सर्लाहीको बरहथवा बजारमा आगलागी, तीन करोड बराबरको सम्पत्ति जलेर नष्ट
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार १०:४४:३२
१७ कात्तिक, रौतहट । सर्लाही जिल्लाको बरहथवा बजारमा गएराति भएको भीषण आगलागीबाट करिब तीन करोड बराबरको भौतिक सम्पत्ति नष्ट भएको छ । स्थानीय किसुन दासको घरमा सञ्चालित विभिन्न व्यापारिक पसलमा आगलागी भएको हो, जसबाट दर्जनौं पसलमा ठूलो क्षति पुगेको छ ।
बरहथवा नगरपालिका–७ स्थित घटनास्थलमा नरेश साहले सञ्चालन गर्दै आएको राजवीर होलसेल किराना पसल, विजय दासको आलु भण्डार तथा सरोज राउत कुर्मीको कपडा सिलाउने पसलमा व्यापक क्षति पुगेको प्रहरीले जनाएको छ ।
विशेषगरी साहको किराना पसलमा दशैं–तिहारको पर्वलाई मध्यनजर गर्दै धेरै सामानको भण्डारण गरिएकोले त्यहाँ बढी नोक्सानी भएको प्रारम्भिक विवरण प्राप्त भएको छ। इलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी गौतम थापाका अनुसार आगलागीबाट करिब तीन करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।
आगलागी राति करिब ११ः३० बजेतिर शुरु भएको थियो, जुन नियन्त्रणमा लिन दुई घण्टाभन्दा बढी समय लागेको थियो। स्थानीय बासिन्दा, सुरक्षाकर्मी र हरिवन नगरपालिकाको दमकलको सहयोगमा करिब राति २ बजेतिर मात्रै आगो नियन्त्रणमा लिन सकिएको थियो। स्थानीय र प्रहरीको समयमै प्रयास भए पनि तीव्र आगलागीका कारण क्षति रोक्न गाह्रो भएको थियो ।
अहिलेसम्म आगलागीको ठ्याक्कै कारण भने खुलेको छैन। स्थानीयहरुका अनुसार सम्भवतः विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ, तर यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। आगलागीबाट प्रभावित व्यापारीहरु अहिले ठुलो आर्थिक संकटमा परेका छन् र उनीहरुले सहयोगका लागि स्थानीय प्रशासन र सरकारी निकायसँग आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपशुक्रबार साँझदेखि अधिकांश स्थानमा हिमपात र वर्षाको सम्भावना
पुष ११, २०८१ बिहिबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
नौ सय ५० विपन्न परिवारलाई चुलो वितरण
पुष १०, २०८१ बुधबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार