बेनी–जोमसोम सडक अवरुद्ध
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार २१:७:२
१९ कात्तिक, म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक आज साँझदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी र अन्नपूर्ण गाउँपालिकाको महभीरमा पहिरो खसेका कारण सडक अवरुद्ध बनेको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख प्रहरी राजकुमार केसीले आज दिउँसोदेखिको वर्षातका कारण सडकमा पहिरो खसेर सवारी साधन आवत–जावत रोकिएको जानकारी दिए ।
वर्षा नरोकिएको, रात परिससकेको र निरन्तर पहिरो खसिरहेकाले रातको समयमा बेनी–जोमसोम सडकमा यात्रा नगर्न उनले आग्रह गरे । बेनी–जोमसोम–कोरला सडक आयोजनासँग समन्वय गरेर मङ्गलबार बिहानैदेखि पहिरो पन्छाएर सडक सञ्चालन गराउन पहल गरिने ट्राफिक प्रहरी कार्यालयका प्रमुख केसीले बताए ।
सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै घुम्न आएका पर्यटकहरू बिचबाटोमै रोकिएका छन् । मुस्ताङतर्फ जाने सवारी साधनहरू बेनी र म्याग्दीतर्फ आउने सवारी साधनहरू भुरुङ्ग–तातोपानीतर्फ फर्किएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकुश्मिसेरा–राङ्खानी सडक निर्माणमा चरम लापरवाही
कात्तिक १६, २०८१ शुक्रबार
बेनी–दरबाङ हुँदै ढोरपाटन सिरकार आरक्ष
कात्तिक १४, २०८१ बुधबार
रसुवागढी–केरुङ राजमार्गबाट आयात सुरु
कात्तिक १४, २०८१ बुधबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
नेपालबहस संवाददाता
कात्तिक १९, २०८१ सोमबार
इजरायली सेनाले समात्यो हिजबुल्लाहका वरिष्ठ सदस्य
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
रासस
कात्तिक १९, २०८१ सोमबार
तिहारमा जुवाडेलाई टिका लगाउन हिरासत बाहिरको उपहार !
नेपालबहस संवाददाता
कात्तिक १८, २०८१ आइतबार
रवि लामिछानेलाई बुटवल पठाइने भएपछि रास्वपाले तयारीमा राख्यो बहस गर्न तीन जना वकिल
कात्तिक १९, २०८१ सोमबार
अन्तर्राष्ट्रिय उडानमा फड्को मार्दै भैरहवामा विमानस्थल, एयर एसियाले पनि थाल्यो व्यावसायिक उडान
कात्तिक १९, २०८१ सोमबार
मंसिर १६ का लागि आयोगले तयारी सक्यो, दलभित्र उम्मेदवार चयनमै सकस
कात्तिक १९, २०८१ सोमबार
पाँच करोड ठगी गरी फरार बिनुलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो
कात्तिक २०, २०८१ मंगलबार
छठ पर्व सु्रु, आज नहाय खाय
कात्तिक २०, २०८१ मंगलबार
सर्लाहीमा पोखरीमा कार डुबेर २ जना बेपत्ता
कात्तिक २०, २०८१ मंगलबार
स्थलगत ‘रिपोर्ट’: बाढीपीडित पुनर्वास नहुँदा टहरमा बित्यो दशैंतिहार
कात्तिक २०, २०८१ मंगलबार
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको निर्वाचन आज हुँदै
कात्तिक २०, २०८१ मंगलबार
छठ पर्व आजदेखि विधिपूर्वक सुरु
कात्तिक २०, २०८१ मंगलबार