प्रतिकूल मौसमका कारण आन्तरिक उडान अवरुद्ध !
इन्द्र रिजाल
बैशाख २०, २०७६ शुक्रबार २१:३९:३१
काठमाडौं । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान अवरुद्ध भएको छ ।अन्तर्राष्ट्रिय उडानका केही जहाजसमेत आकासमा फन्को लगाउने ‘होल्ड’ भएको विमानस्थलले जनाएको छ ।
विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपालगञ्ज र सुर्खेतका लागि उडेका बुद्ध एयरका जहाज मौसम खराबीका कारण पुनःकाठमाडौं फर्किएको छ ।
त्यस्तै, श्रीएयरलाइन्सको जहाज पनि फर्केको छ । अन्तर्राष्ट्रियतर्फ एयर बङ्गलाको जहाज करीब आधा घण्टा होल्ड भएको थियो । भैरहबादेखि पश्चिम क्षेत्रका अधिकांश उडान प्रभावित भएका छन् ।
विमानस्थलमा सामान्यतया दुई नियमअनुसार जहाज उडान–अवतरण गरिन्छ । एउटा भिजुअल फ्लाइट रुल ‘भिएफआर’ र अर्को इन्स्ट्रयुमेन्टल फ्लाइट रुल ‘आइएफआर’ ।
सामान्य अवस्थामा भीएफआर नियमबाट उडान अवतरण गरिन्छ । यस नियमअनुसार काठमाडौँमा भिजिबिलिटी ५ हजार मिटर आवश्यक पर्छ । यो समाचार तयार पार्दासम्म ‘दिउँसो २ बजे’ विमानस्थलको सेवा सामान्य अवस्थामा आइसकेको प्रवक्ता तिवारीले बताए ।
राष्ट्रिय आपतकालीन केन्द्रको अपिल
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रले शनिबारसम्मका लागि हेलिकप्टर उडान नगर्न सार्वजनिक अपिल गरेको छ ।
केन्द्रले आज एक सूचना जारी गर्दै पूर्वी हिमाली क्षेत्रमा ठूलो हिमपात हुनसक्ने हुँदा सो क्षेत्रमा अहिले देखिनै भोलि दिनभरसम्म हेलिकप्टर उडान नगर्न नगराउन र पर्यटक एवं यात्रुले सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।
भारतमा आएको फानी चक्रवातले नेपालको पूर्वी भाग पनि नराम्ररी प्रभावित हुने भन्दै केन्द्रले सतर्कता अपनाउन आग्रह गरेको हो । भारतमा बिहानैदेखि प्रतिघण्टागति १७५ किमिमा फानी चक्रवात चलिरहेको र आज अपराह्न ३ बजेदेखि उक्त चक्रवातले नेपालका पूर्वी जिल्लामा पनि प्रभाव पार्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले चक्रवात ‘फानी’ बारे विशेष बुलेटिन निकालेर हाल बङ्गालको खाडीमा उडिसाको तटीय क्षेत्र नजिकै अवस्थित रहेको र उक्त प्रणाली भारतको उडिसाको तटीय क्षेत्रमा मध्यान्हतिर भित्रिने सम्भावना रहेको छ ।
यो प्रणाली उत्तर–पूर्व दिशातर्फ जाने क्रममा कमजोर बन्दै जाने बताइएको छ । उक्त चक्रवात नेपाल तर्फ आउने सम्भावना नदेखिए पनि यसको प्रभाव नेपालको पूर्वी र मध्यक्षेत्रमा आज र भोलि शनिबारसम्म मौसम प्रभावित भई पूर्वी र मध्यका धेरै स्थानमा मेघगर्जन÷चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा हुने तथा एक दुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याइएको छ ।
पर्यटन विभागले सतर्क गरायो
पर्यटन विभागले पनि पर्यटक र पर्यटकीय व्यवस्थापन गर्ने एजेन्सीलाई स्थानीय मौसमको ख्याल गरी सोही अनुरुपको व्यवस्था मिलाउन र सुरक्षित स्थानमा रहन आग्रह गरेको छ ।
‘मुलुकका विभिन्न क्षेत्रमा भ्रमणमा रहेका तथा पर्वतारोहणका लागि विभिन्न हिमाली क्षेत्रमा गएका पर्यटकलाई व्यवस्थापन गर्ने एजेन्सीहरुले स्थानीय मौसमको ख्याल गरी सुरक्षित स्थानमा राख्ने तथा कुनै क्षति हुन नदिने प्रबन्ध गर्नु÷गराउनु भई नेपालको पर्यटन क्षेत्र सुरक्षित र विश्वसनीय रहेको सन्देश प्रवाहमा सहयोग गर्नुहुन अनुरोध छ’ विभागका निर्देशक मीरा आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपकालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
मंसिर ९, २०८१ आइतबार
विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम सुरु, सवा १७ अर्ब लगानी
मंसिर ६, २०८१ बिहिबार
पोखरेबगर–चित्रे सडक मर्मत नहुँदा पर्यटकलाई सास्ती
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
रवि लामिछानेलाई चौथोपटक म्याद थपका लागि आज कास्की अदालत उपस्थित गराइँदै
मंसिर ९, २०८१ आइतबार
कस्तो छ आजको तरकारी भाउ ?
मंसिर ९, २०८१ आइतबार
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
मंसिर ९, २०८१ आइतबार
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
मंसिर ९, २०८१ आइतबार
भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा
मंसिर ९, २०८१ आइतबार
पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार
मंसिर ९, २०८१ आइतबार