जुवाको खालबाट ९ लाख नगदसहित १५ जना नियन्त्रणमा
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार १०:५१:४
२० कात्तिक, सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले जुवा तास खेलिरहेको अवस्थामा १५ जनालाई पक्राउ गरेको छ। कात्तिक १८ गते आइतबार बिहान बराहक्षेत्र नगरपालिका ३ नडाहा स्थित जीवन कार्कीको घरबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका व्यक्तिहरूमा ललितपुर सातदोबाटो निवासी ४४ वर्षीय नवराज राई, सुनसरी इटहरी उपमहानगरपालिका-१ निवासी ५१ वर्षीय प्रदिप तामाङ, बराहक्षेत्र-५ निवासी २७ वर्षीय नारायण कार्की, ४१ वर्षीय उत्तम मगर, बराहक्षेत्र-३ निवासी ३२ वर्षीय बिदुर कार्की, ४४ वर्षीय दिनराज राई, २४ वर्षीय मान बहादुर कार्की, बराहक्षेत्र-८ निवासी ४९ वर्षीय खड्ग बहादुर विष्ट, रामधुनी नगरपालिका-५ निवासी ४६ वर्षीय गौरी शङ्कर लुइटेल, बराहक्षेत्र-३ निवासी ४५ वर्षीय रेवत थापा, ३४ वर्षीय खगेन्द्र कार्की, ३० वर्षीय दिपेन्द्र कार्की, भोजपुर अरुण गाउँपालिका-३ निवासी ४५ वर्षीय जीवन कार्की, हतुवागडी-७ निवासी ३५ वर्षीय ज्ञान बहादुर राई, र भोजपुर आमचोक निवासी ४१ वर्षीय दुर्गाराज राई रहेका छन्। प्रहरीले जुवाको खालबाट ९ लाख ६८ हजार ९ सय ९५ रुपैयाँ नगद र २२ बुङ तास बरामद गरेको छ। पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
नेपाल प्रिमियर लिगः ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
थोरै सङ्ख्यामा पशु पालेरै मासिक एक लाख बढी आम्दानी
पुष ७, २०८१ आइतबार