रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई बुद्ध सर्किट र १२ जिल्लालाई समेटेर लुम्बिनी सर्किटका रुपमा विकास गर्ने योजना छ : मुख्यमन्त्री आचार्य
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार १२:१८:७
चन्द्रकान्त खनाल
२० कार्तिक, रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्रका प्रमुख पर्यटकीय स्थलहरूको प्रवर्द्धन गर्न मन्त्रीपरिषद्लाइ बैठक राख्ने योजना रहेको बताएका छन् सोमबार लुम्बिनी केबलकारको अवलोकन गर्दै मुख्यमन्त्री आचार्यले मन्त्रिपरिषद् बैठकहरू प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलमा राख्ने गरी सरकारले योजना बनाएको बताए ।
‘पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेर लुम्बिनी केबलकारको वसन्तपुर, पाल्पाको रानीमहल, प्युठानको स्वर्गद्वारी लगायतका महत्त्वपूर्ण स्थलहरूमा घुम्ती रुपमा मन्त्रिपरिषद्को बैठकहरू राख्ने योजनामा छौंं’–मुख्यमन्त्री आचार्यले भने–यस प्रकारको बैठकले पर्यटन क्षेत्रमा सबैको ध्यान केन्द्रित हुने छ ।
प्रदेशको समृद्धिको मुख्य आधार पर्यटन,कृषि र उद्योग भएको उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले रुपन्देही, कपिलवस्तु र नवलपरासीलाई बुद्ध सर्किट र १२ वटै जिल्लालाई समेटेर लुम्बिनी सर्किटका रुपमा विकास गर्ने योजनामा रहेको मुख्यमन्त्री आचार्यले बताए ।
निजी लगानीमा बुटवलमा बनेका लुम्बिनी र सिद्धार्थ केबलकारको दीगो सञ्चालनका लागि भारतीय पर्यटक भित्र्याउन आवश्यक रहेकोमा मुख्यमन्त्री आचार्यले जोड दिए। भारतीय पर्यटक भित्राउन प्रदेश सरकारले भारतको उत्तर प्रदेश र बिहार प्रदेश सरकारसँग समन्वय गरेर विशेष योजना बनाइरहेको मुख्यमन्त्री आचार्यले जानकारी गराए । प्रदेशको समृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै मुख्यमन्त्री आचार्यले निजी क्षेत्रसँग हातेमालो गर्न सरकार सधैं तत्पर रहेको बताए ।
केबलकार अवलोकनसँगै मुख्यमन्त्री आचार्यले वसन्तपुरमा रहेको प्रख्यात शक्ति पीठ कामाख्यादेवी मन्दिर दर्शन समेत गरे । सो अवसरमा केबलकारका प्रबन्धक प्रज्ज्वल घिमिरेले सञ्चालनमा आएको १७ महिनामा ३ लाख पर्यटक भित्रिएका जानकारी गराउँदै भारतीय पर्यटकलाई सहज रुपमा नेपाल आउने वातावरण सरकारले बनाउनुपर्ने माग राखे । भारतीय पर्यटकलाई सम्मानजनक व्यवहार, सडकमा अनावश्यक चेकजांच नगर्न र चाहे जति रकम बोक्न र खर्च गर्न पाउने नीतिगत व्यवस्था गर्न घिमिरेले आग्रह गरे ।
२०८० जेठ १५ देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको लुम्बिनी केबलकारमा १७ महिनामा आन्तरिक र वाहेय गरी ३ लाख १५ हजार ९१६ जना पर्यटक लुम्बिनी केबलकार चढेर वसन्तपुर पुगेका जानकारी गराए । अष्ट्रियाको विश्व विख्यात डुपलमायर कम्पनीबाट बनेको लुम्बिनी केबलकार २ किलोमिटर ६ सय मिटर लामो रहेको छ । २५ वटा गोन्डला रहेको केबलकारले दैनिक ६ हजार पर्यटक आवतजावत गराउन सक्छ ।
विश्वका विभिन्न देशमा सय वर्षदेखि १५ हजार बढी सङ्ख्यामा सञ्चालनमा रहेको यो केबलकारको प्रविधि विश्वमै अत्याधुनिक र सुरक्षित रहेको अपरेसन म्यानेजर डीएन कायस्थ सैंजूले बताए । केबलकार सञ्चालनमा आएपछि प्रदेश सरकारको पर्यटन विकास परिषदले वसन्तपुरलाई प्रमुख पर्यटकीय थलोको सूचीमा सूचीकृत गरेको छ ।
कामख्या देवीको दर्शनले मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण नेपाल र भारतका विभिन्न सहरबाट भक्तजनहरू उल्लेख्य सङ्ख्यामा आउने गरेको मन्दिरका मूल पुजारी सुरेश पौडेलले बताए । वसन्तपुरमा दुई वर्षभित्र साढे तीन अर्ब लगानीमा एक सय ५० कोठा, एक हजार जना क्षमताको बैंक्वेट हल र क्यासिनोसहित पाँचतारे होटेल बनाउने प्रक्रिया समेत अघि बढेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपम्याग्दीको उदाउँदो पर्यटकीय गन्तव्य टोड्के–धौलागिरी पदमार्ग
पुष ६, २०८१ शनिबार
कर्णाली नदी क्षेत्रमा आइपुगे आगन्तुक लक्ष्मण सारस
पुष ६, २०८१ शनिबार
शिशिर ऋतुमा पनि अन्नपूर्ण चढ्न आरोही आए
पुष ५, २०८१ शुक्रबार
म सभापति भएपछि कांग्रेसलाई युग सुहाउँदो बनाउँछु : डा. शेखर कोइराला
पुष ६, २०८१ शनिबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
पुस अन्तिम सातादेखि पाइपलाइनबाटै पेट्रोल र मट्टितेल ल्याइने तयारी
पुष ६, २०८१ शनिबार
जुम्लाको सापुल्ली गाउँ
पुष ७, २०८१ आइतबार
जोमसोम विमानस्थल प्रवेशद्वार
पुष ७, २०८१ आइतबार
बिक्रीका लागि भक्का पकाउँदै महिला
पुष ७, २०८१ आइतबार
बिक्री राखिएको जुनार र सुन्तला
पुष ७, २०८१ आइतबार
स्काई साइकिलिङमा रमाउँदै आन्तरिक पर्यटक
पुष ७, २०८१ आइतबार