कमल थापाको ‘नाकाबन्दी र भूराजनीति’ भित्र पस्दा
बद्रीनरसिंह के.सी.
कात्तिक २०, २०८१ मंगलबार १८:११:५७
२० कात्तिक, काठमाडौं । रोचक आत्म संस्मरण पाठकको लागि स्मरणीय उपहार हो । भोगाई र अनुभवमा अनेकौं शक्ति निहित हुन्छन्, ज्ञान शक्ति, आत्म शक्ति, इच्छाशक्ति यस्तै–यस्तै । सफलताको कथामा अरुले पनि पाउनसक्ने उत्प्रेरणा र चेतना हुन्छ । त्यसैले कोरा सिद्धान्तका पुस्तकभन्दा उपलब्धि र अनुभवले भरिएको र सुझबुझले खारिएको निजात्मक संस्मरण (पुस्तक) निर्विवाद, अकाट्य र सार्थक हुन्छ । आत्मकथा व्यक्तिको अनुहार हो, समकालीन इतिहासको पूरक हो र मरणोपरान्त छवि (Posthumous Image) पनि हो । राष्ट्रबादीधारको प्रखर र प्रभावशाली नेता कमल थापाको हालै प्रकाशित ‘नाकाबन्दी र भूराजनीति’ नामक संस्मरण (पुस्तक) अद्योपान्त पढेपछि मैले यस्तो निष्कर्ष बनाएँ ।
कमल थापा नेपाली राजनीतिका गतिशील र सिर्जन शील व्यक्तित्व हुन् । धेरै वर्ष अगाडि होला, चलचित्र ‘युगदेखि युगसम्म’ को लागि उनीद्वारा रचित एउटा गीत “तीनपाते डाँडा काटेर, कहाँ जान लाग्यौ सारङ्गी दाई पिरतीको भाका बोकेर.....” भारतीय गायिका अनुराधा पोड्वालको कोकिल–कण्ठबाट रेडियोहरूमा गुञ्जिरहेको सुन्दा उनीमा काव्य प्रतिभा पनि रहेछ भन्ने लाग्नु स्वाभाविक हुन्छ ।
विशेषतः भारतीय संस्थापन तहसँग कुटनीतिक प्रयास गर्ने जोसुकैको लागि ‘नाकाबन्दी र भूराजनीति’ भरपर्दो गाइड बुक हो । यो फगत संस्मरण नभएर महत्वपूर्ण घटनाका तिथिमिति पनि उल्लेख गरिएकोले इतिहास नै हो । पुस्तकमा प्रसंगवश भारतका विभिन्न विषयमा उपयोगी सामान्यज्ञान पनि समावेश गरी विषयवस्तुलाई थप रोचक र गहन बनाइएको छ ।
उदाहरणको लागि– भारतले २०२५ सालसम्म नेपालका १८ वटा नाकामा भारतीय सैनिक चेकपोस्ट स्थापना गर्न उच्चस्तरीय भारतीय सैनिक प्रतिनिधिमण्डल पठाउँदा त्यसमा श्रीप्रसाद बुढाथोकी पनि सदस्यको रुपमा नेपालमा आएका थिए, जो कालान्तरमा नेपाली सेनाका कर्णेल र राज्यमन्त्री पनि भए । भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजीत डोभल भारतीय पुलिसमा कार्यरत रहँदा पाकिस्तानमाथि जासुसीको लागि एकवर्ष भूमीगत रुपमा खटिएका थिए ।
सात पार्टी र माओवादीबीच दिल्लीमा भएको बाहबुँदे समझ्दारी पहिले हिन्दीमा मस्यौदा गरिएको थियो । २०६० मा नेपालको माओवादीले भारतीय संस्थापन समक्ष लिखित प्रतिबद्धता गर्दै आफ्नो सशस्त्र विद्रोह भारतविरुद्ध नहुने विश्वास दिलाएपछि माओवादीलाई भारतीय गुप्तचर संस्था ‘रअ’ बाट सहयोग प्राप्त हुनथाल्यो ।
शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय शीर्ष नेताहरूलाई संविधान संशोधन गरी हिन्दु राष्ट्र पुनःस्थापित गर्ने भरोसा दिएर आए अनुसार काम नगरेकोले भारत रिसाएको र नाकाबन्दी लगाउने एउटा कारण यो पनि भएको, डा. भेषबहादुर थापा पहिलोपटक अमेरिकाको लागि नेपाली राजदूत हुँदा भारतीय राजदूत के.आर. नारायण थिए, उनै थापा भारतको लागि राजदूत हुँदा के.आर नारायण भने भारतका राष्ट्रपति भएका थिए । यस्ता धेरै वास्तविकताले सो पुस्तक पठनीय भएको छ ।
