गाजामा पोलियो खोप अभियानको तेस्रो चरण आजबाट सुरु
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार १६:५२:२४
१७ कात्तिक, काठमाडौं । उत्तरी गाजामा पहुँचको अभाव, तीव्र आक्रमण र पटक–पटकको निकासी आदेशका कारण गत अक्टोबर बाट स्थगित भएको पोलियो खोप अभियानको तेस्रो चरण आजबाट सुरु भएको विश्व स्वास्थ्य संगठन 'डब्लुएचओ' ले जनाएको छ ।
डब्लुएचओ र संयुक्त राष्ट्रसंघीय बाल कोष 'युनिसेफ' ले जारी गरेको संयुक्त विज्ञप्तिमा अनुसार परिवारलाई आफ्ना बच्चाहरूलाई खोपका लागि सुरक्षित रूपमा ल्याउन र अभियान गतिविधिहरू आयोजना गर्न असम्भव भए पछि अभियान स्थगित भएको थियो ।
हाल अभियान सञ्चालनका लागि आवश्यक तयारी सुनिश्चित गर्दै सुरु गरेको जनाइएको छ । गाजामा गत सेप्टेम्बर मा सञ्चालन गरिएको खोपको पहिलो चरणको तुलनामा अभियानको क्षेत्र घटाइ हाललाई गाजा सहरमा मात्र सीमित रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जबालिया, बेत लाहिया र बेत हानुनलगायतका गाजाका सहरहरूमा दस वर्ष मुनिका करिब १५ हजार दुर्गम बालबालिकाहरु अभियानबाट छुटेका छन् । पोलिओ भाइरसको सङ्क्रमण रोक्न प्रत्येक समुदाय र छिमेकका कम्तिमा ९० प्रतिशत बालबालिकाले खोप लगाउनु पर्ने आवश्यकता रहेको जनाइएको छ ।
गाजाका बालबालिकामा पहुँचको अभाव भए पनि गाजाका लागि पोलियो प्राविधिक समितिले अभियान पुनस् सुरु गर्ने निर्णय गरेको छ । यसको उद्देश्य पोलियो खोप सकेसम्म धेरै बच्चाहरूसम्म पुगाई जोखिमलाई कम गर्नु र गाजाका अन्य भागबाट गाजा शहरमा आएकाहरुलाई खोप लगाउने अवसर प्रदान गर्नु रहेको जनाइएको छ ।
अभियानले मध्य र दक्षिणी गाजामा दोस्रो चरणको पहिलो दुई चरणहरूको सफल कार्यान्वयन गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
न्यु अर्लिन्स आक्रमणप्रति विश्वव्यापी निन्दा र समवेदना
पुष १८, २०८१ बिहिबार
पाकिस्तान : लाहोर विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार