गाई बाच्छा संरक्षणका लागि खेलिएको देउसीभैलोबाट दुई लाख संकलन
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार १५:४०:४७
१९ कात्तिक, काठमाडौं । गाई बाच्छा संरक्षण लागि खेलिएको देउसीभैलोबाट रु दुई लाख ४४ हजार तीन सय १६ संकलन भएको छ ।
कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा पशुपति क्षेत्र विकास कोषले उपलब्ध गराएको करिब एकसय रोपनी क्षेत्रफलमा सडकमा छाडिएका गाईबाच्छाको संरक्षण गरिएको छ । दुई सयको स्ख्यामा संरक्षण गरिएको गाईबाच्छाका आहारा जुटाउन देउसीभैलो खेलिएको थियो ।
देउसीभैलोबाट नगद बाहेक पिठो २० बोरा, दाना पाँच बोरा प्राप्त गरेको गाईबाच्छा संरक्षण अभियन्ता भगवान् पुडासैनीले राससलाई जानकारी दिए । देउसीभैलोमा तीन जनाले आजीवन सदस्यता लिएका छन् । आजीवन सदस्यताबाट रु दुई लाख ५९ हजार तीन सय १६ जम्मा भएको छ ।
गाईबाच्छा संरक्षण अभियान स्वयंसेवी अभियान हो । यस अभियानमा आबद्धले काठमाडौँ उपत्यकाका सडकमा छाडिएका गाईबाच्छाको उद्धार गरी पुनःस्थापना गर्दै आएका छन् । अभियानका लागि कागेश्वरी मनोहरा नगरपालिकाले पशु एम्बुलेन्ससमेत उपलब्ध गराएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामाजिक सद्भाव कायम गर्न सबैलाई प्रेरणा मिलोस्’
माघ १७, २०८१ बिहिबार
‘चाडपर्वले सामाजिक सद्भाव बढाएका छन्’
माघ १७, २०८१ बिहिबार
प्रधानमन्त्रीबाट शहिद स्मारक र शहीदगेटमा पुष्पहार अर्पण
माघ १६, २०८१ बुधबार
गृहले एसपी मिश्रलाई वीरगञ्जको कमाण्ड सम्हाल्न पठाएपछि तस्करहरूको भागाभाग !
माघ १७, २०८१ बिहिबार
विश्वकै ‘मोस्ट वान्टेड’ गर्लफ्रेन्ड, जसले अस्विकार गरिन् ५ हजार केटाको प्रस्ताव
माघ १७, २०८१ बिहिबार
वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन हुँदैन : नेता डा कोइराला
माघ १७, २०८१ बिहिबार
बागमतीलाई पराजित संकटाले उचाल्यो सभापति कप फुटबलको उपाधि
माघ १७, २०८१ बिहिबार
कञ्चनपुरमा ट्याक्टर दुर्घटना हुँदा १७ जना घाइते
माघ १७, २०८१ बिहिबार
विद्यालय शिक्षा ऐन जारी गर्न मागगर्दै नेपाल शिक्षक महासंघले गर्यो आन्दोलन घोषणा
माघ १७, २०८१ बिहिबार