पाठकको ध्यान भड्किन नपाओस् भन्नेमा पुस्तकका लेखक कमल थापाले यथेष्ट सावधानी अपनाएको यथार्थ, पानाहरूमा डुबुल्की लगाउनेले स्वतः अनुभूत गर्छ । छःवटा अध्याय र ६० वटा शीर्षकमा प्रायः छोटा तर रोचक विषयहरू छन् । खासगरी २०७२ को विनाशकारी भुकम्पले थिलथिलो र मरणासन्न भएको नेपालमाथि भारतले लादेको नाकाबन्दीलाई समाप्त पार्न तत्कालीन नेपाली परराष्ट्रमन्त्री थापाले काठमाडौं र नयाँ दिल्लीमा गरेको सुझबुझपूर्ण कुटनीतिक कौशलले उनको राजनीतिक व्यक्तित्वलाई थप उचो बनाएको देखिन्छ । यस क्रममा उनले आर्ट अफ लिभिङ्का गुरु रवि शंकर वा नेपालका उद्योगी विनोद चौधरी, भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजीत डोभल वा भारतीय राजदूत के.भी.राजन, पतन्जली योगपीठका प्रमुख तथा आचार्य वालकृष्ण यस्ता धेरै पात्रहरूको साथ सहयोग लिएको तथ्य, सन्दर्भहरूमा उल्लेखित छन्, जसको प्रयोजन र भूमिका महत्वपूर्ण छ । अनावश्यक गन्थन, विषायन्तर कुरा र भूमिकाविहीन मान्छेको नाम उल्लेख छैन । त्यसैले यो पुस्तक पढ्दा पट्टाई लाग्दैन, रमाईलो अनुभव हुन्छ । पुस्तकले आधुनिक र उच्चस्तरीय मापदण्डलाई भेटेको छ । लेखकको अभिव्यक्ति शैलीको मौलिकता विषय वस्तुहरूमा झल्किएको छ । तीनसय पृष्ठको पुस्तक पढुँपढुँ लाग्दा लाग्दै सकिन्छ ।
परराष्ट्रमन्त्री भएर कार्यरत रहँदा कमल थापाले नेपालको हितलाई सर्बोपरि राखेर निर्वाह गरेको जिम्मेवारी अतिशयोक्ति होइन, ऐतिहासिक तथ्य हो । कुनै पनि मामिला वा चुनौती उपर उहाँले लापरबाही वा हेल्चेक्राईं गरेको देखिन्न । मुलुकलाई प्रतिनिधित्व गर्दा वा एजेन्डाहरूमा काम गर्दा उहाँले निहित स्वार्थ गाँसेर काम गरेको पनि देखिन्न । जिम्मेवारीमा अद्भुत तवरले खट्नसक्ने र मामिलालाई न्यायोचित टुङ्गोमा पु¥याउने उहाँको कार्यशैलीको म स्वयं देखी जान्ने पात्र हुँ ।
यस पुस्तकमा उल्लेखित कार्यसम्पादनहरू– साविक सात जिल्लामा भएको राहदानी वितरण पचहत्तरै जिल्लाबाट गर्ने व्यवस्थाको लागि नेता उचित प्रयास र प्रक्रिया, सीमा नियमनका प्रयास, कालापानी मामिला, १९५० को सन्धी परिमार्जनको प्रयत्न, प्रबुद्ध व्यक्तिहरूको समुह (ईपीजी) गठन, राष्ट्रसंघमा नेपालको नेतृत्व गर्दाको अनुभव, राजा वीरेन्द्रसँग पाएको सान्निध्य र परेको प्रभाव, परराष्ट्रमन्त्रीको रुपमा पहिलो चीन भ्रमणको अनुभव, पहिलो पटक काठमाडौं बाहिर सार्क मन्त्रिपरिषदको बैठकको आयोजना र अनुभव, अफगानिस्तानमा मारिएका नेपालीहरूको लाश ६० घन्टाभित्रै नेपाल ल्याउन गरेको सफल प्रयास, प्रधानमन्त्री केपी ओलीको भारत र चीनको भ्रमणमा भए–गरेका उपलब्धीपूर्ण कुटनीति गतिविधि, सार्क लगायत विभिन्न मुलुकका सरकार प्रमुख तथा विदेशमन्त्रीहरूसँग भएको परिचय र सहकार्य आदि संवेदनशील विषयको सेरोफेरोमा पुस्तक केन्द्रित छ ।
