अमित शाहले शिख पृथकतावादीहमाथि आक्रमण गर्न अनुमति दिएको क्यानडाको दावी, आरोप आधारहीन भएको भारतीय भनाइ
नेपालबहस संवाददाता
कात्तिक १७, २०८१ शनिबार २१:२६:८
१७ कात्तिक, नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सबैभन्दा विश्वासपात्र तथा भाजपा नेता अमित शाहलाई ओटावाले क्यानडाको भूमिमा क्यानेडियाली शिख धर्मावलम्बीमाथि आक्रमण गर्न अनुमति दिएको आरोप लगाएको छ । गृहमन्त्रीका रूपमा देशको आन्तरिक सुरक्षा बलको रेखदेख गर्ने शाहको बचाउ गर्दै नयाँ दिल्लीले शनिबार उक्त आरोपलाई ‘बेतुकको आधारहीन’ दावी भएको बताएको छ ।
भाजपामा मोदीपछिको दोस्रो शक्तिशाली व्यक्ति ६० वर्षीय शाहले दशकौँसम्म पार्टीमा एक वफादार नेताका रूपमा सेवा गरेका छन् । यद्यपि, भाजपा र उनका आलोचकहरूले शाहले कुनै समय शृङ्खलाबद्ध हत्याको योजना बनाएको आरोप पनि लगाउने गरेका छन् । मोदी र शाहबीचकोस्थायी साझेदारीले उनीहरूको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को हिन्दू–राष्ट्रवादी विश्वदृष्टिकोणलाई बलियो बनाएको छ।
मोदीलाई भाजपाको पछाडि जनतालाई परिचालन गर्ने चामत्कारिक अग्रनेता मानिन्छ भने शाहलाई अधीनस्थहरूलाई लाइनमा राख्ने प्रवर्तनकर्ताको रूपमा हेरिन्छ। “पार्टीमा अहिले नरेन्द्र मोदी र २० वर्षभन्दा बढी समयदेखि मोदीको विश्वासपात्र (दाहिने हात) अमित शाहको पनि पूर्ण प्रभुत्व छ,” राजनीतिशास्त्री तथा भारतका विज्ञ क्रिस्टोफ जाफरलोटले भनेका छन् ।
दुवै जनाले आफ्नो राजनीतिक जीवन पश्चिमी राज्य गुजरातको सबैभन्दा ठूलो शहर अहमदाबादबाट सुरु गरेका थिए । गुजरातमा मोदीले आफूभन्दा १४ वर्ष कान्छा शाहलाई पार्टीमा आफ्नो अभिन्न अङ्गका रूपमा लिएका थिए । सन् २००२ मा स्वतन्त्र भारतको इतिहासमा सबैभन्दा खराब धार्मिक हिंसाको चपेटामा परेको बेला मोदी गुजरातका मुख्यमन्त्री थिए भने शाह सांसद थिए ।
उक्त बर्ष दर्जनौँ हिन्दू तीर्थयात्रीको ज्यान जाने गरी रेलगाडीमा आगलागी भएको घटनापछि भड्केको धार्मिक हिंसामा कम्तीमा एक हजार मानिसको मृत्यु भएको थियो। झडपमा मृत् हुनेमा अधिकांश मुश्लिम धर्मावलम्बी रहेका थिए भने यसका लागि भारतीय यिनै दुई नेता जिम्मेवार रहेको उनीहरूका आलोचकले दावी गर्ने गरेका छन् ।
मोदीमाथि अशान्ति मच्चाउन मद्दत गरेको र प्रहरी हस्तक्षेपको आदेश दिन असफल भएको आरोप लगाइएको थियो तर उनले उक्त आरोप निराधार रहेको भन्दै खण्डन गरेका थिए । सोही आरोपका कारण उनलाई वर्षौंसम्म संयुक्त राज्य अमेरिका र बेलायतमा प्रवेश गर्न प्रतिबन्ध लगाइएको थियो। तर भाजपाले त्यस वर्षको गुजरात चुनावमा भारी मतान्तरले जितेको थियो । मोदीले शाहलाई राज्यको शक्तिशाली गृह मन्त्रालयमा नियुक्त गरेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
न्यु अर्लिन्स आक्रमणप्रति विश्वव्यापी निन्दा र समवेदना
पुष १८, २०८१ बिहिबार
पाकिस्तान : लाहोर विश्वको सबैभन्दा प्रदूषित सहरको सूचीमा
पुष १८, २०८१ बिहिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार