म्याद थपका लागि रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार ९:३७:३२
२० कात्तिक, पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज पुनः म्याद थपका निम्ति जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदैछ । सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका लामिछानेलाई अदालत उपस्थित गराइने भएको हो ।
तिहार बिदाकै बेलामा म्याद सकिएकोले अनुसन्धानका लागि म्याद थप गर्न प्रहरीले कास्की जिल्ला अदालतमा उपस्थित गराउन लागेको हो । आज फेरि रविको म्याद थप गर्ने कि नगर्ने भन्नेबारे अदालतमा बहस हुने छ । म्याद थप गरेको अवस्थामा अदालतले तिहार बिदासमेत गणना हुने गरी निर्णय गर्नेछ ।
सहकारीको बचत रकम अपचलन प्रकरणमा यही कात्तिक २ गते पक्राउ गरिएका लामिछानेलाई कात्तिक ४ गते र ८ गते गरी दुईपटक म्याद थप गरिएको थियो । लामिछानेलाई अदालतमा उपस्थित गराइने भएपछि आज पनि उनको पार्टी रास्वपाले पोखरामा प्रदर्शन गर्ने बताएको छ । लामिछाने यही कात्तिक २ गेत साँझ काठमाडौंस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुप्रिम सहकारी ठगीमा बैंक ग्यारेन्टीमार्फत १ करोड धरौटी बुझाएर छुटे रवि
माघ १३, २०८१ आइतबार
गृहले एसपी मिश्रलाई वीरगञ्जको कमाण्ड सम्हाल्न पठाएपछि तस्करहरूको भागाभाग !
माघ १७, २०८१ बिहिबार
खाता बन्द गरेको मुद्दामा फेसबुकले ट्रम्पलाई २५ मिलियन डलर क्षतिपूर्ति दिने
माघ १७, २०८१ बिहिबार
नारायणी अस्पताल भवन निर्माण संघर्ष समितिको प्रदर्शन, त्रिभुवन राजपथ केही बेर अवरुद्ध
माघ १८, २०८१ शुक्रबार
आहा ! रारा पोखरा गोल्ड कपमा तीन विदेशीसहित १२ टोलीले प्रतिस्पर्धा गर्ने
माघ १८, २०८१ शुक्रबार
सिकिन्दर नसकिँदै रश्मिका र सलमान खान अर्को फिल्ममा पनि सँगै देखिने
माघ १८, २०८१ शुक्रबार
बाक्लो हुस्सु भिजिविलिटी कम हुँदा सवारी दुर्घटनाको जोखिम बढ्दो
माघ १८, २०८१ शुक्रबार
बेनी–दरवाङ सडकः रणवाङ–दरवाङ खण्डमा कालोपत्र सुरू
माघ १८, २०८१ शुक्रबार