भूमिगत पानी व्यवस्थापन गर्ने विषयमा सरकार लागिरहेको छ : मन्त्री यादव
नेपालबहस संवाददाता
कात्तिक २०, २०८१ मंगलबार २१:१७:१५
२० कात्तिक, काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीको समस्या समाधानका लागि भूमिगत पानीलाई व्यवस्थापन गर्ने विषयमा सरकार लागिरहेको बताएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले खानेपानीका क्षेत्रमा देखिएका समस्या दीर्घकालीन रुपमा समाधानका लागि मन्त्रालय भूमिगत पानीलाई व्यवस्थापन गर्न लागिपरेको बताए।
उनले भने, “गत असोज ११ गतेदेखि देशभर भएको अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ । चुरे दोहन र जलवायु परिर्वतनका कारण तराईका जिल्लामा चापाकल सुक्दै गएका छन् । पानीको समस्या समाधनका लागि हामी अगाडि बढिरहेका छौँ ।”
यसैगरी मन्त्री यादवले ‘एक घर, एक नल’ को परियोजनाअन्तर्गत काम गर्नेगरी तयारी गर्दै गरेको जानकारी दिए । उनले भने, “बाढी पहिरोले खानेपानीका क्षेत्रमा पनि करिब रु छ अर्ब बराबरको क्षति भएको छ । तर बाढीले क्षति पु¥याएका आयोजना मर्मत वा पुनःनिर्माण गर्ने बजेट मन्त्रालयसँग छैन ।”
बाढीले क्षति गरेका खानेपानीका क्षेत्रमा अन्य शीर्षकको बजेट रकमान्तर गरेर भए पनि मन्त्रालयले क्षतिपूर्ति वा पुनःनिर्माण गर्ने मन्त्री यादवले बताए । उनले भने, “बाढीले करिब रु छ अर्ब बढीको क्षति भएको छ । खानेपानी विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) र विभिन्न आयोजनाअन्तर्गतका खानेपानी आयोजनामा क्षति पुर्याएको छ । क्षतिको आँकलन गरेर विपद् व्यवस्थापनमा पठाएका छौँ । प्रधानमन्त्रीलाई जानकारी दिएका छौँ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको चीन भ्रमण चार दिने हुने, १८ गते सि जिनपिङसँग भेटवार्ता हुने
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमण तयारी गर्न मंसिर १३ गते परराष्ट्र मन्त्री राणा चीन जाने
मंसिर १०, २०८१ सोमबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
लुम्बिनीमा हवाई सेवा सञ्चालन गर्न कम्बाेडियासँग सभामुखको जोड
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको चीन भ्रमण चार दिने हुने, १८ गते सि जिनपिङसँग भेटवार्ता हुने
मंसिर १०, २०८१ सोमबार
प्रधानमन्त्रीको भ्रमण तयारी गर्न मंसिर १३ गते परराष्ट्र मन्त्री राणा चीन जाने
मंसिर १०, २०८१ सोमबार
बादी समुदायको पुर्ख्यौली पेसा संकटमा
मंसिर १०, २०८१ सोमबार
कति छ आज तरकारी तथा फलफूलको भाउ ?
मंसिर १०, २०८१ सोमबार
पल शाहको 'मायावी' फागुन १४ मा रिलिज हुने
मंसिर १०, २०८१ सोमबार