सेना र प्रहरीका लागि आधुनिक हतियार खरिद गर्ने तयारीमा सरकार, चलखेलमा लागे बिचौलिया
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार १२:१९:३५
२० कात्तिक, काठमाडौं । सरकारले सेना र प्रहरीका लागि ठूलो परिणाममा हतियार खरिद गर्न लागेको छ । दिनहुँ आन्दोलन भइरहने र त्यसको प्रतिरक्षा गर्ने नेपाल प्रहरीमा हातहतियारको अभाव हुन थालेको भन्दै सेनापछि प्रहरीका लागि हतियार खरिदको तयारी गरेको हो । नेपाल प्रहरीको हतियार खरिद लागि व्यापारी दीपक भट्ट, सुलभ अग्रवाल लागिपरेका छन् ।
नेपाली सेनाको हतियार ल्याउन भने लोकेन्द्र कार्कीको समूह लागिरहेको छ । नेपाल प्रहरीका लागि एक अर्ब बराबरको हतियार खरिदको तयारी भएको गृहमन्त्रालय उच्च स्रोतले जनाएको छ । त्यसका लागि कुन कुन हतियार खरिद गर्ने भनेर दुई साता अघि नेपाल प्रहरीका डीआइजी केदार ढकालले 'बिफ्रिङ' गरिसकेका छन् । विचौलियाको दबाबमा ठूलो परिणाममा हतियार खरिद गर्न लागेको भन्दै गृहमन्त्रालय अधिकारीहरू समेत रुष्ट बनेका छन् । नेपाल प्रहरीलाई हतियार आवश्यक भएपनि अहिले ठूलो परिणाममा आवश्यक नभएको बताइएको छ ।
नेपाल प्रहरीका लागि अश्रुग्यास, तालिमका लागि गोली र भीड नियन्त्रक सााग्री मात्रै आवश्यक भएको जनाइएको छ । अश्रुग्यास लगायतका समाग्रीहरु सेना र सशस्त्र प्रहरीसँग सापटी मागेर चलाउनु पर्ने अवस्था छ । २०७० सालपछि नेपाल प्रहरीले चाहजस्तो र आवश्यक पर्ने हतियार खरिद गर्न पाएको छैन । तर नेपाली सेनाले यो अवधिमा दर्जनौ पटक सैन्य सामाग्री खरिद गरिसकेको छ । पछिल्लो पटक नेपाली सेनाका लागि सरकारले सुरक्षा परिषदबाटै निर्णय गराइसकेको छ ।
राष्ट्रिय सुरक्षा परिषद्ले नेपाली सेनालाई चाहिने हात हतियार, खरखजना र सैन्य सामग्री खरिद गर्न प्रस्ताव गरेको छ । दुई साता अघि बसेको परिषदको बैठकले सेनालाई सैन्य सामग्री खरिद गर्न प्रस्ताव गरेको थियो । सो प्रस्ताव मन्त्रीपरिषद्ले स्वीकृति दिए सेनालाई हतियार खरिद गर्न बाटो खुल्छ । सुरक्षा परिषदमा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ भने रक्षा, गृह, परराष्ट्र, अर्थ, मुख्यसचिव र प्रधान सेनापति सदस्य रहन्छन् । त्यस्तै रक्षा सचिव परिषदको सदस्यसचिव रहने गर्दछन् ।
दुई वर्ष अघि नेपाल प्रहरीका लागि ८४ करोड रुपैयाँ बराबरको हतियार तथा भिड नियन्त्रण सामग्री खरिद गर्ने प्रक्रिया अघि बढाएको थियो । नेपाल प्रहरीले सात वर्ष अघिदेखि हतियार खरिद नभएको भन्दै एक अर्ब ३५ करोड रुपैयाँ बराबरको हतियार तथा गोलीगठ्ठा खरिद गर्ने प्रस्ताव गरेको थियो । तर सरकारले आर्थिक वर्षको अन्त्यतिर प्रहरीलाई हतियार खरिदका लागि ८४ करोड रुपैयाँ रकमान्तर गरिदिएको थियो ।
सो विषय सार्वजनिक भएपछि रोकिएको थियो । तर नेपाली सेनाले भने दुई वर्षभित्रमै अरबौ रुपैयाँको सैन्य सामाग्री खरिद गरिसकेको छ । प्रहरीले १२ बोर हतियारबाहेक इटालीको बेर्रेटा कम्पनीको एक हजार वटा पेस्तोल, २५ हजार अश्रुग्याँस, ११५० वटा फोल्डिङ सर्ट गन र १० लाख प्लास्टिकका गोली खरिद प्रक्रिया पनि अघि बढाएको थियो । विभिन्न हतियारमा लाग्ने ५ लाख गोली चाहिँ प्रहरीले नेपाली सेनाबाट खरिद गरेको थियो ।
प्रहरीले प्रति गोटा सर्टगनका लागि २१०० डलर र ६ एमएमको पेस्तोलका लागि प्रति गोटा ६९९ डलर खर्च गर्ने जनाएको थियो । तर यी सबै प्रकृया अहिलेसम्म रोकिएको छ । पछिल्लो पटक सरकारले नेपाल प्रहरी र सशस्त्र प्रहरीका लागि पनि हतियार खरिद गर्ने तयारी गरेको छ । सशस्त्र प्रहरीको त एलसी खोलेर पनि रोकिएको थियो । सशस्त्रले हतियार विना काम गर्न नसकिने जनाइसकेको छ । उता सेना र प्रहरीले पनि हतियार खरिदका लागि सरकारलाई दबाब दिन थालेका थिए । त्यसक्रममा सेनाका लागि निर्णय भइसकेको र प्रहरीका लागि पनि प्रकृया अघि बढिसकेको स्रोतले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
एनपीएल विजेतालाई एक करोड १० लाख, उपविजेतालाई ५१ लाख प्रदान
पुष ६, २०८१ शनिबार
आइतबार तोला ११ सयले बढ्यो सुनको मूल्य, १ लाख ४९ हजार ६ सयमा कारोबार
पुष ७, २०८१ आइतबार
लिगमा ८ टिम सहभागी थिए, २२ दिनमा ३२ खेल भए
पुष ७, २०८१ आइतबार
पाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
एमालेले बोलायो सचिवालय बैठक
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार