मंगलबार अमेरिकामा राष्ट्रपतिको निर्वाचन, चुनावी सर्वेक्षणमा ट्रम्पभन्दा ह्यारिस अगाडि
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार १५:२८:५५
९ कात्तिक, काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपति चयनका लागि मंगलबार हुने चुनावमा इतिहासकै कडा टक्कर हुने देखिएको छ । पछिल्ला चुनावी सर्वेक्षणमा रिपब्लिकन दलका उम्मेदवार डोनाल्ड ट्रम्पभन्दा डेमोक्रेटिक दलका उम्मेदवार कमला ह्यारिस केहीअघि देखिएकी छन् । यद्यपी अमेरिकाको राष्ट्रपतिमा कस्ले बाजी मार्छन् भन्ने थाहा पाउन अब एक दिनमात्र बाँकी छ ।
भोलि नोभेम्बर ५ तारिक मंगलबार हुने चुनावमा जस्ले इलेक्ट्रोल कलेज (निर्वाचक मण्डल) मत २७० कटाउँछ उही नै अमेरिकाको ४७ औं राष्ट्रपति हुनेछ । अनि आउँदो जनवरी २० देखि कार्यभार सम्हाल्नेछ । राष्ट्रपति हुन २७० इलेक्ट्रोल मत पाउनै पर्छ । अमेरिकाका सबै राज्यबाट जनसंख्याका आधारमा कम्तीमा तीनदेखि बढीमा ५४ इलेक्ट्रोल कलेज मतभार हुन्छ । हरेक १० वर्षमा हुने जनगणना र त्यसबाट राज्यको जनसंख्यामा हुने फेरबदलले इलेक्ट्रोल कलेजको संख्यामा पनि परिवर्तन हुने गरेको छ ।
सबैभन्दा बढी इलेक्ट्रोल मत क्यालिफोर्नियासँग ५४ रहेको छ भने थोरैमा वासिङटन डिसी, भरमन्ट, डेलावरसँग ३÷३ रहेका छन् । अमेरिकाकै पहिलो महिला राष्ट्रपति हुने दौडमा रहेकी ह्यारिसले ४८ प्रतिशत मतदाताको समर्थन प्राप्त गरेकी छन् । ट्रम्पलाई ४७ प्रतिशत मतदाताको साथ रहेको पछिल्लो चुनावी सर्वेक्षणहरूले देखाएका छन् । ५ प्रतिशत मतदाता भने हालसम्म पनि अनिर्णित देखिएका छन् ।
अमेरिकाको राष्ट्रपतीय चुनाव ‘इलेक्टोरल कलेज’ भनिने ‘निर्वाचकमण्डल’मा आधारित छ । अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ‘इलेक्टोरल कलेज मत’ निर्धारण गरिएको हुन्छ । राष्ट्रपतिमा निर्वाचित हुन कुल ५ सय ३८ इलेक्टोरल मतमध्ये कम्तीमा २ सय ७० आवश्यक पर्छ ।
५० राज्यमा ५ सय ३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ का लागि ३ इलेक्टोरल मत निर्धारण गरिएको छ । ५० राज्यमध्ये अधिकांश राज्यले परम्परागत रूपमा राष्ट्रपतीय निर्वाचनमा प्रायः एउटै पार्टीलाई जिताउने गर्छन् । त्यस्ता राज्यहरू ‘ब्लू’ र ‘रेड’ स्टेटका रूपमा चिनिन्छन् । डेमोक्रेटिक दलका उम्मेदवारको पक्षमा रहेका राज्यलाई ‘ब्लू’ र रिपब्लिकन उम्मेदवारको पकड रहेका राज्यलाई ‘रेड’ स्टेट भनिन्छ ।
तर हरेक निर्वाचनमा केही राज्यमा कुन उम्मेदवार विजयी हुन्छन् भन्ने चुनावी सर्वेक्षणका आधारमा मात्र प्रष्ट हुँदैन । समग्र निर्वाचनको परिणाम निर्धारण गर्ने त्यस्ता राज्यलाई ‘ब्याटलग्राउन्ड स्टेट’ वा ‘स्विङ स्टेट’ भनिन्छ । यसवर्षको चुनावमा ह्यारिस र ट्रम्पबीच चर्को प्रतिस्पर्धा रहेका ७ राज्यलाई ‘ब्याटलग्राउन्ड स्टेट’ मानिएको छ । यो सूचीमा पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलिना, मिसिगन, एरिजोना, विस्कन्सिन र नेभादा छन् ।
ह्यारिसले क्यालिफोर्नियाको ५४, न्युयोर्कको २८ र इलिनोइ राज्यको १९ सहित २ सय २६ इलेक्टोरल मत ल्याउने देखिएको छ । राष्ट्रपतिमा निर्वाचित हुन उनलाई कम्तीमा अरू ४४ इलेक्टोरल मत आवश्यक पर्छ । त्यस्तै, ट्रम्पले टेक्सासको ४०, फ्लोरिडाको ३० र ओहायो राज्यको १७ सहित कम्तीमा २ सय १९ इलेक्टोरल मत ल्याउने सर्वेक्षणहरूले देखाएका छन् । यसका आधारमा राष्ट्रपतिमा निर्वाचित हुन ट्रम्पलाई थप ५१ इलेक्टोरल मत चाहिन्छ ।
पेन्सिलभेनियामा १९, जर्जियामा १६, नर्थ क्यारोलाइनामा १६, मिसिगनमा १५, एरिजोनामा ११, विस्कन्सिनमा १० र नेभादामा ६ गरी ‘ब्याटलग्राउन्ड स्टेट’ को कूल इलेक्टोरल मत ९३ छ । यीमध्ये मिसिगन र विस्कन्सिनबाहेक अन्य पाँच राज्यमा ट्रम्प अगाडि देखिएका छन् । त्यस्तै, मंगलबारकै चुनावबाट संघीय संसद्को तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सका सबै ४ सय ३५ सदस्य र एकसय सदस्यीय माथिल्लो सदन सिनेटका ३३ सदस्य पनि निर्वाचित हुँदैछन् । एजेन्सी
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदक्षिण कोरियाको सियोलमा शनिबार दुई लाख प्रदर्शनकारी सडकमा उत्रिने
मंसिर २१, २०८१ शुक्रबार
आइतबारदेखि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न सकिने
मंसिर २१, २०८१ शुक्रबार
दक्षिण कोरियाको सत्तारुढ दलद्वारा राष्ट्रपति युनको राजीनामाको माग गर्दै प्रदर्शन
मंसिर २१, २०८१ शुक्रबार
प्रहरी प्रवक्ता कार्कीको धम्कीपूर्ण खण्डन (खण्डन पत्रसहित)
नेपालबहस संवाददाता
मंसिर २०, २०८१ बिहिबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
नेपालबहस संवाददाता
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा जिग्मेले स्वयम्भू र बौद्धको दर्शन गर्ने, औपचारिक भेटघाट नगर्ने
नेपालबहस संवाददाता
मंसिर २०, २०८१ बिहिबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
प्रहरी प्रवक्ता कार्कीको धम्कीपूर्ण खण्डन (खण्डन पत्रसहित)
मंसिर २०, २०८१ बिहिबार
भुटानका राजा जिग्मेले स्वयम्भू र बौद्धको दर्शन गर्ने, औपचारिक भेटघाट नगर्ने
मंसिर २०, २०८१ बिहिबार
धुम्बाराहीबाट गृहमन्त्री लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै ठगी गर्ने पक्राउ
मंसिर २०, २०८१ बिहिबार
दक्षिण कोरियाको सियोलमा शनिबार दुई लाख प्रदर्शनकारी सडकमा उत्रिने
मंसिर २१, २०८१ शुक्रबार
भरतपुर अस्पतालमा उपचारसँगै योग कक्षा सञ्चालनमा
मंसिर २१, २०८१ शुक्रबार
आइतबारदेखि मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न सकिने
मंसिर २१, २०८१ शुक्रबार
मण्डलामा ‘ढुकढुकी ७२ मेगाहर्ज’
मंसिर २१, २०८१ शुक्रबार
रास्वपाले भन्यो “प्रहरीले रवि लामिछानेको डायरी गायब पार्यो”
मंसिर २१, २०८१ शुक्रबार