१० बुँदे एजेण्डा बोकेर कांग्रेसका युवा नेताले मेची-महाकाली युवा संकल्प यात्रा गर्ने
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार १६:१८:७
१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले मेची-महाकाली संकल्प यात्रा सुरु गर्ने भएका छन् । युवा नेता भुपेन्द्रजंग शाहीको नेतृत्वमा मेची-महाकाली युवा संकल्प यात्रा गर्न लागिएको हो । यही कात्तिक २३ गते झापाको मेचीनगरबाट सुरु हुने यात्रा मंसिर ४ गते महेन्द्रनगरमा पुगेर समापन गरिने भएको छ ।
युवा संकल्प यात्राका बारेमा जानकारी दिन सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेता शाहीले युवालाई रोजगारीको सुनिश्चितता, भ्रष्टाचार उन्मुलन र सुशासन, महँगी र मूल्यबृद्धी नियन्त्रण, उद्यमशीलता, नवप्रवर्तन र कृषिमा लगानी, सहकारी पीडितलाई तत्काल राहत र बचत फिर्ता, विभिन्न संस्था तथा सहकारी ठगलाई कारबाही लगाएतका १० बुँदे एजेण्डाका साथ युवा संकल्प यात्रा आयोजना गरिएको बताए ।
स्वदेशमै शिक्षा र स्वदेशमै रोजगारीको सुनिश्चितताका लागि युवा संकल्प यात्राले आवश्यक पहल र दवावको अगुवाई गर्ने उनले बताए । त्यस्तै तीनै तहका सरकारमा व्याप्त भ्रष्टाचार उन्मुलन र सुशासनको स्थापनाका लागि आवश्यक पहल र खबरदारी गर्ने भन्दै शाहीले सयौं सहकारीमा लाखौं नेपालीले बचत गरेको अर्बौ रुपैयाँ बचत फिर्ता गराउन युवा संकल्प यात्राले जस्तोसुकै पहल गर्ने बताए ।
त्यस्तै सहकारी ठग जो भएपनि, जुनसुकै पार्टीको भएपनि कारवाही गराउन युवा संकल्प यात्राले दवाव सिर्जना गर्ने उनको भनाइ छ । सरकारलाई नागरिक मैत्री बनाउन पहल र प्रयत्न दुवै युवा संकल्प यात्राले गर्ने, युवा संकल्प यात्राले नागरिक जीवन सहज बनाउने सन्दर्भमा उचित अग्रसरता लिने जिकिर गर्दै उनले यात्राका क्रममा प्राप्त सल्लाह, सुझाव र अनुभवलाई दस्तावेजीकरण गरेर युवा हितका क्षेत्रमा निरन्तर काम गरिने शाहीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसगरमाथा संवादको तयारी भइरहेको छः परराष्ट्रमन्त्री
पुष ११, २०८१ बिहिबार
राष्ट्रिय खेलकुद परिषद्को बोर्ड सदस्यमा ८ जना नियुक्त
पुष ११, २०८१ बिहिबार
सीमा तस्करी: सशस्त्रका १४ अधिकृत तानिदा नेपाल प्रहरी भने क्रस चेकसम्म गर्न सकेन्
पुष ११, २०८१ बिहिबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
मधेस प्रदेशकाे ‘ट्रफी परेड’ सहभागी हुँदै एनपिएल विजेता जनकपुर बोल्ट्स
पुष ११, २०८१ बिहिबार
बागमती सरकारद्वारा चार सचिवको पदस्थापन, अझै चार सचिवको अभाव
पुष ११, २०८१ बिहिबार
बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न काठमाडौं महानगर र उपत्यका प्रहरीबीच सम्झौता
पुष ११, २०८१ बिहिबार
स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य
पुष ११, २०८१ बिहिबार
प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता गर्दै चाँगुनारायण नगरपालिका, विजेतालाई ५० हजार
पुष ११, २०८१ बिहिबार
चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु
पुष ११, २०८१ बिहिबार