कीर्तिपुर नगरपालिकाको मेयरका लागि नगर सभापतिसहित कांग्रेसबाट ११ जनाको नाम सिफारिस
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार १६:५८:४१
२० कात्तिक, काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट करीब एक दर्जनको नाम सिफारिस भएको छ । कीर्तिपुर नगर समितिले उपनिर्वाचनका लागि आकांक्षी ११ जनाको नाम क्षेत्रीय समितिमा सिफारिस गरेको हो । सिफारिसको पहिलो सूचीमा नगर समिति सभापति कृष्णमान डंगोल आफै छन् ।
नगर सभापति कृष्णमान डंगोलले एक हप्ता अघिनै नाम सिफारिस गरिएको जानकारी दिए । हाल प्रदेश निर्वाचन क्षेत्र हुँदै सिफारिस नाम क्षेत्रीय समितिमा पुगेको छ । क्षेत्रले जिल्लामा पठाएपछि नाम वाग्मती प्रदेश समितिमा पुग्छ । त्यहाँबाट टिकट फाइनल हुन्छ । सभापति डंगोलका अनुसार सहमति गरेर एक जनाको नाम पठाउने प्रयास गरिएपनि सफल हुन सकेन । त्यसैले सबै आकांक्षीको नाम लेखेर पठाइएको हो ।
नगर समितिले पहिलो नम्बरमा सभापति कृष्णमान डंगोललाई सिफारिस गरेको छ । यस्तै दोस्रोमा बद्रीलाल महर्जन, तेस्रोमा हिमाल कार्की र चौथो नम्बरमा जमुना नकर्मीको नाम सिफारिस गरिएको छ । चौथो नम्बरमा सिफारिस जमुना कीर्तिपुरका निधन भएका मेयर राजकुमार नकर्मीकी पत्नी हुन् ।
यस्तै नगर समितिले क्रमशः संगीत बोगटी, सशीर महर्जन, राममान सिंह, जनकलाल महर्जन, मीनप्रकाश महर्जन, किरण केसी र सचिन्द्र महर्जनको नाम सिफारिस भएको छ । तत्कालीन मेयर राजकुमार नकर्मीको गत साउन १० को मध्यरातमा निधन भएपश्चात् त्यहाँ उपनिर्वाचन गर्नुपरेको हो । नकर्मी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कस्तो छ सहकारी ठगी प्रकरणको अभियोगपत्र ?
पुष ८, २०८१ सोमबार
चुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
चलचित्र ‘एक्लो’को क्यारेक्टर पोस्टर सार्वजनिक
पुष ८, २०८१ सोमबार
जाडो याममा तातो भक्का विद्यार्थीको रोजाइमा
पुष ८, २०८१ सोमबार
निलगिरी हिमालमा हिउँ घट्दै
पुष ८, २०८१ सोमबार
खोकना बस्ती र आसपासको दृश्य
पुष ८, २०८१ सोमबार