स्पेनमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या २११ पुग्यो, प्रभावित क्षेत्रमा थप १० हजार सैनिक पठाइयो
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार १८:३५:४२
१७ कात्तिक, भ्यालेन्सिया, स्पेन । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बाढीका कारण प्रभावित पूर्वी भ्यालेन्सिया क्षेत्रमा थप १० हजार सैनिक र प्रहरी अधिकारी खटाइने शनिबार बताएका छन् । भ्यालेन्सिया र वरपरका क्षेत्रमा गरी बाढीका कारण २११ जनाको मृत्यु भएको पुष्टि भएसँगै प्रधानमन्त्री साञ्चेजले थप सेना र प्रहरीलाई बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि पठाउने घोषणा गरेका हुन् ।
दशकौँ यताकै सबैभन्दा घातक यस प्रकारको विपत्तिका कारण पानीमा डुबेका शहरहरू र भत्किएका पूर्वाधारहरूबाट जीवित व्यक्तिहरू भेट्टाउने आशा क्षीण भएको छ । सान्चेजले एक टेलिभिजन सम्बोधनमा यो विपत्ति युरोपमा यस शताब्दीको दोस्रो सबैभन्दा घातक बाढी भएको र राहत कार्यका लागि सुरक्षा बलमा ठूलो वृद्धि भएको घोषणा गरेका छन् । भ्यालेन्सिया क्षेत्रका नेताले थप पाँच हजार सैनिकका लागि गरेको अनुरोधलाई सरकारले स्वीकार गरेको र थप सैनिक र प्रहरी तैनाथ गर्ने जानकारी दिएको सान्चेजले बताएका छन् ।
उनले भने, “केही दिनदेखि खाद्यान्न, पानी र बिजुलीबाट बञ्चित भएका ध्वस्त शहर र गाउँहरूमा सुव्यवस्था पुनस्र्थापित गर्नु र सहायता वितरण गर्नु प्राथमिकताको विषय हो।” अधिकारीहरू बाढी आउनुभन्दा पहिले चेतावनी प्रणालीको पर्याप्तताको कारण आलोचनामा परेका छन् भने केही पीडित बासिन्दाहरूले विपत्तिको प्रतिक्रिया धेरै ढिलो भएको गुनासो गरेका छन्।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
अदालतले म्याद थप नगरेपछि रिहा भए निकोलस भुसाल
पुष ८, २०८१ सोमबार
क्रिसमसमा राक्सिराङ गाउँपालिकामा २ दिन सार्वजनिक बिदा
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
झापा कपको उपाधि चर्च ब्वाइजलाई
पुष ८, २०८१ सोमबार
रोजगारी प्रवर्द्धनका लागि बन्दीपुरमा श्रम बैंक
पुष ८, २०८१ सोमबार
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
पुष ८, २०८१ सोमबार