प्रधानमन्त्री ओलीलाई देउवाको सुझाव, १०० दिनमा राम्रा काम सुरु गर्नु भएको छ, आलोचनाबाट नडराउनू
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार १४:३२:४४
१७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सय दिनमा निकै राम्रो काम भएको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आलोचनाबाट नडराउन सुझाव दिएका छन् । कांग्रेस भक्तपुरले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सभापति देउवाले लोकतन्त्रमा सरकारका विरुद्ध आलोचना हुनु स्वभाविक भएको भन्दै सरकारको सय दिनमा निकै राम्रो काम भएको उल्लेख गरे ।
देउवाले सरकार अन्य पार्टीले गरेको आलोचनाबाट डराउन नहुने बताए । उनले प्रजातन्त्रमा आलोचनालाई स्वभाविक रुपमा लिन सुझाव दिएका हुन् । ‘प्रजातन्त्रमा आलोचना हुने स्वभाविक कुरा हो । अरु पार्टीहरुले उहाँलाई आलोचना गरेका छन्, त्यसलाई खराब मान्ने कुरा छैन’, सभापति देउवाले भने, ‘आलोचनाहरु पनि गम्भीरताका साथ तथ्यपरक भएर अहिलेको सरकारले ध्यान दिनेछ । यो कुरामा ओलीजीलाई इन्करेज गर्नेछु, उत्साहित गराउनेछु ।’
सभापति देउवाले अहिले संयुक्त सरकार बनेको र यो सरकारप्रति देशभरका पार्टी कार्यकर्ताहरु सन्तुष्ट रहेको आफूले पाएको पनि बताए । ‘मैले बुझेअनुसार देशभरकै पार्टीका साथीहरु अहिले खुसी छन्’, उनले भने, ‘उहाँहरुको चाहना पनि यो सरकारलाई पूरा समयसम्मका लागि सफल पार्नका लागि सबै साथीभाइले मलाई पनि भनिराख्याछन् ।’
गठबन्धनमा कुनै समस्या आए कांग्रेस त्यसको समाधानका लागि तयार रहेको समेत बताए । उनले अगाडि भने, ‘समस्याविहीन समाज छैन, समस्याविहीन ठाउँ छैन भने ठूला पार्टीमा आउने झन् समस्या हुन्छन् । त्यसकारण समस्या समाधान गर्न हामीहरु लाग्नुपर्छ । हाम्रो पार्टीबाट त्यसका लागि कुनै पनि अवरोध हुने छैन ।’
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
मानव बेचबिखनविरुद्धकी अभियन्ता ‘टिप हिरो’ सुनिता दनुवारको निधन
पुष ८, २०८१ सोमबार
झापा कपः उपाधिका लागि आज चर्च ब्वाइज र एनआरटी भिड्दै
पुष ८, २०८१ सोमबार
व्यवसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
पुष ८, २०८१ सोमबार
ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
पुष ८, २०८१ सोमबार
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ निःशुल्क सेवा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस
पुष ८, २०८१ सोमबार