अमेरिका–मेक्सिको सीमामा छुट्टिएका करिब २०० परिवार वार्षिक कार्यक्रममा छोटो समयका लागि पुनर्मिलन
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार १८:४८:८
१८ कात्तिक, मेक्सिको । अमेरिका–मेक्सिको सीमाको एक क्षेत्रमा शनिबार करिब दुई सय परिवार भावुक तर छोटो पुनर्मिलनका लागि भेला भए । विपरीत मुलुकहरूमा बस्ने उनीहरूले त्यहाँ वर्षौंदेखि नभेटेका आफन्तहरूलाई भेटे ।
मेक्सिकाली परिवारहरूलाई अमेरिकामा बसाइँ सरेका आफन्तहरूसँग सीमामा केही मिनेटका लागि पुनर्मिलन गर्न अनुमति दिइँदा धेरैको आँसु बगे र मानिसहरूले अङ्कमाल गरे । वयस्क र बालबालिकाहरूले आफ्ना प्रियजनहरूलाई भेट्न रियो ग्रान्डे नदी पार गरेका थिए ।
यस वर्ष आप्रवासी अधिकार अभियान समूहद्वारा आयोजित वार्षिक कार्यक्रम अमेरिकी राष्ट्रपति चुनावभन्दा तीन दिनअघि भएको थियो । निर्वाचनको महिनौँ लामो प्रचारमा आप्रवासन र सीमा सुरक्षामा धेरै ध्यान केन्द्रित गरिएको छ । पुनर्मिलन कार्यक्रम आप्रवासी अधिकारको रक्षा नेटवर्कका अनुसार बढाइएको सुरक्षाका बीच सम्पन्न भएको थियो ।
“हाम्रो समुदायमा काँडेतार थिएन, यति धेरै सैनिकहरू तैनाथ थिएनन्”, गत दशकदेखि पुनर्मिलन सुरु भएयता सीमामा आएका सुरक्षा परिवर्तनहरूलाई उजागर गर्दै संस्थाका निर्देशक फर्नान्डो गार्सियाले भने, “परिवारहरूले यो कार्यक्रम गर्न सकून् भनेर काँडेतार खोल्नु परेको थियो ।”
गार्सियाले मङ्गलबारको चुनावमा जसले जिते पनि अमेरिकातर्फको आप्रवासन जारी रहने अपेक्षा गरेका छन् । उनले पारिवारिक पुनर्मिलन पनि जारी रहने बताए । “निर्वासन नीति, सीमा नीति, आप्रवासन नीतिले परिवारहरूलाई असाधारण तरिकाले विभाजित गरिरहेको छ र यी परिवारहरूमा गहिरो प्रभाव पारिरहेको छ”, उनले कार्यक्रमअघि पत्रकारहरूलाई बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाली राष्ट्रपतिलाई दोस्रो पटक सम्मान जारी
पुष ८, २०८१ सोमबार
जोर्डनका विदेशमन्त्री र सिरियाली नयाँ नेताबीच समसामयिक विषयमा छलफल हुने
पुष ८, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
तरकारीखेतीको आम्दानीबाट जीविकोपार्जन गर्दै कुशाहाका दलित समुदाय
पुष ९, २०८१ मंगलबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार