भूपेन्द्रको निर्देशनमा 'बुकि फुल' सार्वजनिक
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार १२:२:३८
१९ कात्तिक, काठमाडौं । इटहरी मोरङको बेलबारीमा स्थापना भएर चर्चा बटुल्दै गैरहेको द्रब्य ब्याण्डले आफ्नो नयाँ गीत ‘बुकि फूल’ सार्वजनिक गरेको छ ।
कार्तिक १४ गते बेलबारी महोत्सवमा एक विशेष कार्यक्रम आयोजना गर्दै यो गीतको भिडियो सार्वजनिक गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथीको रुपमा रहेका कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी चन्द्र कुबेर खापुङले रिमोट थिचेर भिडियो सार्वजनिक गरेका थिए ।
‘बुकि फूल’को शब्द तथा संगीत मविन्द्र राईले तयार गरेका हुन् भने टिकाहाङ लिम्बूले स्वर दिएका छन्, उनी सो ब्याण्डका भोकलिष्ट हुन् । यस्तै सन्देश थारूले गितार, अवय थापा मगरले ड्रम र सुनिल श्रेष्ठले बास गितारमा साथ दिएका छन् । ब्याण्ड म्यानेजरको रूपमा प्रकाश गुरुङ रहेका छन् भने गीतको एरेन्ज स्वश्वत श्रेष्ठले गरेका छन् ।
सार्वजनिक भिडियोमा आइसा तामाङ र निर्मल राईको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोमा फिचर्ड मोडलहरुलाई मेकअप सल्मा थापा मगरले गरेका छन् भने सम्पादन अनिल रानाले गरेका छन् । यो म्युजिक भिडियोको निर्माण सन्तोष रेग्मीले गरेका हुन् ।
भिडियोको छायांकन तथा निर्देशन भुपेन्द्र तुम्बाहाम्फेले गरेका छन् । भिडियो थैली इन्टरटेन्मेन्टले पोष्ट प्रोडक्सन गरेको हो । भिडियोलाई द्रब्य ब्याण्डकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलन्डनमा एकसाथ गुन्जिदै 'कन्दरा' र स्वप्न सुमन
पुष १७, २०८१ बुधबार
‘सम्झनामा स्रष्टा साङ्गीतिक समर्पण कार्यक्रम २०८१’ सम्पन्न
पुष ९, २०८१ मंगलबार
अष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना
पुष १८, २०८१ बिहिबार
आगामी कार्ययोजनामा सांस्कृतिक रुपान्तरणले महत्व पाउँछ : अध्यक्ष प्रचण्ड
पुष १८, २०८१ बिहिबार
बर्खामा पनि मेलम्चीको पानी आपूर्ती बन्द नहुने
पुष १८, २०८१ बिहिबार
टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु
पुष १८, २०८१ बिहिबार
धरान उपमहानगरपालिकाले ‘धरान उत्सव’ गर्ने
पुष १८, २०८१ बिहिबार
नेपाल प्रहरीका ५ एसएसपीको डीआईजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ईश्वर कार्की
पुष १८, २०८१ बिहिबार