वीरगञ्ज कारागारको खानेपानी र शौचालय सुधार्छौं : मन्त्री यादव
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार १८:४६:१७
१७ कात्तिक, पर्सा । खानेपानीमन्त्री प्रदीप यादवले समाजका हरेक नागरिकलाई आधारभूत सुविधा र सम्मानजनक वातावरण प्रदान गर्नु राज्यको दायित्व भएको बताएका छन् । मन्त्री यादवले आज यहाँ कारागार कार्यालय वीरगञ्जको निरीक्षण गर्दै कैदी बन्दीहरुको जीवनस्तर र भौतिक पूर्वाधारको सुधारमा सरकारले ध्यान दिने बताए ।
“कैन्दीबन्दीसँगको छलफलको क्रममा शौचालय र खानेपानीको समस्याको विषयमा अवगत गराएका छन् । यी दुवै काम खानेपानी मन्त्रालय मातहत पर्ने भएकाले सोको आवश्यक व्यवस्थापन गर्नका लागि निर्देशन दिएको छु, उनले भने, ‘‘कारागारमा क्षमताभन्दा धेरै कैदीबन्दी, जीर्ण पूर्वाधार र विद्युतको समस्याको विषयमा भने सम्बन्धित निकायको ध्यानाकर्षण गराउनेछु ।”
वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले कारागार सुधार गर्नका लागि महानगरले आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । “महानगरले महिला कैदीबन्दीहरुको स्वास्थ्य र सरसफाइलगायत आधारभूत आवश्यकता पूरा गर्नका लागि सहजीकरण गर्नेछ,” उनले भने ।
पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले पनि प्रहरीको जिम्मेवारी सुरक्षाको साथसाथै कैदीहरुको मानवअधिकारको प्रत्याभूति गराउने रहेको जानकारी दिए । कारागार कार्यालय वीरगञ्जका निमित्त प्रमुख विनय श्रीवास्तवले कारागारको विषयमा आवश्यक जानकारी गराएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार