८ वर्षदेखि अलपत्र बुटवलको राजर्माग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम सुरु
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार १८:२८:३८
चन्द्रकान्त खनाल
२० कार्तिक, रुपन्देही । विगत ८ वर्षदेखि अलपत्र बुटवलको मुख्य सडक राजमार्ग चौराहादेखि गोलपार्कसम्मको सडक निर्माणको काम सुरु भएको छ । सडक निर्माणको जिम्मा पाएको बावुल दर्शन मालिका जेभी भैरहवाले तिहार लगत्तै मंगलबारदेखि सडक निर्माणको काम सुरु गरेको हो ।
बावुल दर्शन मालिका जेभी भैरहवाका को ओनर टउफिक रहमन खानले सडक निर्माणको काम राती र दिउँसो दुई सिफ्टमा गर्ने बताए। साथै उनले छठ पर्व पछि जनशक्ति पनि थप गरी तीव्र गतिमा निर्माण गर्ने बताए।
‘आजदेखि हामीले इलाका प्रशासन कार्यालय नजिकबाट निर्माणको काम सुरु गरेका छौँ । छठ पर्व पछि जनशक्ति थप गरेर दिउँसो र राती गरी दुई चरणमा काम गरी तोकिएको समयसीमा भित्रै सडक निर्माणको काम सम्पन्न गछौँ,’ –उनले भने ।
सुरुमा खालि रहेको ठाउँमा निर्माणको काम गर्ने र त्यसपछि अन्य ठाउँको काम गर्ने उनले बताए। सडक निर्माण गर्दा धुलो हुने भएकाले धुलो उड्न नदिनका लागि पानी राख्ने बावुल दर्शन मालिका जेभी भैरहवाका को ओनर खानले बताए ।
कञ्चनजंघा बिरुवा जेभीसँग वि.स. २०७३ साल चैत्र १७ गते २०७६ सम्ममा सडक विस्तार सक्ने गरी ५३ करोड ९७ लाख ९९ हजार ४०० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । तर, ८ वर्षसम्म पटक–पटक म्याद थप्दासमेत सडक विस्तार सम्पन्न नभएपछि गत वैशाखमा सडक डिभिजन कार्यालय बुटवलले उक्त ठेक्का रद्द गरेको थियो ।
ठेक्का रद्द भएपछि बावुल दर्शन मालिका जेभी भैरहवासँग असोज १८ गते १ वर्ष भित्रमा काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको सडक डिभिजन कार्यालय बुटवलका सुचना अधिकारी महेश्वर लम्सालले बताए । साढे ३ किलोमिटरको ६ लेन सडक विस्तार गर्न लागि भ्याटसहित ३३ करोडमा ठेक्का सम्झौता भएको सुचना अधिकारी लम्सालले बताए ।
फुटपाथ तीन मिटर, सर्भिस लेन सात मिटर, ग्रीनबेल्ट र स्टल साढे दुई मिटर र मुख्य लेन साढे १० मिटरको हुने सुचना अधिकारी लम्सालले बताए । सडकमै नाइट स्टल राख्न मिल्ने पनि बनाइने गरी ठेक्का सम्झौता भएको सूचना अधिकारी लम्सालले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपोखरेबगर–चित्रे सडक मर्मत नहुँदा पर्यटकलाई सास्ती
मंसिर ६, २०८१ बिहिबार
वीपी राजमार्ग राति सात घण्टा अवरुद्ध हुने
मंसिर ५, २०८१ बुधबार
मध्यपहाडी लोकमार्गको खरङ्वा–यावरा खण्ड कालोपत्र
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
मंसिर ५, २०८१ बुधबार
सहारा सहकारी ठगीमा संलग्न भएको भन्दै रवि लामिछानेविरुद्ध चितवनमा पनि पर्यो उजुरी
मंसिर ५, २०८१ बुधबार
ताप्लेजुङको पाथीभरा क्षेत्रमा हिमपात
मंसिर ६, २०८१ बिहिबार
स्वर्णलक्ष्मी सहकारीबारे बयान लिन काठमाडौं ल्याइएका जोशीलाई सरकारी वकिलको कार्यालय लगियो
मंसिर ६, २०८१ बिहिबार
रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
मंसिर ६, २०८१ बिहिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार