गृहमा पुग्यो पूर्व डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराएको विषय, फेरी विवादमा आईजीपी !
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार १५:५:१३
२० कात्तिक, काठमाडौं । संगठनभित्रकै कतिपय विषयमा विवाद उत्पन्न हुने गरी कार्य गर्दै आएका नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर पीसीसी बैठकमा असम्बन्धित व्यक्तिलाई सहभागी गराएको विषयले फेरी विवादमा तानिएका छन् । यो विषयले मंगलबार गृह मन्त्रालयमा पनि चर्चा पाएको छ । मंगलबार एआईजी टेकप्रसाद राईसहित गृहमा भएको एउटा छलफलमा पीसीसी बैठकमा गैरप्रहरी कसरी सहभागी भए भन्ने प्रश्न उठेको स्रोतले बतायो ।
पीसीसी बैठक भनेको नेपाल प्रहरीको नीति बनाउने पोलिसी कोअर्डिनेसन कमिटीको बैठक हो । यसले नेपाल प्रहरीका लागि संगठन परिचालनदेखि विभिन्न आन्तरिक विषयहरूमा नीति र नियम बनाउने गर्छ । निश्चित अधिकारीबाहेक अरूले यसमा प्रवेश गर्न पाउँदैनन् । तर, नेपाल प्रहरीका एक पूर्व डीएसपी यो बैठकमा कसरी सहभागी भए र उनलाई कस्को आदेशमा उपस्थित हुन दिइयो भन्ने प्रश्न उठेको छ । धेरै प्रहरी अधिकारीहरूले यसमा प्रहरी प्रवक्ता दानबहादुर कार्कीलाई दोषी देखाएका छन् ।
प्रहरी उच्च स्रोतका अनुसार बिहीबार बसेको पीसीसी बैठकमा माओवादी द्वन्द्वकालमा प्रहरीको जागिर छाडेर विदेश पलायन भएका पूर्व प्रहरी नायब उपरीक्षक (डीएसपी) शिवजी श्रेष्ठलाई सहभागी गराइएको थियो । बैठकमा सहभागी भएपछि श्रेष्ठ आफैले फेसबुक मार्फत यो विषय सार्वजनिक गरेका थिए । उनी पीसीसी बैठकमा सहभागी भएको विषयमा गृहमन्त्री रमेश लेखकले समेत चासो दिएका छन । उनले चासो राखेर यस्तो अनैतिक काम कसले र किन गरेको भन्दै प्रश्न गरेका छन् ।
प्रहरी महानिरीक्षक कुँवरले बेलायत जानुअघि पीसीसी बैठक राखेका थिए । इन्टरपोलको ९२ औं महासभामा सहभागी हुन आइतबार उनी संयुक्त राज्य बेलायततर्फ प्रस्थान गरेका छन् । इन्टरपोल महासचिवालयको आयोजनामा संयुक्त राज्य बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर बेलायत गएका हुन् । उनीसँगै सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह पनि गएका छन् ।
शिवजी श्रेष्ठले सामाजिक संजालमा आफू नेपाल प्रहरीको पीसीसी बैठकमा सहभागी भएको तस्वीर राखेका छन् । सामान्यतया पीसीसी बैठकको तस्वीर कहीँ कतै कसैले पनि सामाजिक संजालमा शेयर गर्न नमिल्ने प्रहरी अधिकारीहरू बताउँछन् । तर श्रेष्ठले भने बिहीबारै उक्त तस्वीर सामाजिक संजालमा सार्वजनिक गरेका थिए । श्रेष्ठ र कुँवर पछिल्लो समय मर्निङवाकमा पनि एक साथ भेटिने गरेका छन् ।
प्रहरी स्रोतका अनुसार पूर्व भगौडा डीएसपी श्रेष्ठलाई पीसीसी बैठकमा सहभागी गराउने हात नेपाल प्रहरीका प्रवक्तासमेत रहेका डीआईजी दानबहादुर कार्कीको हो । शिवजी श्रेष्ठ द्वन्द्वकालका रुकुममा डीएसपी हुँदा ५ जना गाई गोठालालाई माओवादी भनेर निर्मम हत्या गरेको आरोप लागेको थियो । द्वन्द्वकालमा प्रहरीको जागिरबाट भागेर उनी बेलायत पलायन भएका थिए । बेलायतमा पलायन भएका उनी हरेक बर्ष हुने गैरआवासीय नेपाल संघ (एनआरएनए)को कुम्भमेलामा भाग लिन आएको समयमा डीआईजी कार्कीको योजनामा पीसीसी बैठकमा सहभागी गराइएको प्रहरीका एक अधिकारीले बताए ।
प्रहरीको नीति बनाउने पीसीसी बैठकमा डीआईजीदेखि माथिल्लो पदका प्रहरी अधिकृतमात्र सहभागी हुन पाउँछन् । तर भगौडा डीएसपी श्रेष्ठलाई के आधारमा, कुन हैसियतमा पीसीसी बैठकमा सहभागी गराइयो भन्ने प्रश्न उठेको छ । यही विषयले महानिरीक्षक कुँवर फेरी विवादमा तानिएका छन् । उनी फर्किएपछि गृहमन्त्री लेखकले यो विषयमा सोधपुछ गर्ने बताइएको छ । बहालवाला भएपनि डीएसपी यो बैठकमा सहभागी हने व्यवस्था छैन । नेपाल प्रहरीका एआईजी टेकप्रसाद राईसँग यस विषयमा जानकारी लिन खोज्दा उनले आफू गृहको मिटिङमा भएको बताए । उनले म्यासेज पठाएर अहिले बैठकमा भएकाले बोल्न नमिल्ने जानकारी दिए ।
ओखलढुंगा घर भएका श्रेष्ठलाई डीआईजी कार्कीले प्रहरीको नीति बनाउने पीसीसी बैठकमा सहभागी गराएको र कार्कीले पछिल्ला दिनमा उनीसँग हिमचिम बढाएको प्रहरी स्रोतको भनाइ छ । आईजीपी कुँवरसँग मर्निङवाक गराउनेदेखि बाक्लो भेटघाट मिलाउने काम पनि कार्कीकै समन्वयमा हुने गरेको बताइएको छ । आईजीपी कुँवरसँग कपन गुम्बादेखि विभिन्न ठाउँमा वाकिङमा गएको तस्वीरसमेत शिवजी श्रेष्ठले सामाजिक संजालमा राखेका छन् । प्रवक्ता कार्कीकै कारण कतिपय विषयमा आइजीपी कुँवर पनि विवादमा तानिँदै आएका छ ।
नोटः भित्रका तस्वीर सबै शिवजी श्रेष्ठको फेसबुकबाट
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
वीरगञ्ज नाकाबाट चारपाङ्ग्रे सवारीको आयात घट्यो
पुष ९, २०८१ मंगलबार
जग्गाको सदुपयोग गर्ने प्रमुख माध्यम किबीखेती,बागलुङको किबी बुटबलमा खपत
पुष ९, २०८१ मंगलबार
हुम्लामा हिमपात, एक फिटसम्म हिउँ जमेपछि चिसोले जनजीवन प्रभावित
पुष ९, २०८१ मंगलबार
पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने
पुष ९, २०८१ मंगलबार
सुनकोशीस्थित फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान सुरु
पुष ९, २०८१ मंगलबार
दृष्टिविहीनका विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने
पुष ९, २०८१ मंगलबार