त्यस अतिरिक्त श्रीलंका, माल्दिभ्स्, थाईल्याण्ड, इजरायल, बेलायत, अमेरिका लगातका मुलुकको औपचारिक भ्रमण र नेपालको प्रतिनिधित्व गरेका विवरणलाई पनि सुन्दर शैलीमा सजाइएको छ । एकाध प्रसंगमा निजात्मक कुराहरू बाहेक सबै क्रियाकलाप देशहितको लागि भएका विवरणले पुस्तक भरिएको छ ।
अनुभवी र प्रभावशाली राजनीतिज्ञदेखि सफल खेलाडीसम्म, अब्बल कूटनीतिक खुबीदेखि कुशल र प्रखर वक्तासम्म, शीप र कौसलमा पूर्णता प्राप्त वा नैतिक आचरण तथा लक्षप्रति अविचलित गति,कमल थापामा बहु आयामिक तथा प्रभावशाली राजनीतिज्ञमा हुनुपर्ने योग्यता र विशेषताले काम गरिरहेका छन् । ‘नाकाबन्दी र भूराजनीति’ नामक संस्मरण लेख्ने उहाँको जाँगर र मिहिनेत यिनै विशेषताको उपज हो भन्ने लाग्छ । यो कमल थापाको अनुभव र अनुभूति हो, पुस्तकाकारमा सार्वजनिक भइसके पछि अब यो सार्वजनिक सम्पत्ति हो । देशको माया बोकेको सुसूचित हुन खोज्ने हरेक नागरिकले यो पुस्तक एकपटक पढ्ने मात्र होइन सन्दर्भ पुस्तकको रुपमा संग्रहमा राख्नु बेश हुन्छ ।
( बिगत तिन दशकदेखि राजतन्त्र वा गणतन्त्र दुवै राजनितिक व्यवस्थामा सत्ता र शक्तिबाट स्वतन्त्र रहेर अनवरत राजतन्त्रको वकालत गर्दै आएका लेखक समसामायिक राजनीतिका लोकप्रिय विश्लेषकको रूपमा चिनिएका छन् )
बद्रीनरसिंह के.सी.
लेखक बद्रीनरसिंह के.सी.नेपाली राजनीतिलाई नजिकबाट नियाली रहेका एक समाजसेवी बौद्धिक राजनीतिकर्मी हुन् ।
लेखकबाट थपमिथिला मिथकको प्रकाशनः मैथिली संस्कृतिको दस्तावेजीकरण
कात्तिक १२, २०८१ सोमबार
स्वयम्भु शाक्यको पुस्तक ‘क्रान्तिका अग्रदुत युगकवि सिद्धिचरण’ बजारमा
कात्तिक १२, २०८१ सोमबार
प्रहरी प्रवक्ता कार्कीको धम्कीपूर्ण खण्डन (खण्डन पत्रसहित)
नेपालबहस संवाददाता
मंसिर २०, २०८१ बिहिबार
सहकारी ठगीमा रवि पत्नी निकिता पनि तानिने, जालसाजीमा अनुसन्धान गर्न सिफारिस
नेपालबहस संवाददाता
मंसिर १९, २०८१ बुधबार
भुटानका राजा जिग्मेले स्वयम्भू र बौद्धको दर्शन गर्ने, औपचारिक भेटघाट नगर्ने
नेपालबहस संवाददाता
मंसिर २०, २०८१ बिहिबार
चीनले ५ अर्ब ६० करोड अनुदान दिने,थप नगद सहयोग समेत गर्ने
नेपालबहस संवाददाता
मंसिर १८, २०८१ मंगलबार
प्रहरी प्रवक्ता कार्कीको धम्कीपूर्ण खण्डन (खण्डन पत्रसहित)
मंसिर २०, २०८१ बिहिबार
भुटानका राजा जिग्मेले स्वयम्भू र बौद्धको दर्शन गर्ने, औपचारिक भेटघाट नगर्ने
मंसिर २०, २०८१ बिहिबार
धुम्बाराहीबाट गृहमन्त्री लेखकको ‘प्रमुख स्वकीय हुँ’ भन्दै ठगी गर्ने पक्राउ
मंसिर २०, २०८१ बिहिबार
नेपाल प्रहरीमा १ हजार २२३ जनाका लागि नयाँ भर्ना खुल्यो
मंसिर २१, २०८१ शुक्रबार
मधेशको मिथिलाञ्चल क्षेत्र उत्सवमय
मंसिर २१, २०८१ शुक्रबार
लुम्बिनी विरुद्ध पोखराको पहिलो जित
मंसिर २१, २०८१ शुक्रबार
चिसो बढेसँगै बेँसी झर्न थाले भेडाबाख्रा
मंसिर २१, २०८१ शुक्रबार
दक्षिण कोरियाको सियोलमा शनिबार दुई लाख प्रदर्शनकारी सडकमा उत्रिने
मंसिर २१, २०८१ शुक्रबार
भरतपुर अस्पतालमा उपचारसँगै योग कक्षा सञ्चालनमा
मंसिर २१, २०८१ शुक्रबार