न नसक्दा मेयर र उपमेयरबीचको द्वन्द्व स्थानीय तहमा उत्कर्षमा छ ।
यसका ज्वलन्त उदाहरणहरू महोत्तरीका स्थानीय तहमा बग्रेल्ती देखिन्छन् । जिल्लाका १४ स्थानीय तहमध्ये प्रायः पालिकाहरुमा एकै पार्टीबाट निर्वाचित भएका मेयर/उपमेयर छन् । तर कतै मेयरले अधिकार क्षेत्र अतिक्रमण गर्ने त कतै उपमेयरले मेयरको अधिकार खोज्ने वेमेलले विकासका काम मात्र हैन जनमानसमा चरम निराशा पैदा हुँदै गएको देखिएको छ ।
मेयर र उपमेयरको झगडाको मुख्य कारक भने उपमेयरका श्रीमानहरू छन् । आफ्नो स्वार्थसिद्वका लागि श्रीमतिहरुलाई निर्वाचित गराउने र मेयरसँगको सम्बन्धमा दरार पैदा गरेर व्यक्तिगत र राजनीतिक फाइदाको हतियार बनाउने गरेको विभिन्न क्रियाकलापहरूले पुष्टि गर्दै आएको छ ।
निक्कै आशा र अपेक्षा गरेर निर्वाचित गराइएको मेयर/उपमेयर झगडाले विकासमा कसरी प्रभाव पार्छ भन्ने उदाहरण जिल्लाको उत्तरवर्ति क्षेत्र गौशाला नगरपालिकाबाट सुरु हुन्छ । निर्वाचित भएको प्रारम्भदेखि नै झगडामा केन्द्रित मेयर दीपेन्द्र महतो र उपमेयर रेणु कुमारी महतो बीचको कलहले आन्तरिक राजश्वमा मात्र प्रभाव परेको छैन विकासका कामहरूमा समेत सुस्तता देखिएको छ । तर अचम्म लाग्दो त कहाँनिर छ भने उनको पनि स्वकीय सचिव श्रीमान् नै छन् । श्रीमान कै कारणले पनि मेयरसँग दरार पैदा भएको स्थानीयहरुको बुझाई छ ।
‘गौशाला नगरपालिकाको हकमा मेयर नै बढी दोषी देखिन्छन् । उनले उपमेयरको अधिकार अतिक्रमण गर्ने र आफूलाई नै सर्वश्रेष्ठ ठान्ने घमन्डले यो अवस्था सिर्जना भएको हो ।’ स्थानीय राम मगरले भने । ‘वास्तवमा गौशालामा ठुलो समस्या छ ।’
उनीहरू दुवै जना जसपाबाट निर्वाचित भएका हुन् । एकै पार्टीबाट निर्वाचित भएता पनि विकासका काममा उपमेयरको अनुगमन विना बजेट भुक्तानी गर्ने, राजश्व सम्बन्धि कार्यहरुमा मेयरले आफूखुसी गर्ने जस्ता विषयहरूले कलह सिर्जना हुँदै गएको स्थानियहरुको बुझाई छ । जिल्लामा नै सबैभन्दा बढी पढेलेखेकी र अधिकार क्षेत्र बुझेकी उपमेयर महतो मेयरले अधिकार क्षेत्रबाट विमुख बनाएपछि पटकपटक अदालतको सहारा लिएको र अदालतले उनकै पक्षमा फैसला सुनाएको समेत देखिन्छ ।
के-के छन उपप्रमुखका अधिकार क्षेत्र ?
स्थानीय सरकार संचालन ऐन २०७४ मा उपमेयरले न्यायिक संयोजक भई काम गर्ने, गैरसरकारी संघ, संस्थाहरुको समन्वय गर्ने, उपभोक्ता हित संरक्षण सम्बन्धी कामको समन्वय गर्ने, विकासका योजना तथा कार्यक्रमहरूको अनुगमन र सुपरिवेक्षण गरि त्यसको प्रतिवेदन तयार गर्ने, सभा र कार्यपालिकाद्वारा गठित समितिहरुको काममा सहजीकरण र समन्वय गर्ने, अध्यक्ष/पालिका प्रमुखको अनुपस्थितिमा अध्यक्ष/ पालिका प्रमुखको अधिकार क्षेत्रको समेत काम गर्ने जस्ता अधिकारहरू दिएको छ । तर ऐनले प्रदान गरेका अधिकार क्षेत्रका विषयमा जानकारी नराख्दा कतै उपमेयरहरु स्वयम् रुमलिरहने त कतै अधिकार क्षेत्र अतिक्रमण हुदा अधिकार कै लागि भएका लडाइले पालिकाहरुमा नियमित कामहरू नै निर्वाध रुपमा अगाडि बढ्न सकेका छैनन् ।
तर गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतो बाहेक अन्य पालिकाका उपमेयरहरुको कार्यशैली हेर्दा स्थानीय सरकार संचालन ऐन अन्तर्गत निकृष्ट गरेका अधिकारहरूको विषयमा जानकार नै नभएको स्पष्ट देखिन्छ ।
जिल्लाको दक्षिणी पालिकाहरुमा त झन उपमेयर/उपाध्यक्षको अवस्था निक्कै दयनीय छ । मनरासिसवा नगरपालिका केही महिना अगाडि उपमेयर शकुन्तला देवीले आफ्ना स्वर्गीय श्रीमानको तस्विर कार्यकक्षमा राखेको विषय निक्कै आलोचना भएको थियो । असाक्षर र सामान्य हस्ताक्षर गर्न समेत नसक्ने उपमेयर/ उपाध्यक्षहरूको अवस्थाले स्थानीय सरकारले जनतालाई अभिभावकत्व निर्वाह गर्ने विषयमा अझै आम मानिसमा संशय छ ।
पार्टीले अधिकांश उपमेयर/उपाध्यक्षहरूको कार्यक्षमतालाई मुल्यांकन नगरी उम्मेदवार बनाएका कारण पनि समस्या सिर्जना भइरहेको कतिपयको बुझाई छ ।
श्रीमानका भरमा चलेका छन् जिल्लाका सबैजसो पालिकाहरु
जिल्लाका प्राय: पालिकाहरुका उपप्रमुखहरूको अधिकार श्रीमान तथा नातेदारको नियन्त्रणमा छन् । उनीहरू आफ्नो स्वेच्छाले जिम्मेवारी निर्वाह गरेको कम नै देखिन्छ । श्रीमानबिना कुनै काम गर्न नसक्ने उपप्रमुखहरूले अधिकार मात्र हैन जिम्मेवारीलाई समेत रमिता बनाएको देखिन्छ ।
स्वर्गीय श्रीमानको स्मृतिमा पूजा गर्ने कार्यकक्ष समेत पालिका नै वनाएका उपप्रमुखहरुको कारणले पनि स्थानीय सरकारका गतिविधि रमिता बनिरहेको स्थानीय शिक्षक अनोज यादव बताउँछन् ।
यो रमिता जिल्लाको उत्तरवर्ती क्षेत्र बर्दिवासबाट नै सुरु हुन्छ । जिल्ला कै सुगम नगरपालिकाको रुपमा लिइने बर्दिवासमा उपमेयर श्रीमान् विष्णुदेव महतो हुन् की उपमेयरको निर्वाचित तारादेवी महतो हुन् भन्ने नयाँ मानिसहरूलाई ठम्याउन नै गाह्राे हुने स्थानीयहरूकाे भनाई छ ।
सामान्य लेखपढ गर्न सक्ने उपमेयर जुनसुकै कार्यक्रममा जाँदा पनि बिष्णुदेवलाई लिएर हिडने गर्दछिन । उपमेयरमा अधिकारको अनविज्ञता मात्र हैन विकासप्रतिको दृष्टिकोण समेत निक्कै कमजोर देखिन्छ । न्यायिक समितिको संयोजक देखि अनुगमनको विषयमा उपमेयर नै सर्वेसर्वा हुने अधिकार पाएका उपमेयरहरुको कमजोर प्रस्तुतिले पनि स्थानीय सरकार प्रतिको भरोसा न्यून बन्दै गएको कतिपयको विश्लेषण छ ।
श्रीमान् भएमा स्वकीय श्रीमान् बनाउने र नत्र देवर, छोरा, भतिजलाई बनाउने गरेको देखिएको छ । यतिसम्म की स्थानीय सरकार संचालन ऐनले स्वकीय सचिव राख्न नमिल्ने स्पष्ट व्यवस्था छ तर उनीहरुले आन्तरिक रुपमा कुनै पदमा नियुक्त गरेर स्वकीय सचिव वनाईरहेको समेत देखिन्छ ।
औरही नगरपालिकामा उपमेयरका देवर स्वकीय सचिवको रुपमा काम गर्ने गर्दछन् । हामीले उपमेयर रेणु झालाई यस विषयमा जिज्ञासा राख्दा स्वकीय सचिव नभई कुनै काम गर्दा सल्लाह मात्र लिने गरेको जिकिर गरिन ।
जिल्लाका अधिकांश गाँउपालिका तथा नगरपालिकामा उपमेयरको कार्यकक्ष, कार्यसम्पादन, जिम्मेवारी र अधिकारहरू श्रीमानहरूको नै नियन्त्रणमा रहेको देखिन्छ । स्वविवेकले कुनैपनि निर्णय लिन नसक्ने कारणले महिला उपमेयरहरुले आफूलाई विकास गर्न नसकेको पनि कतिपयको बुझाई छ ।
कहाँ कुन-कुन पार्टीबाट निर्वाचित भए ?
जिल्लाका १४ स्थानीय तहमध्ये धेरैजसो पालिकामा जसपा र लोसपाले जितेका पालिकाहरु छन् ।
एकडारा गाँउपालिकामा अध्यक्ष/उपाध्यक्ष दुवै जसपाबाट, औरही नगरपालिकामा प्रमुख/उपप्रमुख दुवै जना लोसपाबाट, गौशाला नगरपालिकामा दुवै जना जसपाबाट, जलेश्वर नगरपालिकामा दुवै जसपाबाट, पिपरा गाउँपालिकामा जसपाबाट, बर्दिबास नगरपालिकामा नेपाली कांग्रेसको वागी उम्मेदवार, बल्वा नगरपालिकामा प्रमुख लोसपाबाट, उपप्रमुख कांग्रेसबाट, भंगाहा नगरपालिकामा पनि प्रमुख लोसपाबाट, उपप्रमुख कांग्रेसबाट, मटिहानी नगरपालिकामा प्रमुख/उपप्रमुख दुवै जना लोसपाबाट, मनरासिसवा दुवै जना कांग्रेसबाट, महोत्तरी गाउँपालिकामा अध्यक्ष तमलोपाबाट उपाध्यक्ष जसपाबाट, रामगोपालपुर नगरपालिकामा प्रमुख/उपप्रमुख दुवै जना नेकपा एमालेबाट, लोहारपट्टी नगरपालिकामा दुवै जना कांग्रेसबाट, सम्सी गाउँपालिकामा दुवै जना जसपाबाट र सोनामा गाउँपालिकामा दुवै जना लोसपाबाट निर्वाचित भएका हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपविभिन्न कार्यक्रम आयोजना गरी विश्व माटो दिवस मनाइँदै
मंसिर २०, २०८१ बिहिबार
महानगरको टोलीले भाटभटेनी सुपरमार्केटबाट निकाल्यो खान नमिल्ने नरिवल, ढुसी परीक्षण हुँदै
मंसिर १९, २०८१ बुधबार
कीर्तिपुरमा एमाले भन्दा कांग्रेस ५७२ मतले अगाडि
मंसिर १७, २०८१ सोमबार
प्रहरी प्रवक्ता कार्कीको धम्कीपूर्ण खण्डन (खण्डन पत्रसहित)
नेपालबहस संवाददाता
मंसिर २०, २०८१ बिहिबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
नेपालबहस संवाददाता
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा जिग्मेले स्वयम्भू र बौद्धको दर्शन गर्ने, औपचारिक भेटघाट नगर्ने
नेपालबहस संवाददाता
मंसिर २०, २०८१ बिहिबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
प्रहरी प्रवक्ता कार्कीको धम्कीपूर्ण खण्डन (खण्डन पत्रसहित)
मंसिर २०, २०८१ बिहिबार
भुटानका राजा जिग्मेले स्वयम्भू र बौद्धको दर्शन गर्ने, औपचारिक भेटघाट नगर्ने
मंसिर २०, २०८१ बिहिबार
धुम्बाराहीबाट गृहमन्त्री लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै ठगी गर्ने पक्राउ
मंसिर २०, २०८१ बिहिबार
नेपाल प्रहरीमा १ हजार २२३ जनाका लागि नयाँ भर्ना खुल्यो
मंसिर २१, २०८१ शुक्रबार
मधेशको मिथिलाञ्चल क्षेत्र उत्सवमय
मंसिर २१, २०८१ शुक्रबार
लुम्बिनी विरुद्ध पोखराको पहिलो जित
मंसिर २१, २०८१ शुक्रबार
चिसो बढेसँगै बेँसी झर्न थाले भेडाबाख्रा
मंसिर २१, २०८१ शुक्रबार
दक्षिण कोरियाको सियोलमा शनिबार दुई लाख प्रदर्शनकारी सडकमा उत्रिने
मंसिर २१, २०८१ शुक्रबार
भरतपुर अस्पतालमा उपचारसँगै योग कक्षा सञ्चालनमा
मंसिर २१, २०८१ शुक्रबार