निमिशा, ममिषा र प्रज्ञानले जिते ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को उपाधि
नेपालबहस संवाददाता
कात्तिक १६, २०८१ शुक्रबार १८:५:२२
१६ कात्तिक, इटहरी । ‘मिस्टर एण्ड मिस लिटिल पुर्बेली’को ग्राण्ड फिनाले सम्पन्न भएको छ । १४ गते बुधबार इटहरीको लायन्स क्लबको प्राङ्गणमा आयोजना गरिएको ग्राण्ड फिनालेबाट मिस लिटिल पुर्बेली तर्फ निमिशा आचार्य, मिस लिटिल किड्स तर्फ ममिषा चौधरी र मिस्टर लिटिल पुर्बेली तर्फ प्रज्ञान शाक्यले उपाधी चुम्न सफल भए ।
विजेताहरुले ३०-३० हजार नगदसहित आकर्षक पुरस्कार प्राप्त गरेका छन् । ग्लोबल ड्रीम्स म्यानेजमेन्ट प्राली र ओपन स्पेस प्रालीको संयुक्त आयोजना रहेको प्रतियोगिताको फाइनलमा ५५ जना बालबालिकाले सहभागी जनाएका थिए ।
ग्रान्ड फिनालेबाट प्रतियोगिताको मिस लिटिल पुर्बेली तर्फ निजा आचार्य फर्स्ट रनरअप, सेल्मा नर्साल तामाङ सेकेन्ड रनरअप र गृष्मा कटवाल अर्गनाइजर च्वाइक बन्न सफल भइन् । यता मिस लिटिल किड्स तर्फ श्रेया लिम्बू फर्स्ट रनरअप बन्दा अस्मिका खड्का सेकेन्ड रनरअप बन्न सफल भईन् भने प्रिन्सा खत्री अर्गनाइजर च्वाइस बनिन् ।
यस्तै मिस्टर लिटिल पुर्बेली तर्फ आषिक बस्नेत फर्स्ट रनरअप बन्न सफल भए भने ग्राण्ड फिनालेबाट सन्जिब श्रेष्ठ सेकेन्ड रनरअप र प्रतीक थापा अर्गनाइजर च्वाइस बन्न सफल भएका छन् ।
मिस्टर एण्ड मिस लिटिल पुर्बेलीको ग्रान्ड फिनालेमा मोडल रुषा न्यौपाने, मिस्टर नेपाल २०२४ का फर्स्ट रनरअप आदेश प्रधान, डाक्टर शोभा गुप्ता र उद्धमी रक्तिम जोय निर्णायकको रुपमा रहेका थिए । यो प्रतियोगिताको पहिलो अडिसनमा ८० र दोश्रो अडिसनमा ५० जना बालप्रतिभाको सहभागिताबाट यो छनोट गरिएको थियो । प्रतियोगिताको कोरियोग्राफी सुभेक्षा कार्कीले गरेकी थिइन् ।
उनी लगायत अन्य प्रशिक्षकहरुले प्रतियोगीहरूलाई र्याम्प वाल्क, व्यक्तित्व विकास, बोल्ने शैली, प्रश्नोत्तर क्षमता र योगाको प्रशिक्षण तालिम अवधिमा दिएका थिए । ग्राण्ड फिनालेको सहयोगीमा रोयल रिसोर्ट, सिनेसुत्र न्युज, युथ डेभलपमेन्ट सेन्टर, शान्ती पार्टी प्यालेस र जम्प एरिना रहेका छन् भने कार्यक्रमको मिडिया कोअर्डिनेटर सुवास संकल्प श्रेष्ठ हुन् ।
मिस्टर एण्ड मिस लिटिल पुर्बेलिको मिडिया पार्टनर परिकला न्युज, फोटो तथा भिडियोग्राफी बज क्रीयसन, वार्ड्रप पार्टनर निधि बुटिक, मकेअप पार्टनर मार्टिना मेकअप स्टुडियो, क्यालेन्डर पार्टनर हाम्रो पात्रो र भोटिङ पार्टनर एभिन्टोज रहेको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाउदी अरबमा फेसन शो, धर्मगुरु र कट्टरपन्थीको विरोध
मंसिर ४, २०८१ मंगलबार
'मिस विभा २०२४' को ताज प्रेमा लामगाढेलाई
भदौ २७, २०८१ बिहिबार
मोडल हन्टको विजेता बने हिमाञ्चल, टिना, आर्यन सोनी चौधरी र सिमरन
साउन २७, २०८१ आइतबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार